Tuesday, January 12, 2010

‘आल इज वेल’


काठमाण्डौ विश्वविद्यालय मेकानिकल इञ्जिनियरीङ् चौथो वर्षमा अध्ययनरत अभय श्रेष्ठ कागजमा ‘आल इज वेल’ लेखेर साथीहरूको छातीमा टाँसीदिँदै थिए । साथीहरू छक्क । ‘के गर्छ यो ?’ ‘अभय बौलाएछ’ यस्तै यस्तै भन्दै छाती थाप्दैथिए उनीहरू । बुझ्दै जाँदा त ढोका ढक्ढक्याइसकेको परीक्षामा साथीहरूलाई नआत्तिन भन्दै राम्ररी पढुन् भनेर पो साङ्केतिक रमाईलो गरेका रहेछन् अभयले । हो, आझ विद्यार्थीमाझ निकै नै लोकप्रिय बन्दैछ ‘आल इज वेल ।‘

हुन त नेपाली टेलिभिजनमा पनि हाँस्य कार्यक्रमहरूको बहार आएदेखि तात्तो न छारोका विभिन्न थेगोहरू जनमानसका मुखमा झुण्डिएका छन् । सीताराम कट्टेल (धुर्मुस)को ‘मर्छु कि क्या हो !’, केदार शर्मा (माग्ने बुढा)को ‘लात्तले हानेर बारीका पाटामा पुर्या इदिन्छु’, जितु नेपाल (मुन्द्रे)को ‘एसएलसी एसएलसी पास भएको मान्छे’ अहिलेका केहि लोकप्रिय थेगोहरू हुन् । बालबालिकाहरू खेल्दाखेरि यिनै थेगोहरूको प्रयोग गर्दै मजा लिइरहेको देखिन्छ भने अधवैँसे र युवा उमेरका साथीभाइ पनि यस्तै थेगोहरूमा रमाईरहेको देखिन्छ । किरण केसीको ‘ए राता मकै !’ थेगो त रिङ्गरोड वरिपरि घुम्ने सार्वजनिक बसमा समेत लेखेको देखिन्छ । सवारी चालक साथीहरू पनि बेलाबेला शिबहरि पौडेलजस्तै ‘मुखाँ हान्नुजस्तो’ भन्दै साथीभाइलाई सौहाद्रपुर्ण गाली गरिरहेको सुनिन्छ । नेपालमा त एउटा थेगो नबनाई हाँस्य कार्यक्रमहरू नै नचल्नेजस्तो अवस्था सिर्जना भइसकेको छ । एउटा हाँस्य कलाकारलाई देख्नेबित्तिकै टिभी हेरिरहेका बालबालिका उसले भन्ने गरेको थेगो भन्दै हाँस्न थाल्छन् ।

भर्खरै प्रदर्शनमा आएको आमिर खानको मुख्य भूमिका रहेको चलचित्र थ्री इडियट्समा उनले प्रयोग गर्ने थेगो ‘आल इज वेल’ले नेपाली विद्यार्थीहरूमाझ दह्रो पकड जमाएको छ । परीक्षा को तयारी गरिरहेका विश्वास पौडेलले त आफ्नो कोठाको ढोकामा नै ‘आल इज वेल’ लेखेर टाँसेका छन् । बिद्यार्थीका समस्याग्रस्त फेसबुक स्टेटसमा अचुक समाधानझैँ “आल इज वेल” कमेन्टमा झुल्किएको प्रशस्त देखिन्छ । नेपाली कार्यक्रमका थेगोहरू मात्र मनोरञ्जनका लागि वजन नभएका शब्दहरू हुलेर जबर्जस्ती हँसाउनका लागि बनाएको जस्तो देखिन्छ । न कुनै अर्थ छ, न कुनै भाव । ‘आल इज वेल’ले आत्मविश्वास बढाउने अचुक उपाय लिएर आएको छ । अझ चलचित्रमा गरिएको यो थेगोको व्याख्याले झनै मन छोएको छ सबैको । चलचित्रमा भनिएको छ ‘छातीमा हात राख्दै ‘आल इज वेल’ भन्दा समस्या समाधान त हुँदैन तर समस्या सँग जुध्ने आत्मविश्वास पैदा हुन्छ ।‘

टुटेफुटेका बकम्फुसे थेगो बोल्ने बानी भइसकेका नेपाली विद्यार्थीलाई ‘आल इज वेल’ एउटा महत्वपुर्ण कडि भएको छ । जाँचको समयमा हुने बोझलाई हल्का गर्न धेरै साथीहरू ‘आल इज वेल’ भन्दै जाँचसँग नडराउने आत्मविश्वास पैदा गर्दैछन् । तपाईँहरूलाई पनि केहि समस्या पर्यो भने छातीमा हात राखेर ‘आल इज वेल’ भन्ने हो कि ? शायद हतारिएर काम बिगार्नुभन्दा यसो गरेर विस्तारै काम गर्दा सफल भई पो हालिन्छ कि !

12 Comments:

Aakar on January 12, 2010 9:05 PM said...

अब यही नै भन्दै बस्नु पर्ने भा'छ यार !!!

सूर्य/सिकारु on January 12, 2010 9:49 PM said...

All iz well ! रमाइलो र उपयोगी गफगाफ ।

दीपक जडित on January 13, 2010 5:42 AM said...

हो त नि मैले पनि 'All is well' भन्ने गरेको छु ।

राजेश बुढाथोकी 'नताम्स' on January 14, 2010 7:16 AM said...

कुरा दमदार छ, नेपाली हाँस्य टेलिचलचित्रहरु हाँस्नका लागि मात्र बनाइने गरिन्छ, हाँस्यबाट नै केही सन्देश दिउँ भन्ने सोच राख्दैन्, औंलामा गन्न बाहेकका निर्देशकहरु । हामीले सिक्ने कुराहरु धेरै छन्, त्यसमध्ये चलचित्र पनि एक पर्छ । त्यसैले ‘अल इज वेल’ !

rajankathet on January 15, 2010 8:17 AM said...

samaya maa padhiyenaa.... aba ma ni yahi bhandai basi ra chhu sathi

बेदनाथ पुलामी ( उमेश ) on January 15, 2010 2:51 PM said...

.... give me some sun shine, give me the some ray, give me another chance I wanna grow up once again.

फिलिम निकै घत लाग्दो छ - मैले पनि हेरे !
आपतमा हाम्रो मन निकै डर्पुग हुन्छ , त्यसैले त्यसलाई वेकुफ बनाएर राख्न 'अल इज वेल ' भनेर आफ्नो मनलाई सम्झाउनु पर्छ - यसो गर्दा समस्या साबधान नभए पनि त्यो समस्या संग थानापाई जुध्न सकिन्छ !
लेख को लागि धन्यबाद !

Eternal on January 15, 2010 3:15 PM said...

Nice write up :)

कृष्णपक्ष on January 15, 2010 9:28 PM said...

मनलाई सान्त्वना दिनु पर्ने बेला होस् वा दुखि भएको बेला राम्रो मुड बनाउन यस्ता थेगोहरु प्रयोग गर्न रमाइलै हुन्छ, तर हाम्रोमा अर्थ न बर्थ जहिले पायो तहिले झर्को लाग्ने गरि पटक्कै पिछे प्रयोग गर्ने चलन छ के ।

Luvnepal on January 16, 2010 9:12 PM said...

lekh ramro lagyo ani malai yeuta kura sikai dina paryo k yo luvnepal.com lai kasari blogger ma host garne hola maile try garda ta blog.luvnepal.com lai matra garna milchha vanchha ........

Basanta on January 18, 2010 7:03 AM said...

रमाईलो टाँसो! अल इज वेल:)

ametya on January 20, 2010 11:43 PM said...

" म,अमिर खान र मेरा गुरू " then
"आल इज वेल"

अब अर्को एउटा हानेर Hatrick गर्ने हो कि ????????

आल izzzzzz वेल ~~~~~~~~~~~

कैलाश on January 21, 2010 9:40 AM said...

Yes, Aall is well. interesting one.

Post a Comment

कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

 

About GufGaf

About Nepali literature,Idea on Politics,Views and Discussion,Nepalese students

Your GufGaf

Views and discussions is a great way to develop creative ideas. Your valuable article, thought and suggestion is waiting our doorway. Please do send it on prabesh@gufgaf.com, ashesh@gufgaf.com, saxam@gufgaf.com

-- Copyright © 2009 गफगाफ डट कम