_f.jpg)
कहिलेकाहिँ थाहा भइरहेको कुरापनि अरूले भन्दाखेरि मात्र सम्झना आउँछ । यस्तै सम्झना आउने कुरा गरेका छन् भक्तपुरका युवा डाक्टरहरूको एउटा समुहले । भक्तपुरमा रहेको एक गैरसरकारी संस्था Educational Resource Center(ERC)ले डोल्पाको स्वास्थ्यस्थिति उकास्नका लागि एउटा सामान्य समाधनाको उपाय लिएर आएको छ - 'समाधान ५ रूपैयाँ ।' यो उपाय सामान्य सिद्धान्तमा आधारित रहेछ, २० जनाले दिनको ५ रूपैयाँ बचाउन सक्यौँ भने एक महिनामा ब्लड प्रेसर नाप्ने यन्त्र, स्थेथस्कोप र अन्य प्राथमिक उपचारका औषधि किन्न सकिन्छ । आउँदा महिनाका पैसाले पानी शुद्धिकरण प्रणाली, स्थानीय स्कुलका लागि शैक्षिक सामाग्री, स्वस्थ गाउँ निर्माणका साथै अन्य स्वास्थ्यसम्बन्धी काम पनि गर्ने योजना साँच्चै नै कदरयोग्य छ । यो सामान्य समाधानको उपायले डोल्पाको लागि अन्त्यहीन सम्भावनाहरूको ढोका खोल्नेछ ।
डोल्पाको धो-तरापजस्ता ठाउँमा अझैपनि सामान्य उपचारले सञ्चो हुने रोगको कारण निमुखा जनताले मृत्युवरण गर्नुपर्ने अवस्था छ । यो ५ रूपैँये समाधानको बाटो धो-तरापहरूका लागि अमुल्य हुनेछ । छोटा अवधिको यो परियोजना सँगै शैक्षिक सामाग्री प्रदान गर्ने र स्वास्थ्यसम्बन्धी जनचेतना जगाउने ठूला कार्यक्रम पनि सम्भव छ । यस्ता कार्यक्रमको माध्यमबाट डोल्पाली जनताले ठूलो सहयोग हुनेछ र सयौँ जनता अकालमा ज्यान जानबाट जोगिन सक्छन् ।
यी सबै कामका लागि चाहिने रकम हो जम्मा दिनको पाँच रूपैयाँ एक महिनाका लागि । सयौँ जनताको जीवनस्तर उकास्नका लागि यो एकदमै सामान्य रकम हो । हामी आफैँ नै आफ्नो राष्ट्रलाई समृद्धशाली बनाउन सक्छौँ भने किन विदेशीका अगाडि दयाको हात पसार्नु ? नयाँ सामाजिक कार्यको थालनी गर्नैपर्ने थियो हामीले हाम्रो मानवता देखाउन पनि । यहि विन्दुमा 'समाधना ५ रूपैयाँ' अगाडि आएको छ । यसमा धेरै दम छ अनि हामीले सोचेभन्दा पनि राम्रो हुनसक्छ यदि यसलाई यहि उत्साहका साथ र व्यवस्थित रूपमा अगाडि बढाउन सकियो भने ।
काठमाण्डौ विश्वविद्यालयमा 'समाधान ५ रूपैयाँ'लाई महत्वका साथ हेरिएको छ र साथीहरू उत्साहका साथ यसमा लाग्नुभएको छ । "दिनको एक कप चिया कम खाएर हाम्रै दाजुभाइ दिदीबहिनीको स्वास्थ्य सुधार्न सक्छौँ भने किन नलाग्ने ?" सबैको मुखबाट यस्तै यस्तै कुरा सुनिन थालेको छ अचेल । म त लागेँ 'समाधान ५ रूपैयाँ'मा, तपाईँ नि ?
संस्थाको ठेगाना :
EDUCATIONAL RESOURCE CENTER BHAKTAPUR (ERC)
managed by Bhaktapur Japanese Language Institute (BJLI)
Tripurasundari-8, Tulachhen, Bhaktapur, Ph: 977-1-6611332 Fax:977-1-6613521
managed by Bhaktapur Japanese Language Institute (BJLI)
Tripurasundari-8, Tulachhen, Bhaktapur, Ph: 977-1-6611332 Fax:977-1-6613521
वेब एड्रेस र ई-मेल फर्म फोटोकपि गर्दा मेटिएछ..भोलि खोजेर राख्छु


7 Comments:
प्रवेश दाई निकै राम्रो कामको सुरुवात भएको रहेछ । हामी नेपालीहरु दैनिक ५ रुपैयाँ खर्च गरेर आफ्नो आयुलाई घटाउने खुराकहरु खान्छौं तर यस्तै राम्रो कामको लागि दिन हाम्रो हात काप्ने गर्दछ । आशा छ यो कार्य लक्ष्य अनुरुप सफल होस् ।
हामी नेपालीहरु यस्तो भएन, उस्तो भएन भनेर मात्र आलोचना गछौं । सायद यहि कारणले हामी पछि परेको । हजार माइलको यात्रा एक पाइलबाटै सुरु हुन्छ भनेजस्तै अब हाम्रो नियत पनि बद्लिनु पर्छ सामाजिक रुपान्तरणको लागि ।
हामी नि केही राम्रो सुरुवात गर्दैछौँ, हात मा हात त मिलाउनै पर्छ आखिर मा हामी ले पनि समाज को लागि केही न केही त गर्नैपर्छ ।
एकमदै प्रशंसायोग्य सुरुवात । मलाई त यस बारेमा जानकारी पनि थिएन । (पत्र-पत्रिकाहरु खाली माकुने र प्रचण्डका बकम्फुसे गफले नै भरिन्छन ।)
साह्रै महान शुरुवात! यो अभियानको सफलताको शुभकामना!
अत्यन्त राम्रो सुरुवात ।हृदयदेखिनै सफलताको शुभकामना!
wish u all the best rabu and if there is anyway we can help,dont hesitate la....ur brother
साह्रै सहि र राम्रो सुरुवात।मेरो पनि हार्दिक शुभकामना।
Post a Comment
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!