Wednesday, December 16, 2009

KFC संस्कृति र हाम्रो अर्थतन्त्र!!


सुकेनास नलागेका खल्तीहरू अनि सहरिया संस्कृतिमा अभ्यस्त भएका र हुन खोज्दै गरेका तरूना केटाकेटीहरूमाझ अहिले गफ गर्नलाई एउटा हट ईस्यु छ:- ‘के.एफ.सी’ र ‘पिज्जा हट’ । हिजोआज कुनै त्यस्तो विशेष दिन छैन होला कलेजका विध्यार्थीमाझ यो विषयमा छलफल नभएको....मेरो त कान टट्टाईसक्यो सुन्दा सुन्दा!! यु.के मा वस्ने एकजना साथीसँग सुरूका दिनहरूमा मैले पनि खुब च्याट गरेँ यस विषयमा । उसलाई त दया लाग्यो रे के.एफ.सी अगाडी नेपालीको त्यत्रो ठूलो लर्को देखेर!! तर्कहरू भिन्नै किसिमका थिए उसका । तर म पुर्ण सहमत चाहिँ त्यतिवेला भएँ जव यो विषयमा मैले पनि धेरथोर खोज्ने प्रयास गरेँ ।

हुनपनि एक दिनमा मोटामोटी २००० जना नेपालीहरू जाँदा रहेछन् यो नयाँ र विश्वस्तरिय स्वाद चाख्नका लागि । अनि दैनिक ८०० के.जीको हाराहारीमा मासुको खपत हुँदोरहेछ त्यहाँ । गरिवीको लिस्टमा नेपाल झन् माथि माथि चढ्नेक्रम बढ्दो छ । गरिवी शुचाङ्मा देश अझ गरिव भइरहेको प्रष्ट देखिन्छ तर मान्छेहरूसँग भने यतिधेरै पैसा!! म बेलाबेला छक्क पर्छु । हुनत सबै नेपालीहरूको जीवनशैली सिमित सहरिया मानिसहरूको जस्तो छैन । वहुसंख्यक जनता त अझै गरिवीकै रापमा पिल्सिरहेकै छन् । तर पैसा जतिसँग छ त्यो रकम खर्चहुने स्रोतवाट वहुसंख्यक नेपाली र सिङ्गो देशको उत्थान चैँ पक्कै भएको छैन । यो सत्यलाई सवैले स्विकार्नै पर्छ । नेपालमा पहिलो पटक भित्रिएको फास्ट फूड चेन केन्टुके फ्राइड चिकेन (केएफसी) र दिनानुदिन वढिरहेको यसको लोकप्रियताले हाम्रो अर्थतन्त्रको वहावलाई कसरी संकेत गरिरहेको छ म प्रस्ट पार्ने प्रयत्न गर्छु ।

केहि समय अगाडि मनकामना केवुलकार संचालक तथा चितवन कोई प्रा.लिका अध्यक्ष लक्ष्मणवावु श्रेष्ठको कुराकानी पढेको थिएँ अखवारमा । उनको नव उध्योग चितवन कोई प्रा.लिको उद्देश्यको वारेमा थाहा पाएपछि म यो लेख नलेखी बस्नै सकिन । हामी एकपटक आफै मनन गरौँ; हालैको समयमा च्याउझैँ उम्रिएका वैँक तथा वित्तिय संस्थाहरूले नेपालको अर्थत्नत्रमा कस्तो प्रभाव पार्न सक्छन्? एकहिसावले हेर्दा वैकहरूको वढ्को चलखेलका कारण रोजगारीको लागि प्रसस्त अवसरहरू सिर्जना भएका छन् । हामीले विश्वस्तरिय वैंकिङ सेवा उपभोग गर्न पाएका छौँ । तर ग्राहकहरूवाट संकलित निक्षेप कुन क्षेत्रमा लगानी भईरहेको छ ? यसवारेमा हामी सबै जागरूक हुनु अत्यन्त जरूरी छ । वैँकको अत्यधिक लगानीको स्रोत रियल स्टेट(घर-जग्गा) व्यापार हो । त्यसबाहेक सवारीसाधन किन्नको लागि पनि प्रशस्तै ऋण प्रवाह गर्छन् वैंकहरूले । स्थिति यहाँसम्म पुगिसक्यो कि वैंकहरू आफै अस्वस्थ प्रतिस्पर्धामा उत्रेर कानुनले दिएको लगानीको सीमा छल्नका लागि व्यक्तिगत ऋण, सम्पति ऋण, व्यक्तिगत जमानी ऋण आदि नाममा यिनै क्षेत्रहरूमा ठूलो लगानी गरिरहेका छन् । थोरै व्याजमा जनताको निक्षेप संकलन गरेर घरजग्गा र सवारीसाधनमा लगानी गर्ने यो प्रवृति पनि एउटा प्रमूख कारक हो हाम्रो अर्थतन्त्रलाई ओरालो लगाउने । राष्ट्र वैँक आफैँ पनि यस्ता अनुत्पादक क्षेत्रमा भएको अधिक लगानीलाई रोक्न सक्दैन । सरकार निरिह छ । कुनै निति नियमहरू समयमै वनाएर परिस्थितिलाई नियन्त्रणमा राख्न अक्षम छ । आम जनताको वुझाई पनि वैँक चलाउनु भनेको घरजग्गा, गाडी किन्न ऋण दिनु हो भन्ने छ । तर यस्तो प्रवृतिले जनता र सिंगो देशलाई कुनै फाइदा पुग्दैन । वैंक गाउँको विकासको आधार बन्नुपर्छ ।गाउँ-गाउँमा हस्तकला उध्योगहरू छन, पशुपालन, खेतिपाति भईरहेको छ ।पुँजीको अभावमा उनीहरूले आफ्नो उत्पादन वढाउन सकेका छैनन । लगानीको आवश्यकता त त्यहाँ पो छ । तर कुन वैकले गाउँले जनतालाई लघु उध्योग संचालनगर्न अनि कृषि क्षेत्रमा लगानी गर्न ऋण दिन्छ ? अपवादलाई छोडेर यस्तो काम प्राय कसैले गर्दैनन् । अर्थात वैंकको लगानी गाउँ-गाउँ पुग्दैन । जनतालाई स्वाविलम्वी वनाउने क्षेत्रमा वैंकको लगानी हुँदैन । वचत जनताको- मालामाल हुने सिमित घर-जग्गा दलाल अनि मुनाफा जति सवै वैंक संचालकको खल्तीमा!! अनि हाम्रो आर्थिक उन्नति कसरी सम्भव छ?

कुनै पनि मुलुक विकसित राष्ट्रका रूपमा चिनिन त्यहाँको कृषि क्षेत्र र औध्योगिक क्षेत्र सबल हुनुपर्छ । कृषिले जनताको आर्थिकोपार्जनमा टेवा पुर्याउँछ भने उध्योग धन्दाले देशको अर्थतन्त्रलाई मजवुत बनाउँछ । कृषि तथ्याङ्कलाई आधार मान्ने हो भने हामी झन् झन् गरिव हुनुको मुख्य कारण कृषि क्षेत्रले कुल ग्राहस्थ उत्पादन(GDP)मा दिने योगदानमा ह्रास आउनु नै हो । अघिल्लो तथ्याङ्क अनुसार कृषिको GDP सेयर ९० प्रतिशत थियो र यसमा निहित जनसंख्या ९५ प्रतिशत थियो । आजको तथ्याङ्क हेर्ने हो भने GDP मा कृषिको सेयर ३२ प्रतिशतमा झरेको छ तर यसमा निहित जनसंख्या जतिको त्यतिनै अर्थात ९५ प्रतिशतकै हाराहारीमा छ । के यो गरिवीको सुचक हैन र?

देशको अर्थतन्त्र गाउँमुखी हुनुपर्छ । अन्तराष्ट्रिय लगानी देशमा भित्रिनु पर्छ, त्यहाँबाट सहरहुँदै गाउँ-गाउँसम्म पुग्नुपर्छ । तर विडम्वना हाम्रोमा अर्थतन्त्रिय वहाव त्यसको ठीक उल्टो छ । गाउँको पैसा सहर पुग्छ र सहरको पैसा विदेशिन्छ । एउटा उदाहरण- वहुराष्ट्रिय कम्पनी कोकाकोला र पेप्सीको पहुँच हाम्रो देशको गाउँ-गाउँसम्म छ । जनताहरू ति उत्पादनहरूको खपत गर्छन् । पैसा सहरमा आईपुग्छ अनि वहुराष्ट्रिय कम्पनीको जन्मदेश(Parent Country)मा पुग्छ । पुँजी पलायन यसरी भईरहेको छ हाम्रोमा । स्थानिय उत्पादनको स्थानिय वजारसम्म मात्र पहुँच छ । लगानी को अभावमा, जनशक्तिको अभावमा, प्रस्ट आर्थिक नितिको अभावमा, शान्ति सुरक्षाको अभावमा र स्थिर नेतृत्वको अभावमा उध्योग-धन्दाको अवस्था अत्यन्तै नाजुक छ । भएका उध्योग धन्दापनि वन्द हुने स्थितिमा छन् । जव पुर्वाधार नै यस्तो छ भने विकाश कसरी हुन्छ ? KFC PIZZA HUT को नेपाल आगमनले पनि हाम्रो पुँजी पलायनलाई नै धेरै टेवा पुग्ने देखिन्छ । नेपालीले कुखुराको आपुर्ति सम्म पनि गर्न नपाउने, सवै ब्राजिलवाट आयात हुने (हुनत मासुको गुणस्तरको कुरा आउँछ यहाँ तर घाटा त फेरि पनि हामीलाई नै हुँदैछ नि!) तर मुनाफा जति सवै उनीहरूको देशमा मात्र । यस्तो कुरा गरेर मैले विश्वव्यापी खुल्ला वजारको अवधारणालाई अवमुल्यन गरेजस्तो देखिएला । जुन ब्राण्डले ग्राहकलाई गुणस्तरीय सामान सुलभ मुल्यमा दिन सक्छ वजारमा त्यसकै वर्चस्व हुन्छ । यो व्यापारको सिद्दान्त नै हो । देशकै उत्पादन मात्र खरिद गर्नुपर्छ भनेर ग्राहकलाई गुणस्तरहीन सामान र खाद्यान्न किन्न वाध्य पारिनु हुँदैन । KFC को चिकन सवैभन्दा मीठो हुन्छ भने त्यही खानपाउनु हाम्रो अधिकार हो । देशको अर्थतन्त्र जोगाउन हामीले आफ्नो खर्चगर्ने आनीवानीमै परिवर्तन गर्नुपर्छ भन्ने हैन । जुन सवैभन्दा राम्रो हो हामी त्यसैप्रति वफादार हुन्छौँ । यो ग्राहकिय सिद्दान्त हो । तर मैले के मात्र भन्न खोजेको हो भने यस्ता वहुराष्ट्रिय उध्योगरूले हाम्रो पुजीँ हामीवाटै खोसेर उनीहरूको देशमा भित्राउदै छन् । यो अवस्थामा हाम्रो भुमिका के हुने? केहि गर्न नसकेपनि जागरूक सम्म हुन सक्यौँ भने भोलि गएर केहि गर्न सकिन्छ भन्ने मलाई लाग्छ । लक्ष्मणवावु श्रेष्ठले यहि कुरालाई मनन गरेर चितवनमा दुग्ध तथा दुग्धजन्य पदार्थ उत्पादन गर्ने उध्योग संचालनमा ल्याएका छन् । किसानहरुले उत्पादन गरेको दुध सवै यहि उध्योगले लिने गर्छ । यसवाहेक दिनमा ४० लिटर सम्म दूध दिने गाईहरू चीनवाट आयात गरिएको छ । ती गाईहरू किसानहरूलाई सरल किस्तामा बाँडिन्छ र उत्पादित दुध सवै उध्योगले खपत गरिदिन्छ । कति राम्रो अवधारणा छ यो!! यस्ता उध्योगहरूको सञ्चालनले पुजीँलाई गाऊकेन्द्रित वनाईदिन्छन् र यसको दिर्घकालिन सकारात्मक असर देशको अर्थतन्त्रमा पर्छ । सहरका मान्छेले दुग्धजन्य पदार्थ किनेपछि उध्योगलाई फाईदा हुन्छ । उध्योग फाईदामा गए किसानको आर्थिक उन्नति हुन्छ । समग्रमा देशकै अर्थतन्त्र वलियो हुन्छ ।

म पनि KFC PIZZA HUT को स्वाद लिन दरवारमार्ग जान्छुहोला शुक्रवारतिर । तर मनमा अर्को चाहना चाहिँ रहिरहनेछ; “हाम्रो पुँजीले हाम्रै देशको माटो उर्वर वनाउन भविष्यमा केहि चाहिँ गर्नै पर्छ” ।

19 Comments:

  1. म पनि चकित भएको थिएँ नेपालमा के एफ सिको लोकप्रियताको बारेमा पढेर । विश्व बजारमा लोकप्रिय हुँदै स्थान बनाईरहेका यस्ता कम्पनिहरुको आफ्नो देशमा आउनुलाई नकारात्मक नै हेर्न त मिल्दैन पक्कै । यसले हाम्रो उत्पादन खरीद नगरे पनि हामीलाई केहि रोजगार पक्कै नै दिएको होला र त्यो भन्दा ठुलो कुरा हाम्रा उत्पादनहरु के गरेमा यसैगरी लोकप्रिय बनाउन सकिनेरहेछ भन्ने ज्ञान (शीप) सिकाउँछ होला ।

    जे होस् तपाईंको मनमा रहेको चाहना साकार हुन सकोस् ।
    ReplyDelete
  2. KFC र PIZZA HOT को नेपाल आगमनले पनि हाम्रो पुँजी पलायनलाई नै धेरै टेवा पुग्ने देखिन्छ ।

    म प्राय: माथि भनेकै कुरा सोच्छु । महिना दिन अघि जति म एक ह्‌याचरी फर्म को सफलता को कथा को रिपोर्टिङ गर्न गएको थिँए । त्यसबेला सम्म केएफसी चाँहि खुलिसकेको थिएन । कुखुरा पालन सम्बन्ध मा उनका विविध कुराहरु जान्ने मौका मिलेको थियो । अनि उनी भन्दै थिए, हामीहरु सँग सिमित लगानि, कृषि प्रधान देश भनेको भएपनि, सरकार तथा बैंकहरुले बरु गाडि किन्न कम ब्याज मा ऋण दिन्छन् तर कृषिकार्य को लागि दिँदैनन् । कृषिलाई त आफ्नो बाटो मा पार्दै पार्दैबनन् । उनले त्यति नै खेर ब्राजिल बाट कुखुरा आयात हुँदैछ भन्दा कता कता चसक्क बिझेको थियो ।

    सायद सन्दर्भ मिलेको जस्तो लागेर मैले पनि लेखिहाले हैँ, यही कुखुरा कै बारेमा, अब ह्‌याचरी कै कथा चाँहि कुनै दिन ब्लगमा लेखौँला ।

    जहाँसमम्म केएफसी जस्तो विश्वप्रसिद्ध ब्रान्ड भित्रिएको कुरा छ यसलाई सकरात्मक मान्नै पर्छ, तर केएफसी मा जाने लर्को देखेरै नेपाली को जिवन स्तर बढ्यो भन्न पनि सकिँदैन । अझ दु:ख गरेर कमाएको पैसो त बाहिर नै जाँदैछ । यो कस्तो बिडम्बना, हाम्रा दाजुभाइहरु खाडि मुलुक मा गएर रेमिटेन्स भित्र‌याउँछन् अनि हामी यहाँ भएका केही समृद्ध भनिनेहरु पैसा उडाउँछौ विदेशी मा नै ।

    यहाँ घाटि हेरी हाड निल्नुपर्छ भन्ने कुरा सम्झिनु पर्ने हो सबैले, तर खै किन हो, विदेशी अनि महंगो भनेपछि हाम्रा आँखा त्यतै जाने । केएफसी को आफ्नो स्टान्डर्ड छ, अनि के नेपालीहरु त्यसको स्टान्डर्ड धान्ने हैसियत राख्छन् त ? यहि नै मननयोग्ग कुरा हो । हुन त त्यहाँ नेपालीहरु ले नै रोजगारि पनि पाइरहेकाछन् । तर बढ्दो महंगि सँगै बढेको बजार को बिच मा केएफसी ले पनि नेपाली कै ढाड सेक्नेछ ।
    ReplyDelete
  3. अशेष ब्रो, धनि र बिकसित देशकै मानिसहरुले यो के एफ सी पिज्जा र कोका कोला जस्तो संस्कृति मा प्रश्न गरिरहेको बेला नेपाल मा कसको स्वार्थ हेरेर यस्तो संस्कृति अपनाइन्छ ? कसलाई फाइदा हुन्छ ?

    चिकेन कै कुरा गर्नु हुन्छ भने खैरे हरु नेपाल मा लोकल कुखुरा को मासु खान पाइन्छ भन्दा दंग पर्छन.. नेपाल का हरियो परियो र जडिबुटी देखेर लोभ गर्छन.. हामि नेपाली जनता र नेपाल को सरकार भने खैरेहरुले पनि डम्प गर्न चाहेको सामान र संस्कृति भित्रौछौ...

    के हामि फेसन को नाम मा झन् झन् पाखे भैराखेका छैनौ र ?
    ReplyDelete
  4. कुरो अलि असजिलै छ । एकतर्फ देश डब्लुटिओको सदश्य रहेको छ र खुला अर्थतन्त्रको कुरा गर्दा यस्ता कुरा आउनुलाई नकारात्मक नै भन्न मिल्दैन । तर अर्कोतर्फ पश्चिमाकै भाषा प्रयोग गर्दा'जन्क फुड' माथीको हाम्रो यो तिब्र आकर्षण भने अचम्मैको लाग्यो ।

    माथी आकार जी र हावाब्रोको कुरा पनि सान्दर्भिक छन। खै त हामीले पनि आफ्नै ब्राण्ड खडा गर्न सकेको ? । न कृषकलाई सहयोग गर्न कुनै निकाय तयार छन, न त नक्कल गर्न वा सिधैं विदेशी बस्तु ल्यायर उपभोग गर्नमा हामी एक पटक मात्रै सोच्छौं ।

    पहिला गज्जब रहेछ भनेर रासायनिक मलको भरमार प्रयोग गरेर माटै बिग्रेपछि होस आएजस्तै ढीला चाँडो यस्ता जंक फुडको ट्रेन्सबाट पनि हामी बिउँझिन्छौं जस्तो लाग्छ मलाई !
    ReplyDelete
  5. Thanks for nice info.

    I found a totally free classified, have a look.
    http://bharatclick.com
    ReplyDelete
  6. नेपाल जस्तो द्वैध अर्थतन्त्र भएको मुलुकमा यसलाई सामान्य मान्नु पर्ने अवस्था भइसक्यो सबैतिर प्रत्यक्ष र अप्रत्यक्ष रुपमा । निश्चय पनि हाम्रो लगानी र पूँजी गाउँ केन्द्रित हुन सकेको छैन यसलाई पनि ‘ग्लोबललाइजेसन’ एक कारक मान्नुपर्छ । नयाँ सोचको कमी, दक्ष जनशक्तिको अभाव र कमजोर सरकारी नीतिका कारण हाम्रा उत्पादनहरु अझै पनि प्रभावकारी हुन सकेका छैनन् । फलस्वरुप हामीले अर्कोको मुख तोकेर बसिरहनु परेको छ ।

    हामी सकारत्मक पनि हुन जान्नु पर्छ । गाउँ–गाउँमा अहिले आएर सहकारीहरु प्रशस्तै मात्रमा खुलिरहेका छ । गाउँगाउँमा पूजीको लगानी, परिचालन भै रहेको छ । परिवर्तन र विकास विस्तारै हुन्छ भनिन्छ, हेरौ के–के हुँदोरहेछ ।
    ReplyDelete
  7. अशेषजीको निष्कर्ष मननीय छ। अब खुला बजार अर्थतन्त्र मान्दै WTO मै प्रवेश गर्ने भएपछि KFC र PIZZA HUT भित्रिएकोमा दु:खमनाउ गर्नुभन्दा हामीहरु आफ्नै थैली कस्नतिर लाग्नुपर्‍यो। त्यसका लागि घर-घडेरी, गरगहना आदिको सट्टा उत्पादनमूलक क्षेत्रमा लगानी हुने वातावरण बनिदिए मात्रै पनि धेरै हुन्थ्यो होला।
    ReplyDelete
  8. यस्ता बिश्व ब्यापी कम्पनि देशमा छिर्नुमा खोतल्दै जाँदा थुप्रै फाईदा पनि होलान थुप्रै बेफाईदा पनि होलान | तर बेफाइदा पनि छ भन्दैमा बिश्व संस्कृतिबाट टाढिनु पनि भएन | देशले राम्रो संग नियम कानुनले बाँधे व्यापार ब्यबसायबाट फाइदा लिन सक्छ नै |

    सस्तो र मिठो लाग्ने हुनाले म नि बेला बेला के.एफ.सी. छिरी रहन्छु | यता तिर नि "सजग" हरुले त यसलाई जंक फुड नै भन्छन | तर पनि पिज्जा हट र के एफ सी मा मान्छेको ओहोर दोहोर सँधै नै भै राख्या हुन्छ | तर एकै दिनमा २००० मान्छे जान्छन भन्ने सुन्दा चाहिं नेपालमा अलिक अचाक्ली नै भै रहेजस्तो लाग्यो | त्यसमाथि मेनु नि छोइनसक्नु छ रे | यहाँ ५ डलरको हाराहारीमा पाईने स्यान्डबीच कम्बोलाई त्यता तिर ८०० नेपाली रुपैंया पर्छ भन्ने सुन्दै छु | तपाईं खाएर फर्के पछी नाम र दाम नि हेर्न पाउँ है प्रवेश जी !
    ReplyDelete
  9. दशैमा च्यूरा तिहारमा सयपत्रि र मखमली फुल इण्डिया बाट आउनु
    भनेको हाम्रो कृषि प्रधान देशमाथि धावा बोल्नु होइन? हामी फूल पनि फुलाउन नसक्ने भयौ त ? खोइ नया प्रविधि? साच्चै राम्ररी विचार गर्ने हो भने हाम्रो सबै आम्दानी विदेश गएको छ । अहिले मोबायल सर्व सुलभ भएको छ । मान्छेले धानका भारीमा गीत सुन्दै साथीसंग कुरा गर्दै हिडछन त्यो हुनु पर्छ तर विचरा तिनीहरुको बनी गरेको पैसा नेपालमा बसेको छ त? खोइ हामीले प्रविधि सिकेको ? कमसेकम त्यो प्रविधि सिकेर सबैलाइ सुविधा दिएको भए त्यो पैसा
    आफनै घरमा बस्ने थिएन? सरकार त लाटा गाडाहरुको तन्नेरी भए जस्तै हो अहिलेसम्म, त्यहा जाने मान्छेको मानसिकता भनेको अरुमाथि शासन गर्ने मात्र हो । अनि तल सरकार बाहिर बसेका तन्नेरीहरु माथि पुगेका ला कसरी छिर्के लगाउने त्यो मात्र सिक्छन । भत्काउने बिगाने टुक्रयाउने भन्दा के चाहि काम भएको छ त अहिलेसम्म ?
    संसारको इतिहासमा हाम्रो देश अपवाद र विडम्बना मात्र हो । राजनिति गर्ने मान्छेले कहिले पिन
    राम्रो काम सिकेनन र सिक्तैनन पनि । त्यही भएर जे नया आए पनि नेपालीहरुको पैसा पोको पारेर लैजाने मात्र हुन्छ किनकी दुख त आफुले गर्न पर्यो नी त्यो आफनो घरमा राख्न जसले मह काडछ त्यसले त हात चाटनै पर्यो नी । हामी भने उनिहरुले दिएको
    के एफ सि को चिकेन पिजाको स्वादमा तल तल लडिरहेछौ । उनिहरुको उदेश्य पनि हामीलाइ भने अुनसारको खाना दिएर लडाउनु हो । तर आश त मार्नु भएन । तर जादुले केही हुदैन । धेरै पटक लडनु पर्छ उठनलाइ । तर उठन त खोज्नु पर्यो नी हामीले,
    केही गर्ने सोचाइ राख्नु मात्रै पनि ठुलो कुरा भैसक्यो । राम्रो छ यो लेख । अरु पनि यस्तै लेख्दै गर है अशु
    ReplyDelete
  10. i will agree with Namrata jee,
    ReplyDelete
  11. भाइको चिन्तन प्रशंशायोग्य छ। यस्ता बहुदेशीयहरुलाई रोक्न सकिँदैन, रोकेर केहि फाईदा पनि हुँदैन। बरु यिनले अपनाउने बजार प्रबर्धनका तरिका, ब्यवश्थापन शैली आदि थोर बहुत सिकेर आफ्ना उत्पादनलाई लोकप्रिय र ब्यापक बनाउनतिर लाग्नुपर्छ। निश्चयनै देशमा राजनीतिक स्थायित्व र सत्तामा देशका लागि चिन्ता बोक्नेहरु हुनुपर्छ यस्ता प्रयासले सार्थकता पाउन।
    अहिले देखिएको लर्को नयाँ हुँदाको लर्को हो। बिस्तारै घट्नेछ त्यो।

    नम्रताजीले राख्नुभएका कुराहरु पनि मन परे। लगानी, राष्ट्रिय पूँजी आदिका बारेमा पहिलेभन्दा फराकिलो धारणा राख्नु जरुरी छ तर केन्द्रविन्दूमा भने आफ्नो समाज र देशलाई सकेसम्म बढी फाईदालाई राख्नुपर्छ।
    ReplyDelete
  12. धेरै सान्दर्भिक अशेष --यस्तै चल्दै रहून तिम्रा सचेत कलमहरु अनि यथार्थ चित्रणमा --! :)
    ReplyDelete
  13. विश्व ब्यापारिकरणको स्थितीलाई मध्यनजर गर्ने हो भने यसलाई सकारात्मक रुपमा नै लिनुपर्छ । अनि जहाँसम्म गाँउ गाँउमा पुग्ने कुरा छ त्यो सरकारको नितीमा भर पर्छ । KFC का लगानीकर्ता त व्यापारी हुन् र व्यापारको सिद्दान्त अनुसार उनिहरुले पैसालाई नै हेरेका छन् जुन जायज छ । सरकारको विफल निती व्यापारीहरु माथि थोपर्नु ठिक हुन्न ।

    By the way ....Ashesh र Prabesh दाजुभाइ हो ???? sound intresting छ ।
    ReplyDelete
  14. You are correct in a way...however...naya naulo sanskriti bhitrinu teti saro naramro pani hoina hai :)
    ReplyDelete
  15. पोस्ट सान्दर्भिक लाग्यो, सकारात्मक र नकारात्मक दुवै पक्ष हुनसक्छन वैदेशिक लगानीका, तर कुन ठाउमा र कुन क्षेत्रमा प्रयोग गरिने हो, सो बिषयमा हामी सचेत हुनु पर्छ । के एफ सी को अगाडी नेपालीको यो लर्को चाहि अति नै भयो, विस्तारै सामान्य हुदै जाला....।
    ReplyDelete
  16. मैले पनि - दरबारमार्ग मा रहेको यो पिजा हट को लामो लाइन गएको २८ नोभेम्बरको (शनिवारको) दिन देखे पछी छक्कै परेको थिए - पहिला त मैले अरुनै केहि होला भन्ठानेको त पिजा को लागि पो लाइन रोड सम्म पुगेको रहेछ !
    जब सम्म KFC संस्कृति रहिरहन्छ हाम्रो अर्थतन्त्र सधै डामाडोल रहन्छ किन कि नेपालीहरुमा एउटा अर्को ठुलो रोग छ - बिदेशी बस्तु प्रयोग नगरी आइडिएल (अरुको नजर मा ठुलो ) मान्छे बन्नै सकिदैन !

    राम्रो बिषय बस्तु को प्रस्तुति राख्नु भएको छ - Ashesh जी तपाइले ! सबैले यसमा एक पटक सोच्नै पर्दछ !
    ReplyDelete
  17. यस्ता बहु-देशीय मान्यता राखी खोलिएका व्यवसायहरु देश भित्र भित्रिनु त अवस्य पनि राम्रै कुरा हो। तर साथीहरुले भने झैँ यस्ता मान्यताप्राप्त व्यवसायबाट सरकारले पनि कैयौ फाइदा पनि लिन सक्दछ सही र साँचो अर्थनीतिमा चल्ने हो भने । तर आफ्नै देशका उत्पादन र ग्रामिण क्षेत्रमा जबसम्म बित्तय संस्था र बैंकहरुको राम्रो लगानी प्रवाह हुन सक्दैन तबसम्म देश माथि उठ्न गाह्रो हुन्छ मलाई पनि तेस्तै लाग्छ। हामी बिदेशी भन्दा आफ्नै उत्पादन र लगानीमा रमाउन सक्नु पर्छ मुख्य कुरो। प्रबेश जी को चिन्तन मनन तारिफयोग्य छ। म पनि धेरै पटक KFC छिरेकोछु तर यहाका KFC मा weekend बाहेक अरु दिन खासै भिडभाड हुदैन है।
    ReplyDelete
  18. उपभोग संस्क्रिती र खिइँदो अर्थतन्त्रबारे सटीक चित्रणले धेरै कुराको उठान गरेको छ । खासमा त खानपान र आहारविहार प्रचलनमा हाम्रो बदलिँदो रुचि र पश्चीमा मुलुकप्रतिको झुकाव नजिकको तीर्थ हेला र पराइ पूजा शरणमको मानसिकताले धेरै काम गरेको होला जस्तो लाग्छ ।
    रेमिट्यान्सले राष्ट्रिय अर्थतन्त्र धानेको एकोहोरो चर्चा अर्थजगत् र सर्वसाधारणको चिया-गफमा धेरै सुनिने गरिन्छ । तर के भनिन्छ भने रेमिट्यान्सले देशको अर्थतन्त्रमा खासै योगदान गर्दैन । विदेशबाट आएको पैसा उत्पादक र उद्यमशील कुरामा खर्च भए पो केही उपलब्धी हुनु, केवल विलासिताका सामान र घरजग्गामा ती पैसाको खोलो बग्दा रेमिट्यान्स रकम फ्रिज भए बराबर हुन्छ ।
    बहुराष्ट्रिय कम्पनीको प्रवेशसँगै देशमा रोजगारीको अवसर सिर्जना भए पनि उपभोक्ताको तहबाट असीमित रूपमा पूँजी विदेशिने पाटो पनि भुल्न मिल्दैन । फेसनेवल संस्कृतिको प्रभावमा ब्राजिलको कुखुराको सपेटा चाख्न लाइन लाग्ने नेपाली उपभोक्ता स्वदेशी उत्पादनमा गुणस्तरीयता बिकास का लागि दबाबकारी सबित हुन सक्लान्, तर राष्ट्रिय अर्थतन्त्रको भ्वाङ टाल्नमा भने झनै निष्प्रभावी हुँदै जानेछन् ।
    ReplyDelete

कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

 

About GufGaf

About Nepali literature,Idea on Politics,Views and Discussion,Nepalese students

Your GufGaf

Views and discussions is a great way to develop creative ideas. Your valuable article, thought and suggestion is waiting our doorway. Please do send it on prabesh@gufgaf.com, ashesh@gufgaf.com, saxam@gufgaf.com

☺गफगाफ Copyright © 2009 गफगाफ डट कम