Saturday, November 14, 2009

बारुलो











खिल भएको
विष भएको
अर्काको ज्यान लिने
रीस भएको
ज्यानी
खुनी
बैगुनी
कालो
निखूर कालो हुन्छ बारूलो ।

उस्तै प्वाँख उमारेर
खिल लुकाएर
घारको प्वालमा
शिर झुकाएर
स-गर्व आफूलाई सगोत्री भन्दै
माहुरीको घारभित्र पस्यो बारूलो
रानुको छेउमा वस्यो बारूलो ।

लोकल
मसिना
दुब्ला माहुरीहरू
फूलका थुँगा निमोठेर
बजार लाने व्यापारीको गाउँमा
रस चुस्न नपाएर वगरमा छरिएका
जंगली फूल खोज्दै
टाढा-टाढासम्म डुलेर थाकेका
टिठलाग्दा माहुरीहरू
आफू भोकै बसेर
चाकामा अलिकति मह चुहाएर
खडेरीमा सञ्चय गर्न
ताँती लागेका माहुरीहरू,
टुहुराको घारमा
विदुवाको कमाई खान
दक्षिणी प्वालबाट पस्यो बारूलो
पखेटा फिँजाएर बस्यो बारूलो ।



3 Comments:

Nijgadh on November 15, 2009 7:31 AM said...

gazzab ko po raicha.

Keshab Ghimire on November 15, 2009 9:50 PM said...

बारुलो र माहुरी तुलना गर्नु भएको रैछ,
धेरै राम्रो छ कविता |

Dilip Acharya on November 16, 2009 8:13 AM said...

What a writing !!!, simply a great composition !!!

Post a Comment

कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

 

About GufGaf

About Nepali literature,Idea on Politics,Views and Discussion,Nepalese students

Your GufGaf

Views and discussions is a great way to develop creative ideas. Your valuable article, thought and suggestion is waiting our doorway. Please do send it on prabesh@gufgaf.com, ashesh@gufgaf.com, saxam@gufgaf.com

-- Copyright © 2009 गफगाफ डट कम