
सुन्नुहोस् 'नयाँ नेपाल ?' कवि अनिल पौडेलकै आवाजमा :
फूलबारी धुवाँमय छ
पूजा कोठामा बारूद गन्हाउँछ
कोक्रोमा बम हल्लिन्छ
आमाहरू बङ्करभित्र
प्रश्रवपिडाले छट्पटाएका छन्
बिहान नजन्मी साँझ पर्छ
कुमारी दिनहरू
त्यसै ओइलाएर गएका छन्
अक्सिजनको मूल्य
मानव जीवन भन्दा महङ्गो हुन्छ
कि पानीभन्दा सस्तो हुन्छ ?
कामरेड प्रचण्डज्यू !
नयाँ नेपाल कस्तो हुन्छ ?
हात चूँडिएका शिक्षकहरू
चकको छेउमा उभिएका छन्
कक्षा कोठामा विध्यार्थीहरू
टायरको महत्व पढिरहेछन्
सुन फल्ने मलिलो भूमि
नागरिकको छालासँगै फाटिरहेछ
विखण्डनको खस्रो जिब्रोले
हाम्रो राष्ट्रियता चाटिरहेछ
भोलि
मान्छेको जीन्दगी
मृगको सुकुटीभन्दा महँगो हुन्छ
कि व्वाइलर कुखुरोभन्दा सस्तो हुन्छ
कामरेड झलनाथज्यू !
नयाँ नेपाल कस्तो हुन्छ?
नयाँ नेपालमा
थोत्रे वावुको घर हुन्छ कि हुँदैन?
नयाँ नेपालमा
बुढी आमाको थर हुन्छ कि हुँदैन?
हजुरवा हजुरआमालाई
नातीनातीनीको डर हुन्छ कि हुँदैन?
अक्सिजनको मूल्य
मानव जीवन भन्दा महङ्गो हुन्छ
कि पानीभन्दा सस्तो हुन्छ ?
कामरेड प्रचण्डज्यू !
नयाँ नेपाल कस्तो हुन्छ ?
हात चूँडिएका शिक्षकहरू
चकको छेउमा उभिएका छन्
कक्षा कोठामा विध्यार्थीहरू
टायरको महत्व पढिरहेछन्
सुन फल्ने मलिलो भूमि
नागरिकको छालासँगै फाटिरहेछ
विखण्डनको खस्रो जिब्रोले
हाम्रो राष्ट्रियता चाटिरहेछ
भोलि
मान्छेको जीन्दगी
मृगको सुकुटीभन्दा महँगो हुन्छ
कि व्वाइलर कुखुरोभन्दा सस्तो हुन्छ
कामरेड झलनाथज्यू !
नयाँ नेपाल कस्तो हुन्छ?
नयाँ नेपालमा
थोत्रे वावुको घर हुन्छ कि हुँदैन?
नयाँ नेपालमा
बुढी आमाको थर हुन्छ कि हुँदैन?
हजुरवा हजुरआमालाई
नातीनातीनीको डर हुन्छ कि हुँदैन?
संविधान सभाको हल्ला
विस्तारै सेलाउँछ कि!
पार्टीका मुसालाई
ढाडेले खेलाउँछ कि!
राज्यको स्वरूप
थेप्चो हुन्छ कि चुच्यो हुन्छ?
नेप्टो हुन्छ कि वुच्चो हुन्छ?
देशको मानचित्र
टिष्टा र काङ्गडा जत्रो हुन्छ
कि वाईसे-चौविसे जस्तो हुन्छ?
ओ गिरिजाबाबु !
नयाँ नेपाल कस्तो हुन्छ?

विस्तारै सेलाउँछ कि!
पार्टीका मुसालाई
ढाडेले खेलाउँछ कि!
राज्यको स्वरूप
थेप्चो हुन्छ कि चुच्यो हुन्छ?
नेप्टो हुन्छ कि वुच्चो हुन्छ?
देशको मानचित्र
टिष्टा र काङ्गडा जत्रो हुन्छ
कि वाईसे-चौविसे जस्तो हुन्छ?
ओ गिरिजाबाबु !
नयाँ नेपाल कस्तो हुन्छ?

फोटो स्रोत : मर्कन्टाइल कम्युनिकेसन


13 टिप्पणी:
Aaceaze likes it!!!
यो कुरा त यस्तै हुन् ।
जोहोस् कविता पढ्न भन्दा धेरै मज्जा सुन्न मा आयो है !
Great satire on the ongoing debate about the over-hyped and popular propaganda of all politicians.
oh!! kaka bau !!choro lai satisss lagyo ni hajur ko kabita jhan audio babbal...
हालसम्मको स्थिति हेर्दा त नयाँ नेपाल 'पुरानो नेपाल' भन्दा पनि बेहाल हुने प्रष्टै शंकेत मिलेको छ ।
तर कविताको शब्द संयोजन र व्यंङ्ग्य भने बेजोड छ !
आफ्नै वस्तीको मार्मिक तर तितो यथार्थता--तर मैले त सुन्नै सकिन !!
अति नै मन छुने यथार्थ बोकेको कविता जसले नेपाललाई अगाँलेको छ अनी झन् कविको स्वरले कवितालाइ जिवन्तता दियेको छ र background को संगित पनि उस्तै मिठो ...
धन्यवाद कवि अनिल पौडेल ज्युलाई !
यथार्थ तस्बीर! साह्रै सटीक!
गिरिजाबा चानचुन कति होलान र हात्ती जत्री छोरी छिन कार्यकर्ता नै किन चाहियो र । प्रचन्ड बारुदसंगै हुर्किएका मान्छे वाइसिएलले बन्दुक तेसा्रए सबै काम गरिदिइ हाल्छन । बांकी रहे झलनाथ । उनले भने रचनात्मक काम नै गरेका छन । एउटा खोलामा अस्थाइ पुल हालेछन तर उनलाइ मात्र तार्न मिल्ने । कार्यकर्तालाइ राहत राम्रै दिएका रहेछन । नेताको त्यत्रो ज्यान बोकेर सजिलै तारेका । खै घुस ख्वाएको छ कि भुस मात्रै खोलामा बाढी आएको बेला मात्र थाहा होला ।
हाम्रो नेपाल यस्तै होइन र ? होइन भने कस्तो ?
बम र बारुद पड्किने
बिकासको पाइला अघी सार्दा सार्दै
देशै बिचमा अड्किने
कुर्चिको लोभमा
नेता सबै कड्किने
देशको भलो गर्न खोज्दा
आफ्नै गाला चड्किने...... खै कस्तो हुने हो अंकल देश यस्तो अवस्थामा??!!!
‘नयाँ नेपाल’को झटारो निकै मनप¥यो । सबैको जिब्रोमा झुण्डिएको ‘नयाँ नेपाल’ शब्दको महात्म्यले अचम्म पारेको छ, हरेक नेपालीलाई । जनताहरुलाई महलको सपना देखाएर भएको झुपडी पनि खोस्दैछन् राजनीतिका टाउँकेहरु ।
इन्टरनेटको मन्द गतिले कविता त सुन्न पाइन । प्रतिक्रिया लेखीसक्दै लाग्दा यी लाइनहरुले चसक्क घोच्यो मलाई ।
संविधान सभाको हल्ला
विस्तारै सेलाउँछ कि!
पार्टीका मुसालाई
ढाडेले खेलाउँछ कि!
राज्यको स्वरूप
थेप्चो हुन्छ कि चुच्यो हुन्छ?
नेप्टो हुन्छ कि वुच्चो हुन्छ?
देशको मानचित्र
टिष्टा र काङ्गडा जत्रो हुन्छ
कि वाईसे-चौविसे जस्तो हुन्छ?
ओ गिरिजाबाबु !
नयाँ नेपाल कस्तो हुन्छ?
खै कस्तो बनाउने हो नया नेपाल, नाता बाद कृपाबाद ले भरिएको हुने हो कि नया नेपाल सान्त सफा हराभरा हुने हो कि नया नेपाल | अहिले जस्तै नेताहरु सत्ताको लुछाचुडीमा रहने हो कि नया नेपाल | कुकुर र बिरोलोको जस्तै लडिरहने हो कि नया नेपाल, साच्चै कस्तो बन्ने होला त नया नेपाल ?
Post a Comment
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!