भुन्टे : ओई डल्ली...तँ हिजो कति नराम्री भ'र आकि स्कुल ?
डल्ली : के लगाउँदा राम्री देखिन्छु त भन् न त ! भोलि त्यहि लगाएर आम्ला ।
भुन्टे : भित्र रातो सुरूवाल लगा अनि बाहिर निलो फरक लगा ल?
डल्ली : नाईँ !! कालो मोचा लाउँछु..लामो खाल्को..अनि बाहिर खैरो जामा
भुन्टे : नाईँ !! भित्र रातो भुवा आउने खालको सुरूवाल अनि बाहिर निलो फरक, गोजी पनि भा’को अनि त्यहाँबाट पैसा निकालेर डटपिन किन्....अनि त्यो डटपिनले कापीमा लेखेर पास हुनुपर्छ....जाँच आउन आँट्यो केहि बिर्सिनुहुँदैन बोक्नलाई....
डल्ली : ल हौ ल !
भुन्टे : अनि प्याल्सिङ् (पेन्सिल) पनि बोक् है, धर्को तान्नुपर्छ कहिलेकाहिँ, फिट राखेर प्याल्सिङले धर्का तान्न । एउटा बिलेट (ब्लेड) पनि बोक् है प्याल्सिङ् तिखार्न ?
डल्ली : म त मामाले ल्याइदेको कटरले तिखार्छु
भुन्टे : बुवाले दाह्री काट्ने भुत्ते बिलेट बोके भईहालो नि
डल्ली : बा’ले त छुरा लाउँचन् ! फेरि बिलेटले तिघ्रो खुर्किदेला गोजिमा हाल्दा ?
भुन्टे : ज्यामिती बाकसमा हालेर बोक् न !
डल्ली : अस्ति हटियामा किनेको इस्टुरुमेन्ट बाकस हो भुन्टे ज्यामिती भनेको ?
भुन्टे : त्यहि त हो नि !................... अनि जुलेबी खाइनस् हटियामा ?
डल्ली : खाइनँ । धेर गुलियोले स्याउँस्याउँती किरा पर्छ रे दाँतमा
भुन्टे : मैले त २ रूपैयाँ खाले बरफ खाएँ ।
डल्ली : मैले त सती बयेर...एक माना...
भुन्टे : अनि १ रूपियाँको ढुङ्ग्री...३ रूपियाँको प्याजी पनि !!!
डल्ली : मलाई त बा’ले बटारे पनि किन्दिए ।
भुन्टे : बटारे पनि खाइस् ? मरेँ म त.....मेरो त पैसै पुगेन..कति मिठो मिठो खाइछे
डल्ली : फर्केर आउँदा मेल किनेर ल्याएँ, घरमा साँधेर खा’को !
भुन्टे : सुन् न ! हाम्रो त बुवाले च्यातिएको लुङ्गी दमाईकोमा लगेर गोपाले कट्टु सिलाइदिनुभयो त्यसको । कस्तो राम्रो छ । हेर्छेस् ? भोलि लगाएर आ'म ?
डल्ली : लगा न त । हेरम्ला ।
भुन्टे : तँ पनि लाउँछेस् ? ठूलो बुवाको पनि लुङ्गी च्यातिएको छ अरे । भन्दिम् बुवालाई ?
डल्ली : नाईँ !! त्यस्तो पनि लाउँछु ? मलाई त आमाले आफ्नो फरियाको मिडि सिलाइदिनुभयो । डिस्को मिडि । दिदी सुत्केरी छे रे, त्यो फाटेको लुङ्गी त थाङ्ना बनाउन दिन्छु बरू ।
भुन्टे : तँलाई भन्नै बिर्सेको! म त भोलि रा"स् हमालको फिलिम हेर्न जान्छु पशुपति टाकिजमा । कस्तो उडि उडि हान्छ रे गुण्डालाई । हिरोनी पनि कस्ती राम्री पो छे अरे त । नयाँ अरे !
डल्ली : म त अमिता.. बचनको शोले हेर्ने...
भुन्टे : अनि कि....अब त्यै हिरोनीलाई पो बिहे गर्छ अरे त रा"स् हमालले !................... हिन्दी फिलिमको त लास्ट फाइट मात्रै खतरा हुन्छ...अरू त बुझ्दिनँ म
डल्ली : हिँड् न हिँड्, त्यो दोभाने हटियामा देखाउँछ रे शनिवार...
भुन्टे : तर हिरो मर्छ अरे । अस्ति शिवले त हेरेर भनेको ।
डल्ली : ला !!!!!!!!!! हो र ? त्यहि गब्बरेले त मार्ने होला नि है ?
भुन्टे : होइन अरे, गुण्डा पनि नयाँ छ रे । फस्टमै अमिता.. बचनलाई मारेको रे तेल्ले ।
डल्ली : होइन ब्यारे ! तँलाई कस्ले बिट्टक लाएछ ।
भुन्टे : छोड्दे फिलिमको कुरा ? अस्ति परीक्षा कस्तो भयो तेरो ? म त गणितमा गुल्टिएँ...
डल्ली : मैले त सामाजिक टप गरेँ...
भुन्टे : त्यो मोरो खप्परे कुवेरे ढुवेरे भुँडेले त हो नि, मलाई फेल बनाको ।
डल्ली :........... अस्ति सरसोती पूजामा किन स्कुल नआको ? बुनियाँ र उखु बाँड्या थियो नि ।
भुन्टे : दुनामा हालेर दे'को हो ?
डल्ली : हो नि ! मैले त अर्काको भाग पनि खाइदिएँ
भुन्टे : म त टेलिफुनको पैसा तिर्न गइरथेँ, बन्द र'च त्यसको ठाँडो
डल्ली : भुजाको डल्लो पनि बनाको माघे संक्रान्तिमा हाम्रोमा । तिमर्कोमा बनायौ ?
भुन्टे : हामीले त बनाको डल्लै परेन हेर् न..भुजा पनि चिउरा जस्तो, सख्खर पनि त्यसका बाउको लादीजस्तै दिएर मरेछ....कुकुरले !!!
एउटा कुरा भनुम् तँलाई ?
डल्ली : भन् न
भुन्टे : कसैलाई नभन् ल । मैले अस्ति जर्दा 'मधु' खा'को नि ।
डल्ली : त्यसैले पो किलासमा मुख गन्हाको र'च तेरो ।
भुन्टे : नकरा ! त्यो त घरमा मञ्जन सकिएर दाँतै माझेको थिएन अनि पो त...
डल्ली : दत्युन थे'न त ? निमको बनाको भए भईहाल्थो नि ।
भुन्टे : निम थेन...बाँसको दत्युन ला'को...मञ्जन नभई नहुने रै'च । अँगारले पनि घोटेको...भएन त्यसका बाजे !
डल्ली : एउटा सेक्रि कुरा भन्छु ल । अम्म्म्म्...... म तँलाई लब गर्चु नि !
भुन्टे : ओइ साँच्चै ? कसम ?
डल्ली : कसम हौ !
भुन्टे : मैले पनि भन्न मात्र नसकेको । म पनि तँलाई लब गर्छु धेरै ।
डल्ली : उसोभए मलाई भोलि रातो रिबिन ल्याइदे है...रंगेलीबाट....म चुल्ठि बाटेर आउँछु नि स्कुल आउँदा
भुन्टे : लावड छ त शुरूमा कपाल बान्नलाई ?
डल्ली : लावड आमाले ल्याइदे छि'न् ।
भु्न्टे : तेरो सबै लावड ले न त एकदिन माच्छिकाडे बनार खेलुम् ।
डल्ली : नाईँ चुँडिन्छ...फेरि आमाले गोद्नुहुन्छ....
.......................................
भुन्टे : ए डल्ली ! हामी भागेर दमक जाने ?
डल्ली : दमक जाने कि बिर्तामोड ?
भुन्टे : बिर्तामोड त टाढा हुन्छ साइकिलमा....दमक जाम् ल । मेरो साइकिलमा क्यारि'र छैन..अगाडि डण्डीमा बस् है !
डल्ली : छड्के बसम्ला....
भुन्टे : मेरो भिनाजुले त अस्ति दिदीलाई डण्डीमा खुट्टा दुईपट्टी पारेर माइती ल्याउनुभा'को....त्यसरी नै बस् न ।
डल्ली : अहिले मारिदिन्छु नि तँलाई.....जे पायो त्यहि भन्छस् ?
भुन्टे : भईहालो त । बरू पछि तँलाई लेडिज साइकल किनिदिन्छु ल, अगाडि डण्डी नभा'को । कुदाउँछेस् ?
डल्ली : आउँदैन नि । टेर्निङ् दे पहिला ।
भुन्टे : डण्डीमुनि खुट्टा हालेर कुदा न सुरूमा...सिकिहाल्छेस् नि....
डल्ली : भयो छोड्दे !बरू तँ अगाडि बसेर कुदा म पछाडि बसेर तँलाई च्याप्प समाउँछु ल....
to be continued……
Post a Comment

11 Comments:
भुन्टे र डल्ली को पिरती बब्बाल छ ! हाँसेर मर्न लागियो ! :)
sachai majja aayo padna..
भुन्टे र डल्ली को लभ कथा गज्जब को लग्यो, साच्चै रमाइलो ,
खनि मैले त अर्काको भाग पनि खाइदिएँ भनेको त सानोमा सरसोती पुजाको पर्साद दुइ चोटी मात्र हहैन तिन चार चोछी पनि पुग्थो,
हिहिहिहिहिहिहिहिहिहिहि
:D
हा हा हा हा हा । मरियो है मरियो!!!! साईकिलाँ दुईखुट्टा दुइतिर पारेर भिनाजुले दिदीलाई लगेका ४० बर्ष अगाडिको कुरो; अहिलेसम्म दिदीलाई जोड्नीमा समस्या छ अरे अस्ति फूनमा भन्नुभा मलाई....
hoina merai kahani lekheko ho ki kya ho? name matra farak vanya.
वास्तविक रमाइलो यो पो। क्या झ्याउरे पिरती है ?
arko part kaile aaune ho yaar ??
waiting hai
अलि लामो भयो है Covnversation चाहिं ।
Really Lovely conversation.....a simple story....beautiful
Adhunikata ko yo charam utkarsha, tyshmathi sahari paribesh ko bani parisakeko ma jasta lai yo Dalli ra Bhunte ko Love Story padhda ekchoti feri aafu janmiyeko gaun ani tyo gaun ki balsakha ko smaran taja garayo. "Himali Kanchi, ma timi lai thulo bhayepachi Ghoda ma chadhayera Kathmandu lagchu la ? "
Post a Comment
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!