
एक दुई प्याकले हजुरलाई मतायो कि कतै
अतितका ती रातले सतायो कि कतै
बारम्बार बाडुल्की त मलाई पनि आउँछ
दुईजिउ मेरो बतासले बतायो कि कतै
निदरीमा पनि त म सिरानीलाई च्याप्छु
आफ्नै तनलाई गाली गर्छु छटायो कि कतै
छल्दो रैछ अधेरीमा कोही छाम्छु छेउमा
दैवले नै रातकोलागी खटायो कि कतै
पीरमा डुब्छु बिहानीमा छामीहाल्छु पेट
राक्षसले रातै यस्लाई घटायो कि कतै
मधुर ती स्वरहरु अधुराछन् बूढा
कोही आई तारहरु कटायो कि कतै

8 Comments:
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!