Wednesday, November 18, 2009

नागरिक सर्वोच्चता!!



खोर्सानीले कत्ति पनि पढेको छैन तर धेरैले खोर्सानीमाथिनै किन विद्ध्यावारिधि गरे ’? एउटा पढेलेखेको जान्नेभनाउँदो ठिटोलाई सन्ते दमाईले फर्काएको ओठे जवाफ हो यो ठिटो निक्कैवेरसम्म खित्का छोडेरै हाँसिरह्यो यो सन्ते दमाईको शैली हो जो कोहि चिनेजानेकासँग बोल्नै डराउँछन् उसले पढेको छैन तर तर्क गर्न कसैले भेट्न पनि सक्दैन अलिकति विजुली पानी चढाएपछि झन् जात्रा नै हुन्छ चियापसल अगाडि वुझिस्, आजकाल मलाई लामखूट्टेले टोक्दैन नि किन दाई ? छेवैको सिकारू चिया ग्राहकले सोध्यो अव जीउमा रगतै छैन कसरी टोक्छ हँ ? मेरो जीउ पनि महानगरको खानेपानी लिमिटेड जस्तै भै सक्यो लामखुट्टेका लागि बुझिस्? ठुलै हाँसोको फोहोरा छुट्यो त्यहाँ अर्को दिन गल्लीघरे भण्डारीले पनि अनुहार कालो पारे के सुर चढेर होतेरोअनुहार ध्वाँसे कराईको मोसो दले जत्तिको पनि छैन के ठूला कुरा गर्छस्भनेका मात्र के थिए सन्तेले तिनलाई पनि माथि-तल गर्दा तल्तिर कान्लैबाट हिड्ने बनाईदियो तोरीको दाना कोट्याएर हेर्दा कहाँनेरी तेल देखिन्छ लुभन् काठा त्यसोभए तोरीको दानामा तेलै हुँदैन भन्छस् ? भण्डारी गोडा दश-एक महिनासम्मै त्यो चियापसल झरेन
त्यसो आफू बसेको गाउँठाउँमा साह्रो गाह्रो पर्दा ज्यान फालेरै सहयोग गर्ने पनि बानी उसको त्यसबाहेक रेडियो टिभीमा समाचार पनि खूब हेर्ने गर्छ आजकालनागरिक सर्वोच्चताभन्ने शब्द धेरै सुनेको उसले अर्थ थाहा पाएपछि चित्त पनि बुझ्यो अनि कार्यालय घेर्न पनि गयो सडकका नारामा पनि सहभागी बन्यो वास्तवमा पार्टीको पछि नलागेर नाराको पछि लागेको थियो त्यो नारा जसले जनतालाई शक्तिशालि बनाउँछ भन्ने उसको बुझाई थियो ज्यान फालेर साथ दियो आन्दोलनलाई तर अचानक अश्रु ग्यासको प्रभावले हुनसक्छ त्यो रात उसलाई हनहनी ज्वरो आयो अव होला, अव विसेक होला भन्दा भन्दै रात छर्लङ्ग वित्यो तर विमारले झर्ने नामै लिएन विहानको वजीसकेको थियो हतार हतार छिमेकी भाईले एम्बुलेन्स मगाए अस्पताल लान सन्तेकी बुढि महिनाको नावालक काखमा च्यापेर चढि एम्वुलेन्समा तर वीच बाटोमै रोकिए उनीहरू
हिजोको आन्दोलन आज पनि जारी नै रहेछ अनेक विन्ति विसाउँदा पनि एम्बुलेन्स गुड्न पाएन जान दिएनन् नागरिक सर्वोच्चता कायम गराउनेहरूले यसैवीच सन्तेले एक पटक पानी माग्यो त्यसपछि...... केहि मागेन कहिल्यै केहि पनि मागेन महिनाकी नावालक एकतमासले आमाको छातीमा मुन्टो टाँसेर सुतेकी थिई अनि छोरीकी आमा जसोतसो आफूलाई सम्हाल्दै थिइ छोरीको कर्तव्य वोधले पर कताबाटनागरिक सर्वोच्चताकोचिल्लो भाषण पनि उसको कानमा परिरहेको थियो तर दिमागले केहि पनि सुनेन



16 Comments:

Aakar on November 18, 2009 10:42 PM said...

एकदम सहि ठा'म मा पर्‍या छ है 'नागरिक सर्वोच्चता' को कुरा !

कुरा गर्‍यो कुरै को दु:ख भन्न बाहेक अरु केही गर्न सकिएला जस्तो छैन है !

BISHESH on November 18, 2009 11:55 PM said...

what else should i say more,ashesh,,the way u have presented this sub-story (i like to say)is really praise worthy.the sense has deeply touched the heart n materially i say ur steps r ascending.....

Prabesh on November 19, 2009 7:20 AM said...

साह्रै राम्रो लाग्यो अशेष दाजु !! एकदमै घत पर्‍यो.....

चूडामणि/मणि on November 19, 2009 7:25 AM said...

के भनु अति नै मनपर्यो यो पोस्ट तपाईंको | हासो त उठायो उठायो तर गम्भीर पनि उति नै बनायो |

Keshab Ghimire on November 19, 2009 9:16 PM said...

साच्चै नै यस्तै भएको छ | कति ठाउमा, आज सम्म जति जनताको लागी भनेर गरेका छन् तिनमा जनताको नोक्सान बाहेक केहि उपलब्धि हासिल भएको मैले देखिन | राजा फालेर राम्रो हुन्छ जनता धनि हुने भए भनेको त सेर को ठाउमा मुसाले राज गरेको जस्तै ६०१ + अरु आइहाले | जनताले केहि पाएनन् केवल दुख मात्रै | नागरिक सर्बोच्चता भन्छन तर खै यसमा पनि मैले केहि देखिन जनताको लागि जसले शासन गरे पनि जनताले दुख पाउने भएपछी के अर्थ रह्यो र जनताको सर्बोच्चताको, नागरिक सर्बोच्चताको | यसरि नै जसरि सन्ते मर्यो, मर्दै छन् अरु पनि सोझा जनता , विभिन्न आन्दोलनका नाममा |

सुभाष said...

के यसरी नै बित्ने हो त नेपाली को जिन्दगी??'नागरिक सर्वोच्चता''नागरिक सर्वोच्चता''नागरिक सर्वोच्चता''नागरिक सर्वोच्चता'।।।।'नागरिक सर्वोच्चता' भनेको त आफूले खनेको खाल्टोमा आफै लडनु पो हो कि के हो???

Aravind on November 19, 2009 11:38 PM said...

Hey Ashesh, the article is marvellous. Your article must be understood by whole Nepalese and must be appreciable. The things that you have written in the article doesn't only describe the path that Nepalese are driven by the so called politicians but also gives the moral that one should understand not only for themselves but also for the whole country and countryman. Anyway my appreciation is always with you and hope that every Nepalese would understand what you want to deliver them and take the right path described by their heart but not as described by the ******* politicians.
-Aravind

राजेश बुढाथोकी 'नताम्स' on November 19, 2009 11:59 PM said...

निम्नवर्गिय नेपाली मनस्थितिको तीतो यर्थता हो यो । आफ्नो जीउँ ज्यान, जोखिममा लगाएर पार्टीको साथ दियो अन्तमा पार्टीले सफल्ता प्राप्त गरेपछि थाङ्नामा सुताएको पत्तै हुदैन । यो यथार्थता हामीले अघि नै थाहा पाइसकेका छौं ।

यस्तो कुराहरुमा हामी आफुहरु पनि सचेत हुनुपर्छ । आफ्ना कदमहरु कतातिर लाग्दैछन् । आफ्नो मूल्याकंन आफैं गर्न जान्नुपर्छ अब नेपालीहरुले ।

पोष्ट सुरुमा पढ्दा जति हस्यात्मक छ अन्तमा त्यो भन्दा बढी मार्मिक छ । मुटुमा चसक्क बिज्छ तीखो राजनैतिक काँढा निको नहुने जस्तै गरी ।

पोष्टका लागि धन्यवाद है ।

Basanta on November 20, 2009 7:20 AM said...

गज्जबसंग लेखिएको कथा (यथार्थ)!साह्रै मन प-यो।

zippo on November 20, 2009 7:57 AM said...

no comments....

Nijgadh on November 24, 2009 10:25 AM said...

धेरै सान्दर्भिक र मननीय कुरा

badri on November 24, 2009 3:21 PM said...

very good true story!

HAWA on November 25, 2009 11:48 AM said...

कुरो रोचक मार्मिक र यथार्थ छ.. यो पनि सत्य हो कि बैचारिक र इमान्दारिपुर्बक लाग्ने हरुले दु:ख पाउछन.. कुनै दल बिशेष ले उचाल्यो भन्दैमा मात्रै पनि कुनै आन्दोलन र नारा सफल हुँदैन

तर हामी जो आफुलाई स्वतन्त्र अनी चिन्तन्शिल भन्छौ के नागरिक सर्बोछता भन्ने मान्यता गलत हो ? प्रचन्ड ले गल्ती नै गरेका भए पनि तेसको बैधता जाच्ने के सैनिक प्रमुख हो ? तेसो भए हामीले किन ज्ञानेद्र लाई हटायौ त ?

Arun on December 6, 2009 2:10 AM said...

yo article le Hamro Nepal ko samajik samrachana dekhyeko chaa.You know where is the problem, we do have plenty of time. Sante damai seems like he is smart, but he proved himself dumb. How he ended his life by leaving his wife and child behind. He could have worked hard for himself and for his family than to engage in political bullshits, and cheap talk in the corner shop. Which might change his, and his family living standard. There are lots of people in Nepal like Sante Damai who never think about the future of their kids. Never even try to sacrifice their happiness for their kids. Lots of other people come to Nepal from India sell chaat, nuts, do small business. For us we feel shame to do work.

sanju silwa said...

धेरै राम्रो लाग्यो

rameshmohan adhikari on December 18, 2009 9:38 PM said...

sarhai ramro lagyo nagarik sarwochchata.

Post a Comment

कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

 

About GufGaf

About Nepali literature,Idea on Politics,Views and Discussion,Nepalese students

Your GufGaf

Views and discussions is a great way to develop creative ideas. Your valuable article, thought and suggestion is waiting our doorway. Please do send it on prabesh@gufgaf.com, ashesh@gufgaf.com, saxam@gufgaf.com

-- Copyright © 2009 गफगाफ डट कम