तिम्रो नवआगमनपछि
मनमा केहि खास हुन्छ
अध्याय नयाँ शुरूवात हुन्छ ।
चिरबिर चरीले ब्युँझाउँछे मलाई
गुलाबी क्षितिजले लोभ्याउँछ मलाई
बतासे एक सर्को बनेर आउँ
तिम्लाई छोइदिउँ भनेर आउँ
शितजस्तै तप्किएछौ तिमी
फूलजस्तै फक्रिएछौ तिमी
गुलाबको लाली चोरेर आउ
लजाउँदै घुम्टो ओढेर आउ
तिमीले छुँदा लतिका, रंगीन बन्छ
कोइलीको भाका, मार्मिक बन्छ
बन्धन आज फूकाई आऊ
मुस्कान मिठो लिएर आऊ ।

-मुकुन्द भण्डारी
काठमाण्डौ विश्वविद्यालय
Post a Comment

8 Comments:
मुकुन्द को प्रेममय कविता, अति नै मनपर्यो !
"शितजस्तै तप्किएछौ तिमी
फूलजस्तै फक्रिएछौ तिमी
गुलाबको लाली चोरेर आउ
लजाउँदै घुम्टो ओढेर आउ"
राम्रो प्रेममय कविता!
पहिलो अनुच्छेद र बाँकी तीनको तालमेल भने अलि मिलेन। उस्तै बनाऊँदा अझ राम्रो होला। दोश्रो अनुच्छेदमा "---आउँ" नभएर "---आऊ"नै होला शायद।
thankz 4 comment.
@basanta G: kunai chhanda bises ma navayeko le yesto lageko hola .
((बतासे एक सर्को बनेर आउँ
तिम्लाई छोइदिउँ भनेर आउँ )) its mean DESIRE.
((बन्धन आज फूकाई आऊ
मुस्कान मिठो लिएर आऊ । )) its request.
thanks 4 comment....i will improve in coming days if any.
प्रकृतिवादी कविता राम्रो लाग्यो ।
भाव निकै मिठो भैकन पनि संरचनामा तालमेल नमिलेकै जस्तो लाग्यो मलाई पनि...
"तिमीले छुँदा लतिका, रंगीन बन्छ"
आह्, यो हो नि झङ्कार !
तर सबै हरफ बुलन्द हुन सकेका छैनन् ।
हदभन्दा बढी सरल भो कि जस्तो पनि लाग्यो कविता ।
कबिता राम्रै लाग्यो ।
जसका बारेमा कबिता लेखेको हो,उसैले भनिसकेपछि कबिता अझै मिलाउन बुद्धिमानी होला|
Post a Comment
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!