लगभग २ वर्षअगाडि आएको अमिर खानको चलचित्र 'तारे जमिन पर'ले यस्तै यस्तै विषयको विश्लेषण गरेको थियो । स्कुलका शिक्षक शिक्षिका मात्र नभएर अभिभावकले पनि आफ्ना सन्तानमा लाद्ने स्वेच्छाचारीताले केटाकेटीमा पर्ने प्रभाव एकदमै राम्रो सँगले प्रस्तुत गरिएको थियो । धेरै मेरा साथीहरूले आफू त्यहि चलचित्रको पात्रझैँ भएको व्यथा पनि सुनाउने गर्थे । आज म इञ्जिनियरीङ्को विद्यार्थी भएपछि अर्को चलचित्र आयो अमिरकै '३ इडियट्स' । भारतको प्रतिष्ठित भनाउँदा कलेजको वास्तविकतालाई मुख्य विषयवस्तु बनाइएको उक्त चलचित्रले किन पनि अझै मन चोर्यो भने त्यसमा पनि मेकानिकल इञ्जिनियरीङ पढ्ने केटाहरूको कथा छ र म पनि त्यहि पढ्ने मान्छे । आफ्नै आफ्नै भएपछि त्यसमा विशेष चासो हुनु पनि स्वभाविकै भयो । बच्चा जन्मिएको १ मिनेटमा बाबुले 'मेरो छोरो इञ्जिनियर बन्छ' भनेको कुरा र 'मलाई कसैले कहिल्यै सोधेनन् कि के बन्न मन छ' भन्ने कुराले विशेष मन छोयो । यी दुई भनाइहरूले सिङ्गो चलचित्र बोकेका छन् । आज म मेकानिकल इञ्जिनियरीङ् तेश्रो वर्षको विद्यार्थी हुँ तर मोटरसाइकलको इञ्जिनमा के हुन्छ भनेर समेत म कसैलाई बुझाउन सक्दिनँ । ममात्रै होइन मेरा साथीहरू प्राय: कसैले पनि सक्दैनन् । Self ignition, spark plug, thermodyanamics, heat transfer यस्ता यस्ता कुरा त भन्न सकिएला तर चलचित्रमा अमिर खानले मेशिनलाई बुझाएजस्तो केहि कुरा पनि बुझाउने अवस्थामा छैनौँ हामी कोहिपनि । चतुर 'साइलेन्सर'ले दिएको जवाफजस्तो जवाफ फर्काउन सक्छन् कोहिकोहि घोकन्ते विद्याहरू, त्यति हो ।
शिर्षक त राखेँ अमिर खान भनेर तर उसलेजस्तो व्यवहार देखाउन सक्ने कसैको पनि अनुहार सम्झनामा छैन । प्रोफेसर 'भाइरस'जस्ता मास्टरले गरेर आज हाम्रो शिक्षा यहाँसम्म आइपुगेको हो । बेलाबेला भेट्न गइरहने,साथीका कुरा लगाइदिने, लुसुक्क एक्लै गृहकार्य बुझाउन जाने र शब्दको अर्थ नै थाहा नपाई भट्याउने 'साईलेन्सर'हरूलाई ग्रेड दिँदा उच्चतम प्राथमिकता दिने 'भाइरस'हरूले गरेर नै यथार्थमा अमिर खानको जन्म हुन नसकेको हो । त्यस्ता मान्छे नभएका भने होइनन् । बुवाआमाले आफूप्रति गरेको लगानी र परीक्षाफलमा राम्रो अंकको अपेक्षा गर्दै, भएको प्रतिभा मारेर 'साइलेन्सर'तर्फ उन्मुख भएका धेरै अमिर खानहरू हामीसँगै पढ्दैछन् । गुरू भनेको जहिले पनि प्रेरणाको स्रोत त आदर्शको प्रतिमुर्ति हुनुपर्छ भन्ने हाम्रो बुझाइ हो । तर यसको ठिकविपरीत आफ्नो सन्किपनको सिकार विद्यार्थीलाई बनाउने र घरमा श्रीमतिको दुई डाडु खाएको झोँकमा विद्यार्थीमाथि ४ डाडु बर्साउन खोज्ने मास्टरहरू छन् हाम्रो देशमा । शिक्षक भनेको के हो, कस्तो हुनुपर्छ शिक्षक, विद्यार्थीलाई पनि आदर गर्न मनलाग्ने ठाउँ के के हुन् भनेर थाहा नपाएका मास्टरहरू आज इञ्जिनियर,डाक्टर उत्पादनमा क्रियाशील छन् ।
कक्षामा स्वतन्त्रताको ठूलो पाठ पढाएर घरमा छोरालाई जसरी भएपनि डाक्टर बनाउनुपर्छ भनेर सोच्ने धेरै गुरूबाहरूको भीड छ । अरूका सन्तानलाई पढाउन जाँदा तलब थाप्नको लागि जबर्जस्ती गएजस्तो गर्ने अनि आफ्नो सन्तान पढ्ने महङ्गा शिक्षण संस्थामा गनगन गर्न गइरहने यस्ता मास्टरहरूले गर्दा वर्षैपिच्छेको एसएलसी परीक्षाको परीक्षाफल झनै भयावह बन्दैछ । पढ्ने सामाग्री कम गराएर धेर विद्यार्थी पास गर्न उद्धत छ सम्बन्धित निकाय । उच्च आकांक्षा र अभिलाषा बोकेका जागरूक र मेहनती युवाहरू आफ्नै गुरूबाका कारण आत्महत्याको सिकार बनिरहेका छन् ।
अमेरिकामा मेकानिकल इञ्जिनियरीङ् पढ्ने मेरो साथीले Designing of Robot Arms पढ्दैछ रे, म भने कहिले चौथो वर्ष पुग्छु र थोत्रे स्प्लेण्डरको इञ्जिन हेर्न पाइएला भनेर दिन गन्दै बसिरहेको छु । त्यो पनि थोत्रे मोटरसाइकल पाइएन भनेर ईञ्जिनको defination (fulcrum,valve,bla bla bla.....) पढाएर किताबे इञ्जिनियर बनाइदिन बेर छैन मेरा प्रोफेसर 'भाइरस'हरूले !!

तस्वीर : काठमाण्डौ विश्वविद्यालयमा हामी सँगै पढ्ने '३ इडियट्स'हरू..

16 Comments:
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!