
उसले सुस्ता बेचेर कलम किन्छ
तिमी महाकालीले कापी किन
कालापानी बन्धकमा राखेर
कलममा हाल्ने मसी भित्र्याऊ
संविधानमा हाल्ने पाइप धाराका लागि
देशको राष्ट्रिय झण्डा रित्याऊ
मेलमिलापले पो देशले शिखर छुन्छ
जेठ १४ मा संविधान घोषणा हुन्छ ।
तिमी ११ गते विशाल जनसभा गर
आएजतिलाई एक-एक धारा लेख्न लगाऊ
उसलाई १२ गते गर भनौँला
धारा उसले पनि लेखाउँछ
हामीले यति गरेपछि
१३ गते अर्काले पनि देखाउँछ
सबै धारालाई राखेर विशाल संविधान बनाउँला
सबै मिलेर छिमेकीलाई मनाउँला
अनि त हामीलाई कसले छुन्छ
जेठ १४ मा संविधान घोषणा हुन्छ ।
तिमी महाकालीले कापी किन
कालापानी बन्धकमा राखेर
कलममा हाल्ने मसी भित्र्याऊ
संविधानमा हाल्ने पाइप धाराका लागि
देशको राष्ट्रिय झण्डा रित्याऊ
मेलमिलापले पो देशले शिखर छुन्छ
जेठ १४ मा संविधान घोषणा हुन्छ ।
तिमी ११ गते विशाल जनसभा गर
आएजतिलाई एक-एक धारा लेख्न लगाऊ
उसलाई १२ गते गर भनौँला
धारा उसले पनि लेखाउँछ
हामीले यति गरेपछि
१३ गते अर्काले पनि देखाउँछ
सबै धारालाई राखेर विशाल संविधान बनाउँला
सबै मिलेर छिमेकीलाई मनाउँला
अनि त हामीलाई कसले छुन्छ
जेठ १४ मा संविधान घोषणा हुन्छ ।
Post a Comment

8 Comments:
संबीधान पक्कै जारी हुन्छ किनकी भाग्यमानी नेपाली सँग असाध्यै भरपर्दा नेता छन।
awesome prabesh...hamro aahobhagya yesari nai bujhe maile pani..
निकै तिखो प्रहार हानेर नेताहरुको मनको कुरो ओकल्नु भयो प्रवेश जी ।
very satirical poem.
superliked it
बाफ रे ! कस्तो 'खतरनाक' तरिकाबाट संविधान बन्ने कुरा लेख्नु भएछ। यस्तै र यसरी नै बन्ने भो' त हाम्रो संविधान ...... हे, भगवान !!!
तिखो प्रहार! तर सरोकारवालाहरु गैंडा भन्दा बाक्लो छाला भएका न परे, के छोला र तिनलाई!
संबिधान जारी भएन भने त नेताहरु सबैलाई लखेट्नु पर्छ ।
तिखो प्रहार गरी लेखिएको यो कविता एक्दम राम्रो लाग्यो ।
स्थिति यस्तै छ। संविधान निर्माणका नाममा अझै के-कति देख्नुपर्ने हो, कहिलेकाहीँ त कहाली नै लाग्छ।
Post a Comment
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!