
मेरो प्रिय मान्छे !!!
म के भनेर संम्बोधन गरु तिमीलाइ
राम्रो भनौ कि नराम्रो
राजा भनौ कि राजु
जे भनेपनि नपुग नपुगजस्तो लाग्न थाल्यो
खै किन हो अचेल
तिमी हिडने बाटो पनि आफनैजस्तो लाग्न थाल्यो ।
थाहा छैन
तिमीले मलाइ आखांभित्र अटाएका छौ
कि आंखाबाट हटाएका छौ
जम्काभेटमा खिचेका तस्बीरहरु
मेरा आंखाबाट ओर्लिएर तिमीसम्म आउन खोजिरहेछन
सजाएर राखेका खुशीहरु
मेरा ओठबाट फुस्किएर तिम्रो अगाडी मुस्कुराउन खोजिरहेछन ।
बशन्तमापनि खडेरी परेको मन सम्हाल्न गाह्रो हुदोरहेछ
बाढी, पहिरो र झरी संझदा झन साह्रो हुदोरहेछ
तर अझै केही आशाहरु वांकी छन
हरेक वर्षको अन्त्यमा मनका तालहरु भर्ने गर्छु
तिनै तालको निलो पानीमा तिम्रा तस्बीरहरु हेर्ने गर्छु ।
खोइ म कसरी भनौ
म तिमीलाइ स्वीकार छु कि अस्वीकार
बहिस्कार छु कि तिरस्कार
नहुनुका पिडाहरु शब्दमा उनिएर
चिठठी भएर तिमीसम्म आउन खोजिरहेछन
कृपया मलाइ बाटो बताइदिन सक्छौ कि?

4 Comments:
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!