Thursday, December 31, 2009

म धेरै मातेको छु (नववर्षको शुभकामना सहित)



नया वर्ष सबैले
विगतका तिक्ततालाइ विर्सिने दिन
विगतका रिक्ततालाइ पुरा गर्न कम्मर कस्ने दिन ।
मनाउने आ-आफना शैली हुन्छन ।
कोही खाएर विर्सन्छन्
, कोही नखाएरै विर्सन्छन् ।
कोही खाएर मात्छन्, कोही नखाएरै मात्छन् । नखाएर मात्नेहरुका पनि आफनै रहरहरु हुन्छन ।
तिनै मनभित्र भएका तर भन्न नभ्याएका रहरलाइ लेख्ने कोशिस गरेकी छु मैले ।
सबैलाइ नयाँ वर्षको धेरै धेरै शुभकामना

-----------------------------------------------------------------------------------------------------------------

आज म धेरै मातेको छु
कुनैबेला
एकपल्ट हेरेर मातेको छु
कुनैबेला
एकैपल्ट नहेरेर मातेको छु
कत्रो शक्ति छ एकजोडी आँखामा
आँखामा देखिएका तस्वीरहरुमा नै मातेको छु
आज म नखाएरै मातेको छु ।


न मताउने कुरा छ नजिक
न बताउने कुरा छ नजिक
त्यसै त्यसै म मातेको छु
खै किन हो

आज म धेरै मातेको छु ।


कोही भन्छन केही पाएर मातें रे
कोही भन्छन केही नपाएर मातें रे
कसैले मलाइ लेख्न सकेनन्
कसैले मलाइ देख्न सकेनन्
पढ्नेले हल्लै हल्ला पढे
लेख्नेले हल्लै हल्ला लेखे
त्यसैले त
म झन् धेरै मातेको छु ।



प्रस्तुति: नम्रता गुरागाईँ
अमेरिका

14 Comments:

  1. Hajur lie pani subhakamana new year ko!!

    Drunk photo chai dammi cha!!!
    ha ha ha
    ReplyDelete
  2. Happy New Year 2010 to you and all the visitors of this blog!
    ReplyDelete
  3. मातेको कविता मिठो! तस्बीर रमाईलो!

    अस्तिचैं म पनि मातेकै हो, रउसी खाएरै मातेको:)

    गफगाफ परिवार र गफगाफका पारखी पाठकहरु सबैमा नव वर्ष २०१० को हार्दिक मंगलमय शुभकामना!
    ReplyDelete
  4. नव वर्ष २०१० को हार्दिक मंगलमय शुभकामना!
    ReplyDelete
  5. नयाँ वर्षको पहिलो कोसेली पनि दामी गयो ल !

    मेरो पनि सबैमा हार्दिक शुभकामना ।
    ReplyDelete
  6. नम्रता दिदीको कविताले पाठकीय कित्तामा सधैं मताउँछ मलाई ।
    यो कविता त आफैँमा पेग बनेर आएको रहेछ ।

    अङ्ग्रेजी नयाँ वर्षको शुभ कामना - गफगाफ टिम, गफगाफका पाहुना लेखकहरू र सबै पाठकहरूलाई ।
    उन्नति अविरल हुँदै जाओस् ।
    ReplyDelete
  7. हामीलाई मात्‍न पिउनै पर्दैन। यो त हाम्रो चलनै हो नी।
    एकैपल्ट नहेरेर मातेको छु
    कत्रो शक्ति छ एकजोडी आँखामा
    आँखामा देखिएका तस्वीरहरुमा नै मातेको छु
    आज म नखाएरै मातेको छु ।
    रमाईलो जोडदार लाग्यो है
    अनि नयाँ बर्षको शुभकामना पनि है सबे गफगाफ परिवारलाई
    ReplyDelete
  8. मात्नु मातिनु त के हो र संसारको रित सलाम त्यो रितलाई
    नयाँ वर्षको शुभकामना सहित ब्लगको प्रित सबैलाई
    ReplyDelete
  9. Ashesh g, happy new year 2010 to u and all the viewers of gafgaaf.
    ReplyDelete
  10. न मताउने कुरा छ नजिक
    न बताउने कुरा छ नजिक
    त्यसै त्यसै म मातेको छु
    खै किन हो
    आज म धेरै मातेको छु ।

    मातेको कविता राम्रो लाग्यो । गफगाफ परिवारलाई नयाँवर्ष २०१० को हार्दिक मंगलमय शुभकामना छ ।
    ReplyDelete
  11. रमेशमोहन अधिकारीJan 1, 2010 08:58 AM
    कविता राम्रो लाग्यो नमात्तिईकन हेर्दा । नम्रताजीबाट यस्तै कविता पाइराखियोस्,राम्रोपनका लागि धन्यवाद !
    ReplyDelete
  12. गफगाफ युनिटी र यस ब्लग भिजिट गर्नु हुनेहरु सबैमा नव बर्ष २०१० को उपलक्ष्यमा सु-स्वास्थ्य , दिर्घायु तथा उतार उतार प्रगतिको कामना गर्दछु | धन्यबाद !! sheshन
    ReplyDelete
  13. Dear all
    Thanks for reading me.
    Just words are little bet twisting without anything.
    Have healthy and happy year to you all in 2010
    ReplyDelete
  14. एकदमै राम्रो कविता!
    ReplyDelete

कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

 

About GufGaf

About Nepali literature,Idea on Politics,Views and Discussion,Nepalese students

Your GufGaf

Views and discussions is a great way to develop creative ideas. Your valuable article, thought and suggestion is waiting our doorway. Please do send it on prabesh@gufgaf.com, ashesh@gufgaf.com, saxam@gufgaf.com

☺गफगाफ Copyright © 2009 गफगाफ डट कम