Thursday, July 22, 2010

देखेको कुरा…

सम्पुर्ण नेपाली र सिङ्गो नेपालको भविष्य कोर्ने संविधान निर्माणका लागि पठाइएका ६०१ सभासद्ले कसरी संविधान बनाउँछन् होला, सदनभित्र के के कुरा गर्छन् होला भन्ने कौतुहलता सबैलाई हुनेगर्छ । यस्तो कौतुहलता कहिलेकाहिँ मेटिने गर्छ । प्रधानमन्त्रीको चुनावको बेला (जुन प्राय: भइरहन्छ),र संविधान बनाउने समय लम्ब्याउँदा (जुन पनि अब भइरहने छ) । हिजोको प्रधानमन्त्रीका लागि भएको चुनावमा पनि सभासद्का बोली र विचार सुन्न पाइयो । बोल्ने धेरै सभासद् बौद्धिक र राम्रा लाग्यो मलाई त । सायद बोल्न जान्नेलाई मात्र पठाएका थिए कि पार्टीले !

हृदयेश त्रिपाठीले हिन्दीमा हानेको भाषण साह्रै चोटिलो लाग्यो । “संविधानसभाको म्याद थप्नेके बाद हम ने सोचा था कि लोग सुधरगए । लेकिन….” यस्तै यस्तै भने । साह्रै मजाले । “तीन दलके नेताओँका सत्तालिप्साका चरम नमुना हे ये ।” बडा स्वादले थप्दै थिए । सुवास नेम्वाङले समय सकिएको संकेत गर्न “माननीय ज्यू” के भनेका थिए, “अभि तो शुरू हुवा हे सभामुख महोदय” भनेर नेताको परिचय चैँ दिइहाले । भाषण हान्न पाएपछि समयको ख्याल नगर्ने । “तीनोँ दलके नेताएँ ने गाँजरके सहमतिके बाँसुरी बजाए और खाते खाते चलेगए” भन्दा हल नै गुञ्जयमान भएको थियो हाँसोले । नेकपा एकिकृतका सभासद् परि थापाले झुक्किएर “एक तिहाइको सरकार निर्माण गर्नुपर्छ” भनेर डाइलग हानेर हिँड्दा उप-सभामुख सहित सबै गलल हाँसेका थिए ।

दलित जनजाति पार्टीका होलान् क्यारे सभासद् विसेन्द्र पासवान । उनले चैँ आएर आफ्नो हैसियत प्रस्तुत गरेरै गए । कति मिठा मिठा कुरा सुनिरा’ बेलामा । “हामी कसैलाई भोट हाल्दैनौँ किनभने सबै उम्मेद्वार उपल्लो जातका, एउटै समुदायका भए” भनेर आफ्नो हैसियत प्रस्ट्याए । दलित भएनन् रे, जनजाति भएनन् रे । सभासद् भएका सबै व्यक्तिलाई प्रधानमन्त्रीका लागि उठ्न योग्य मानिन्छ भन्ने जानेनछन् क्यार पासवानले । जानेरै पनि बिचरा के गरून् ! प्रस्तावक र समर्थक नै पुग्दैन उनको पार्टीको ! यस्ता जातीय खाडल निर्माण गर्ने कार्य सभासद्जस्ता व्यक्तिले गर्न थालेपछि देश कतै अब सामुदायिक र जातीय दङ्गा भड्किने त होइन ? यस्ता कुरालाई निस्तेज पार्नुको सट्टा जिम्मेवार मान्छेबाटै प्रोत्साहित भएपछि देशको अवस्था के हुने हो ! क्षमता भएका दलित,जनजाति र सबै समुदायका मान्छेले अवसर पाउँछन् । त्यसका लागि दयाको भीख माग्दै गीत गाउनुभन्दा आफ्नो कौशलता प्रदर्शन गर्नु राम्रो हुन्छ । इतिहासमा धेरै दलित, जनजातिले राम्रो ठाउँमा पुगेको उदाहरण पाइन्छन् ।

मेरो दिमागमा चैँ एउटा कुरो खेल्न थाल्यो । खालि बाहुन् बाहुन् भन्दै खेदो खन्छन् सबै भएर । देशका राष्ट्रपति मधेशी समुदायबाट छन्, उपराष्ट्रपति पनि, सभामुख जनजातिबाट छन् । अनि बाहुनले चैँ जाबो एउटा प्रधानमन्त्री पनि हुन नपाउनु त ? यसो अरूलाई भन्ने मेलो !

राष्ट्रिय सहमति निर्माण नभईकन फेरि प्रधानमन्त्री चुन्नु भनेको अझै देशलाई पछाडि धकेल्नु हो । आशा छ, दोश्रो चरणमा पनि कोहि प्रधानमन्त्री चुनिने छैनन् र राष्ट्रिय सहमतिको लागि एउटा छूट्टै पहलको थालनी हुनेछ ।




Post a Comment

4 Comments:

Aakar said...

खै, राम राम भन्दा अरु केही गर्न नसकिने भइयो !!!

वेदनाथ पुलामी said...

-------------
---------------
-------------------

राजेश नतांश said...

प्रवेश दाई,
एकदम मार्मिक छ नेपाली राजनीतिको नाटक । दिनानुदिन पात्रहरु परिवर्तन भइरहन्छन, पटकथाहरु परिवर्तन भईरहन्छन् तर कहिल्यै पनि नाटकको सुखद समापन भएन । कति आलोचना गर्नु नेपाली राजनीतिको मात्र मुख सुकी सक्यो । गगन थापाले आफ्नो लेखमा लेखेको एउटा पंक्ति याद आयो मलाई, “पुष्पकमल नामको फूल फुलाउन सकिन्छ तर प्रचण्ड नामको सिउँडी कहिल्यै फुलाउन सकिदैन ।”

सभासदहरुको अवस्था त झन् भद्रगोल छ । कोही–कोही विष खाएर मर्न खोज्छन् कोहीकोहीलाई आफ्नो नाममा समेत हस्ताक्षार गर्न आउँदैनन् यस्ता ‘काला अक्षर भैसी बराबर’ भएकाहरुकाबाट लेखिने संविधान कत्तिको आधिकारक होला र ? कस–कसको माग संवोधन होला र ? राज्यको सवालहरुलाई कसरी सम्बोधन गर्लान् र ? भै गो छोडि दिऔं यस्तो कुरा । अब एकिछिन पछि समाचार सुन्नुको साटो एउटा नयाँ हिन्दी फिल्म हेर्ने सुरसार गदैछु म त !

पोष्टमा ६ सय १ सभासद् भएको रैछ ५ सय ९९ जना मात्र बाँकी छन् क्यार ?

सूर्य/सिकारु said...

सभासदको मनमै यस्तो जातभातको रङ्ग चढ़ेपछी निमुखा र आशैआशमा बसेका जनताहरुले के अपेक्षा गर्ने ? सबै भातेहरु

Post a Comment

कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

 
Hast for Allaclick