
काठमाण्डौको एभरेष्ट नर्सिङ् होम प्राय: तनावमा रहने गर्छ । कारण, डाक्टरको लापरवाहीले विरामीको मृत्यु भयो भन्ने विरामीका आफन्तको आरोप । पोखराको मणिपाल अस्पताल पनि तनावग्रस्त रह्यो भर्खरै । उहि कारण । धरानको विपि मेमोरियलका डाक्टरले त राजीनामा नै दिए, लापरवाहि गरेर विरामी मार्यौ भन्ने आरोप आफन्तले लगाएर हातपात गरेकाले । अहिले प्राय: अस्पतालहरूमा यो समस्या एकदमै विकराल बन्दै गइरहेको छ । र, अझ आश्चर्यजनक कुरा त के हो भने यस्तो घटनाको कहिल्यै पनि अनुसन्धान भएको छैन । विरामीका आफन्तसित २-४ लाखको सौदा गरेर यी समस्या सुल्झिने गरेका छन् । साँच्चै डाक्टरको गल्ती हो कि भनेर शङ्का गरेर भविष्यमा हुने यस्ता घटनालाई निरूत्साहित गर्नका लागि कुनै पनि निकाय सक्रिय भएको देखिएको छैन । विदेशमा स्वास्थ्यको नारा लिएर चुनाव जित्छन्, नेपालमा भने स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रको हविगत यस्तो छ ।
एउटा रमाईलो प्रसङ्ग पनि छ मैले सुनेको । एउटा ठाउँमा धेरै दुर्घटना हुन्थ्यो रे । अनि सम्बन्धित निकायमा त्यहाँका बासिन्दा उजुरी गर्न गएछन् । उजुरी गरिसकेपछि जिम्मेवार व्यक्तिले "तपाईँहरू चिन्तै नगर्नुस्, दुर्घटना भएको १० मिनटभित्र उद्धार टोली पठाउने व्यवस्था गर्छौँ" भनेछन् । अहिले मैले कुरा गर्न लागेको सकरात्मक शुरूवात पनि लगभग यस्तै हो । ११ वर्षअगाडि एकजना डाक्टर दिनेशविक्रम शाहको लापरवाहिका कारण एउटा आँखाको शक्ति र सौन्दर्य गुमाउनुपरेकी सिर्जना केसीलाई क्षतिपुर्ति दिनका लागि सर्वोच्च अदालतले आदेश दिएछ । नेपालमा स्वास्थ्यसम्बन्धि यस्तो कानुन स्पष्ट रूपमा नरहेका कारण आजसम्म अदालतबाट यस्तो निर्णय भएको रहेनछ । लगभग १८ लाख क्षतिपुर्ति दावी गरेको रिटमा सर्वोच्चले लगभग ६ लाख क्षतिपुर्ति उपलब्ध गराउन आदेश दिएको रहेछ । सिर्जनाको उपचारमा १३ लाखजति खर्च पनि भइसकेको रहेछ । निर्णय डाक्टरबाट हुने गल्ती सच्याउँदै भविष्यमा यस्तो घटना हुन नदिनका लागि भन्दा पनि भएपछि रोकथामका लागि आएको छ ।
पैसामा दाँज्दा भलै यो फैसलाले केसी परिवारलाई फाइदा त नभएको नै होला तर यो एउटा सकरात्मक शुरूवात भएको छ । अब अस्पतालको उपचारसँग चित्त नबुझेमा अस्पतालको सिसा फुटाउनेलगायतका हिंसात्मक कार्यलाई निरूत्साहित गर्नका लागि यो निर्णयले महत्वपुर्ण भूमिका खेल्नेछ । अब दुर्घटना भइसकेपछि क्षतिपुर्ति उपलब्ध गराउने पद्धतिलाई कायम राख्दै अस्पताल, चिकित्सकको स्तरीयता र विश्वसनियतालाई अझ बलियो बनाउने कार्यहरू निकट भविष्यमै हुन् भन्ने आशा गर्ने ठाउँ प्रशस्तै रहेको छ ।
तस्वीर स्रोत : यहाँ छ


2 Views:
डाक्टरको लापरबाहीले बिरामी मरेको भनेर धेरै नै पटक अस्पताल बन्द भएका छन | कति पटक डाक्टरको लापरबाहीले मृत्यु भएको हुन्छ भने कति पटक बिरामीको अन्तिम अवस्था भैसकेपछि अस्पताल ल्याउदाको कारणले मृत्यु हुने गर्दछ | कानुन नियमको अभावमा विभिन्न घटना घटिरहने गरेको पाइन्छ, अब नियम बनाएर लागु गर्ने गरियो भने त्यो अबस्य पनि राम्रो सुरुवात हो |
केशवजीको कुरामा दम छ है
Post a Comment
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!