Friday, January 22, 2010

केदारजी हरवखत टोलाईरहनु हुन्छ..



कहिले कहिले त सोचाईको 'ओभर-डोज'नै हुन्छ । भावनाका ज्वारभाटाहरूले यहाँसम्म उथल पुथल वनाईदिन्छन् कि केदारजीको मस्तिष्क समयसमयमा तत्कालिन हाईटीको 'पोर्ट अउ प्रिन्स'जस्तै हुनेगर्छ । किन यतिधेरै सोचिन्छ भनेर पुनश्च त्यसमाथि पनि नसोचिनै हैन । व्याजको नि प्याज भनेजस्तो । वालकुमारीबाट कोटेश्वर जुत्ता वजाउँदै हाँनिदा मनोहरा पुल तरेको प्राय होसै हुँदैन अनि माथिवाट टाउको घोप्ट्याएर तल बगेको कालो पानी हेर्ने धोको प्राय अधुरै रहन्छ । वाटोमा हिड्दा छेवैमा आएर वोलाउनुस् त तपाई..अहँ.. वहाँको कानमा तरङ्गै उत्पन्न हुँदैन । घरमा रहँदा होस् या अरू कुनै वेला यो सिलसिलामा कुनै क्रम-भङ्गताको स्थिति देखापर्ने सम्भावना ज्यादै न्युन छ । मोटामोटी कुरा भन्नुपर्दा मैले यसैलाई जोड दिनुपर्ने हुन्छ; "केदारजी हरवखत टोलाईरहनु हुन्छ" ।
सपना त्यसैको पुरा हुन्छ जसले सपना देख्न जानेको हुन्छ । यो वाक्यले सानैदेखि मनमा गहिरो प्रभाव पारेको छ । अनि हरवखत सपना देख्नुहुन्छ सुनौलो भविष्यको......सायद पुरा हुने आशामा । वहाँ चिन्तनशील व्यक्ति हो अथवा फगत भावनाका कुहिरि मन्डलमा हराउने कुहिराको काग । निर्णय लिन त्यति सजिलो देखिदैन यहाँनेरि । त्यसो त धेरै सोच्ने भन्दैमा वोल्दै नवोल्ने मान्छे चाहिँ पक्कै हैन । गफ पनि हुन्छन् नि वेला वेला घर परिवारसँग, साथीभाईसँग अथवा अरू जो कोहिसँग । गएको महिना नगरकोट वनभोज जाने कुरा भएको रहेछ अफिसमा । हिड्ने निर्धारित दिनभन्दा एक हप्ता अगाडिदेखि केदारजीले यहि वनभोजको वारेमानै सोच्नुभयो । कसरी तयारी हुने, को को जाने, के के गर्ने.........। अनि निर्धारित दिनमा जव नगरकोट पुग्नुभो वनभोजका लागि, खुवसँग जम्नुभो साथीभाई माझ राजनितिका कुरामा, देशको दुर्दशाको कुरामा , जागिरका कुरामा अनि हरू के के हो के के मा । आज वहाँलाई टोलाउने त्यति धेरै फुर्सदै भएन । साँझ घर आईपुगेपछि पो दिउँसोका डाँडा काँडा, वन-जङ्गल, हरियाली सवै एकतमासले सलवलाउन थाले स्मृतिमा । ओहो!! कुरै कुरामा लागेर पुगेको ठाउँको त आनन्दै पो उठाउन विर्सिएछ त,हत्तेरी । दिउँसोका थोत्रा कुरा त अफिसतिरै गरेको भए नि भैहाल्नेथियो नि किन नगरकोटै पुग्नुपर्नेथ्यो र? प्राय भविष्य सोचेर एकोहोरिने केदारजी आज केहि क्षण अघिको समय सम्झेर पछुताउन थाल्नुभयो अनि त्यसैमा टोलाउन पनि......।
समय गतिशिल छ । यस्तैउस्तै गर्दै घरि के हुँदै घरि के हुँदै दिन महिना अनि वर्षै गएको नि पत्तो नहुने । केदारजीको हकमा नि त्यहि भयो । सँगै हुँदा गफ गर्दै अनि एक्लै हुँदा टोलाउँदै, सोच्दै...वहाँका नि निकैवटा वसन्त वाटो लागे । प्राय हरबखत विगतको पश्चातप अनि भविष्यको चिन्ता मात्र । के यसैगरी मात्र जीवन चल्ने हो ? वेलावेला साह्रै औडाहा महसुस हुनेगर्छ । अलिअलि चेत खुलेको विरामी जस्तो देखिनुभो केदारजी । साथसाथै ठुलो प्रश्नवाचक खडा भयो आफ्नै अगाडि । तर गर्ने पो के ? घरपरिवार अनि छोराछोरीको भविष्य वनाउन, आफ्नै गतिलो जीन्दगी वनाउन, सुखसँग वाँच्न, ठुलो ओहदामा पुग्न, सवैसामु चिनिन आदि इत्यादिका लागि सँधैँ परको मात्र सोचियो । ठूलो लक्ष्य वोकियो, धेरे थोर पुरा नि गरियो तर अचानक, आज आएर केदारजीलाई भयङकर ठुलो गल्ती गरेको महसुत हुँदैछ ।
विगतलाई राम्रोसँग नियाल्ने हो भने वहाँको जीवन साह्रै गहिरो भास भएको दलदल जस्तो वन्छ एकपटक फेरि । पहिले सानामा सधैँ मीठो खानलाई मरि मेटियो । अलि ठुलो भएपचि धेरै पढेर पी.एच.डी गर्न मरि मेटियो । राम्रो जागिर खान, विहे गर्न, छोराछोरी पाउन, वुढेसकालमा आनन्दको रिटायर्ड जीन्दगी विताउन........। यि सवै पुरा नि भए । तर एकदिन जीन्दगीले साह्रै गहिरो प्रश्न गह्यो केदारजीलाई । तँ वर्तमानमा चैँ कहिले वाँचिस्??? हो, समय दौरानमा खोजेका जति सवै कुरा पाएँ मैले, सवै सपना पुरा भए, तर तिनै सपना पुरा गर्ने निहुँमा म वर्तमानमा ज्युन सकिन । म वर्तमानमा कहिल्यै रमाउन सकिन । सधैँ विगत र भविष्य मात्र हावी भयो जीवनभर । तपाईँ भुलेर पनि मेरो गल्ती नदोहोर्याउनुहोला है । जीवनमा सधैँ वर्तमानमा वाँच्न सिक्नुहोला नभए मेरो नियति तपाईले नि भोग्नुपर्ने हुनसक्छ । यो केदारजीको सुझाव हो अथवा अरू केहि? जेहोस् वहाँ यस्तै यस्तै वर्वराईरहनुभएको छ आज तर टोलाउनुभएको चाहिँ छैन ।





18 Comments:

bishesh on January 23, 2010 2:26 AM said...

yo ma jiuna sakeko vaye sayad 3 idiots ko Rancho jastai pachi gayera thulai manchhe banna sakinthyo hola ni ashu.. timro yo kurale sayad sabailai naya hausala milekochha...sabda saga khelna kahilai nachoda

Milan on January 23, 2010 3:24 AM said...
This post has been removed by the author.
Milan on January 23, 2010 3:25 AM said...

सारै घतलाग्दो कुरो गर्नुभो | हामी प्राय सबै नि आधी उधी चाहीं केदार जी नै हौं |

बेदनाथ पुलामी ( उमेश ) on January 23, 2010 3:29 AM said...

ओह ! आशेस जी ! केदार जी लाइ त औडाहा नै भएको रहेछ ! तर जुन निष्कर्ष निकाल्नु भो नि ! त्यो चाही एक दम उतम कुरा हो !

तर के गर्ने सबै ले यहि गर्दछन - उमेर हुन् जेल सबैले यसो नगर्नु उसो नगर्नु भनेको निको मान्या होइनन तर जब उमेर ढल्के पछी आफुमा त्यो कुराको झस्का पर्छ अनि साच्ची त्यस्तो त गर्नु नहुने रहेछ भन्दै ... नव युवा लाइ आफ्नो भारीको कुरा थुपार्न थाल्दछन तर अहिलेका युवा ले त्यो कुरा काहा पचाउन सक्छन र ! फेरी त्यो औडाह नै है हाल्छ नि यानी झुर !
यो पनि एउटा चक्र हो आशेस जी ! बरु यसो हो कि - बुझ्ने लाइ सिरिखंड नबुझ्ने लाइ खुर्पाको विड !
पोस्ट को लागि धन्यवाद ! अल इज वेल !!

दीपक जडित on January 23, 2010 6:06 AM said...

केदारजी झैं नभएर सुख पनि त छैन । मात्रा कमबेसी होला तर हामी सबै केदारजी हौं भन्नेकुरामा चैं म पनि मिलनजी सँग सहमत छु ।

Chaitanya on January 23, 2010 8:02 AM said...

निकै गहिरो प्रश्न राख्नुभयो अशेषजीले | जीवन कसरी बाँच्नुपर्छ भन्ने बहस हो यो, उत्तरहरु भने छरपस्ट छन् | बर्तमानमा पनि जिउनुपर्छ है भन्ने तर्क जायज छ, हामी त्यसो गर्न सक्छौं कि सक्तैनौं, यहाँनेर अर्को प्रश्न खडा हुन्छ | प्रश्नै प्रश्न उठ्छन, अनगिन्ति उत्तरहरु कुरी बसेका | समाधान खोज्दै गर्नुस है | आफू चाहिं नटोलाउनुस नि फेरि !

ametya on January 23, 2010 1:35 PM said...

प्राय हरबखत विगतको पश्चातप अनि भविष्यको चिन्ता मात्र । के यसैगरी मात्र जीवन चल्ने हो ?

जीवन चलाउनै जानिदैन । खै के गर्ने के गर्नै ??? कुनै गुरु नै खोज्नू पर्ला , अब त !!!!

Bibek on January 23, 2010 2:33 PM said...

Yo sabai ko jindagi sanga milne kura ho ni . Matrako matra pharak ho banki sabi uhi

Dharmaraj said...

समग्रमा 'बद्रीजी' वा 'केदारजी' जो भएपनी बर्तमानमा भुतको पच्चताप गरेर र भबिस्यको चिन्ता गरेर बाच्ने जिन्दगीको अर्थ बेग्लै हुन्छ तर वास्तविकतामा सबैको हालत एही हो नि फेरी । "सन्तोषम् परम् सुखम्" भन्ने कुन चराको नाम हो जान्नु जरुरी हुन्छ होला शायद यो Principle follow .....गर्न कि कसो कम्रेडहरु ??????

राजेश बुढाथोकी 'नतांश' on January 23, 2010 5:30 PM said...

अशेष जी, साह्रै घोतलाग्ने पोष्ट, प्रत्येक पल सपनाहरु बुन्ने गर्छु अझै पनि वर्तमानमा जीउन जानेको छुइन....चेत खुल्यो पोष्टले मेरो । अब सबै ठिक हुन्छ होला । ‘अल इज वेल’
*नतांश*

Dilip Acharya on January 23, 2010 8:43 PM said...

सुन्दा सजिलो तर निकै जटिल प्रश्न: "वर्तमानमा कहिले बाँचिस?" ।

मानिसहरु प्राय: सबै अतितको सम्झना र भविष्यको कल्पनामै हराउने गर्छन ।

तपाईको टाँसोले मलाई पनि वर्तमानमै बाँच्न घचघच्यायो है !

चूडामणि/मणि on January 24, 2010 9:21 AM said...

केदारजी हामी सबैका गतिला प्रतिनिधि हुन् | सारै गहन रचना लाग्यो | केदारजीले कथाको अन्तिममा टोलाउन छोडेर हामीलाई बाँकी अभिभारा सुम्पिए झैं लाग्यो | कथा पढिसके पछि केदारजीको भूतले नराम्रोसँग बिरामी पार्यो | एउटा सफल रचना भन्छु |

Dhruba Panthi on January 24, 2010 8:04 PM said...

केदारजीले सुझाव त दिए तर वर्तमानमा बाँच्ने पो कसरी हो खै? यो ब्लग, यी टिप्पणीहरु सबै वर्तमानमा बाँच्न नसकेको उदाहरणका रुपमा बुझ्दैछु म त। आखिर हामी सबै केदारजी जो हौँ, कोही अलिक बढी कोही अलिक कम।

दूर्जेय चेतना on January 24, 2010 8:15 PM said...

निकै सोच्ने बनायो तपाईको यो लेखले। सरल तर निकै मार्मिक भाव सहितको। बास्तबमा हामी सबै केदारजी जस्तै बर्तमानलाई भविश्यको लागि प्रयोग गर्दै छौ। एक दमै ठीक कुरा।
जिवनको यो परिपाटीनै हो। केदारजी अलि बढी सोच्ने नै हुनु हुदो रहेछ। जो कोही पनि बर्तमानलाई भविश्यको लागि प्रयोग गर्दै छन् उहाँ मात्र हैन। तर जे होस उहाको यो आफ्नो तरिका हो। त्यती सोचेर पनि निकै पछि मात्र उहाले टोलाएर बस्न छोड्नु भयो हुन सक्छ त्यो समय नेर आई पुग्दा उहाँ सगं कुनै भविश्य छैन।
यो लेखले निकै ठूलो यथार्थतालाई समेटेको छ। स्मरण रहोस कि जव हामी भोलिका लागि बर्तमानलाई प्रयोग गर्दैनौ वा गर्न नपर्ने हुन्छ तब सबै सकिएको हुने छ। बर्तमानमा वाच्न मान्छेहरु सायदै होलान्। जब मृत्यु र जिवनको दोधारमा हामि हुन्छौ जिवनको कुनै बेला तर पनि हामी भनिरहेका छौ र जोडिरहेका हुन्छौ मृ्त्यू सग जिवनलाई कारण मृत्यूलाई छल्न पाए त जिवन पाईन्थ्यो की?? बर्तमानलाई धकेल्दै हुन्छौ हामी भबिश्यको लागि।।।
जन्मिनै बित्तिकै मर्नेहरु पनि केहि सेकेन्ड वा केहि पलका लागि वा भनौ मर्नैकै तयारीको लागि पनि केहि समय लिने गर्छन। त्यसैले यो कुरा सानो पक्कै छैन।
तपाईको यो लेख निकै दमदारलाग्यो है । धेरै धेरै धन्यवाद

Aakar on January 25, 2010 7:38 AM said...

एउटा कस्को विश्व विख्यात भनाइ थियो, 'हामी सँधै बाँच्ने कोशिस गरिरहेका हुन्छौँ, तर बाँच्न कहिले सक्दैनौ' । मलाई त हामी सबैको स्थिति यस्तै लाग्छ । केदार जी त, हाम्रा एक प्रतिनिधि पात्र हुन् ।

सायद बाँच्ने सिक्नुपर्ने भएको छ । हुन त यी कुराहरु हेर्ने सबै को आ-आफ्नो धारणा हुन्छ तर पनि केदार जी जस्तो हरबखत टोलाउनुभएन । माथि पनि लेखिएको छ, नगरकोट मा रमाइलो ! सायद, यो कुरा ले, प्रकृति मा रमाउन खोज्नु पर्छ भन्न खोजेको हो कि ?

एकदमै मनन योग्य पोष्ट को लागि धन्यवाद !

Basanta on January 25, 2010 12:27 PM said...

जीवन-दर्शनमाथिको गहन घोत्ल्याईँ! साँचो यात्रा यस्तै घोत्ल्याईँबाट शुरु हुन्छ।

HAWA on January 26, 2010 12:21 PM said...

केदार जी को गहन चिन्तन सोचाइ देखेर त मलाइ उहा पनि ब्लग पो गर्नुहुन्छ जस्तो लाग्यो

तर यो कुरा तेती सजिलो छैन

हाम्रो जीवनसैली बर्तमान मा बाच्ने भन्दा भविस्य बनाउने तर्फ केन्द्रित छ

मैले चाहि यो निरन्तरता लाइ क्रमभंग गर्न खोजेको थिए

तर कति छिटै मेरो भविस्य बर्तमान भएर आएछ

म त ब्लगर पो भएछु

Namrata said...

सत्ते हो वर्तमानमा वाच्न सिक्नुपर्छ ।
हामीलाइ विगतको कमजोरीको ह्यागंओभर नै वर्तमानमा सधै हुने हो भने नदेखेको भविश्य विनासित्ती नै दुखाउने गर्छ ।
तर आज बाच्ने भन्दैमा फेरी पनि विगत भिलेन भएर आउनु हुदैन । त्यसबाट केही सिकेर वर्तमानमा बाच्नु पर्छ ।
सपना त देख्नु पर्छ । सपना सबैका आ आफना हुन्छन । मेरो सपनाले तिम्रो सपनाकमाथि भांझो हाल्नु हुदैन । एक अर्काका सपनाको सम्मान गर्न सिक्नु पर्छ होइन र ?

Post a Comment

कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

 

About GufGaf

About Nepali literature,Idea on Politics,Views and Discussion,Nepalese students

Your GufGaf

Views and discussions is a great way to develop creative ideas. Your valuable article, thought and suggestion is waiting our doorway. Please do send it on prabesh@gufgaf.com, ashesh@gufgaf.com, saxam@gufgaf.com

-- Copyright © 2009 गफगाफ डट कम