Monday, July 26, 2010

ऐना र उमेर

namrata1

- नम्रता गुरागाईँ

आज फेसबुकमा एउटी साथीले “ रंगीचंगी फुल फुल्दा हिउंजस्तै पग्लिएछु आफनो रुप ऐना हेर्दा अलि चांडो जिन्मिएछु आफनो त जमानामा…॥” भनेर अलिकति पीर पोखीछन साथीहरुलाइ । उनको सोचाइलाइ अलिकति भएपनि सान्त्वना होस ए ममात्र रहेनछु यस्तो सोच्ने अरुपनि रहेछन भनेर मैले पनि उनलाइ म त ऐनादेखि भागेको धेरै भैसक्यो त भनेर लेखिदिएं । त्यही बेला अर्कीलाइ पनि काउकुती लगाउन मन लाग्यो र उनलाइ लेखे “ए साथी निकै राम्री देखिन्छयौ त लिला त उमेर गयो भन्छिन के छ विचार हाम्रो दलमा सामेल हुने कि एक्लै बस्ने ” भनेर । उनले पनि उतिखेरै जवाफ दिइन “मलाइ त त्यस्तो लाग्दैन तर तिमीहरु भन्छौ भने म साथ दिउला” भनिन ।यो उमेरको कुराले मलाइ धेरै पहिला देखि नै केही लेखुं लेखुंजस्तो भैराखेको थियो । बल्ल समय मिलेकोले लेख्न बसें ।

शुरुमा अमेरिका आउने वित्तिकै काम गर्न जानलाइ वर्क परमिट थिएन । के गर्ने त दिनभरी भनेर इन्टरनेटमा हेरेको हयुमन सर्भिसमा भोलिन्टेयर काम गर्ने मान्छे खोजिराखेको रहेछ । लिन आउने पुरयाउन पनि आउने भनेकोले ल अलिकति भएपनि अनुभब बटुलीहाल केटी के हेरेर बस्छेस भने आफैलाइ । मैले हप्ताको दुइ दिन काम गर्छु भने । त्यो संस्था आम्दानी कम हुनेलाइ खानेकुरा लाउने कुरा दिएर सहयोग गर्ने रहेछ । पहिलो दिन गएको उमरबाटै अबकास लिनेपर्ने जस्ता देखिन्छ मान्छेहरु । ला खा कत्ति न काम गर्छु भन्थिस नी यिनै बुढीहरुसंग खोक अब भनेर लोपारे आफैलाइ । जाने वित्तिकै एक जोडी बुढाबुढीसंग चिनजान भयो । मलाइ बोल्न अलि गाह्रो नै भएकोले मलाइ उनिहरुले असाध्य मायां गरे शुरु देखि नै । बोल्दा पनि मैले बुझने गरी बिस्तारो बोलेर सिकाउन थाले । लौ मैले त देउतै भेटेंकी क्या हो भने मनमनै । हुन पनि तिनीहरु मेरा अभिभाबकजस्तै छन‍ अहिले सम्मपनि । 1232339368119_senior-citizens_t

केही समयपछि बिहेलाइ जन्तीनै पो पुग्ने हुन कि जस्तो छोराछोरी अघिपछि लाएर आए मान्छेहरु सामान लिनलाइ । ओ…हो…। परिवार नियोजन छैन कि क्या हो यहां भन्नुझैं भयो मलाइ । आन्दानी कम हुनेले किन यति धेरै सन्तान पाउनु पर्ने होला भन्दै थिएं एकछिनमा त एक महिनालाइ पुग्ने खानेकुरा पो बटुले तिनीहरुले त त्यो पनी प्रुी । लुगा पनि एकजनालाइ पांच छ जोर दिदोरेहेछ । नक्कल पार्दै माग्न आएको देखेर म हाम्रा दाजुभाइ दिदी बहिनीहरु खान लाउनको अभाबले उमेरै नपुगी बुढाबुढी देखिएकोमा चिन्ता मग्न भएं । हाम्रो देशम सरकारले गाउमुखी काम नगर्दा बिचरा गाउलेहरु भाग्यले नै ठगेको हो भन्न बाध्य भएका छन ।

धेरै बुढीहरुका विचमा एउटी मज्जाले खुटटा हल्लाएर बसेकी छे हेर्दा अल्छि पनि देखिन्छे । तिनिहरुले त्यसलाइ जिस्क्याएर ए तं काम गर्न अल्छी छस नि तेरो घरमा केही काम गर्नु पर्दैन भने । तुरुन्तै जवाफ दिइ उसले “पर्दैन सबै ब्वाइ फ्रेन्डले गर्छ म त बसीरहन्छु” । म भने यस्ती बुढीको पनि ब्वाइ फ्रेन्ड भनेर छक्क परे मनमनै हांसेपनि यो कस्तो देश हो भनेर । अनि अर्कीले फेरी उसलाइ त्यै भएर तं योङ्ग देखिन्छेस कसरी मिलाउछेस सबैकुरा भनेर उक्साइ । उसले त मेरा दुइवटा ब्वाइ फ्रेन्डस छन एउटाले काम गरेन भने अर्कोसंग जान्छु पो भनी हा… हा…। । म भने भुतुक्क भैसके हांस उठेर ति बुढीहरुको कुराले । अब आफनो त बुढेसकाल भन्नै भएन तिनीहरुको अगाडी तर हे राम यि कानले के सुन्नु पर्यो आज यस्ती बुढीको दुइवटा ब्वाइ फ्रेन्ड भनेर साह्रै नै अचम्म लागेर आयो । एक पटक नुहाएरै आउ की जस्तै पनि भयो । हामी र यिनीहरुमा कति फरक । हामी चाहि उमेरको पहाड उक्लिनु त परै जावस देख्नु मात्र पर्यो भने पनि खुइ काडदै जब्बरजस्ती उतै लान खोज्छौ आफलाइ तर यि पिण्ड खान आटेका बुढाबुढीहरु भने फुर्ती देखाउछन । म त यिनीहरुका अगाडी बालखै रहेछु नी कसैले केही भने त्यसलाइ चाहिँ आज ठीक पार्छु भने मनमनै ।

आयोबामा चिनजान भएका बुढाबुढीसंग हाम्रो सम्बन्ध निकै गाढा हुदै गयो । धेरै थरीका मानिसहरु मध्ये तिनीहरु चाहि बिहे गरेरै धेरै दशक विताइसकेका मान्छेहरु थिए । उनिहरु मलाइ आफनो छोरीलाइ आमाबुवाले गर्ने ब्यवहार जस्तै गर्न थाले । न भाषा मिल्छ न संस्कृति न त कुनै लेनदेन नै छ तर पनि मसंग दुखसुख साटने भएकाले मलाइ पनि उनिहरु मन पर्न थाल्यो । एक अर्काका घरमा आउजाउ हुन थाल्यो । आयोवाबाट सरेपछि पनि भेटन आउने क्रम जारी रहयो । केही वर्षपछि नेब्रास्का राज्यको ओमाहामा नेपालीहरुको कार्यक्रममा हामी पनि जाने भयौं । फोनमा कुरा गर्दा भेटन आउने हो भनेर जिस्क्याएको त लौ आउने पो भए । उनिहरुको उमेर सम्झदा किन भनेछुनि जस्तो भयो आफलाइ । नभन्दै भेटन आएपनि बुढाबुढी । उमेरले डाडा काटेपनि तन्दुरुस्त र पहिलाको जस्तै उस्तै देखिने बुढाबुढी आए हामी बसेको होटल खोज्दै । मलाइ पनि असाध्य खुशी लाग्यो उनिहरुलाइ देखेर । उनिहरुले हामीलाइ भेटन धाएर आएको देखेर कता कता त्यो उमेरमा मैले तिनीहरुलाइ बोलाएर कतै पाप त गरीन भनेजस्तो पनि भयो मलाइ तर उनिहरुका कुरामा कुनै बुढयौली पन झल्किदैन । उमेरले असी कटिसकेका बुढाबुढी नानीहरुसंग पनि खेल्न जिस्किन भ्याएका छन हामीसंग हाम्रो बारेमा सोध्न पनि भ्याएका छन म झन छक्क परे ।
senior_citizens_385x261

दुइ घण्टाको ड्र्राइभ गरेर भएपनि विहानै आइपुगेकाले ब्रेकफास्ट खान संगै गयौं । कुरा कुरैमा मैले म साह्रै ऋिणीजस्तो भएकी छु तिमीहरुलाइ यो उमेरमा यहासम्म दुख दिएकोले के भनेको मात्रै थिएं बुढो त रिसाउन पो खोज्यो को बुढो हामीलाइ के सम्झिएको भनुलाझै गरेर । मैले माफ मागेर कुरालाइ तुरुन्तै अन्तै मोडें । सायद यो बुढाबुढी भन्ने शब्द संसारमा कसैलाइ पनि मन पर्दैन होला जसले मान्छेलाइ कामबाट पछि हटाउने जिम्मेवारीबाट हात झिकाउने मात्र नभएर आफैलाइ कमजोर बनाउने काम गर्ने भएकोले होला मान्छेले यो शब्दलाइ बोलाचालको शब्दकोशबाटै हटाउन मन गरेको होला ।

जागीरको सिलसिलामा हामी आयोबाबाट क्यान्सस सर्यौ । त्यहां मेरो श्रीमानकै कलेजमा अलि अगाडी पढेको एकजना दाइको घरमा आउने जाने हुन थाल्यो । भेटघाटका क्रममा एकदिन वहांले वहाको साथीको बारेमा कुरा निकाल्नु भयो । वहांको साथीसंग जहिले पनि उमेरको बारेमा डिस्कस हुदोरहेछ तर साथी भने सधै आफनो उमेर ढाटनुहुँदो रहेछ । फरक स्कुल पढेपनि उस्तै बेलामा स्कल पढेका सहपाठीजस्ता देखिने साथीले उमेर ढाटेको देखेर वहांलाइ साह्रै चित्त नबुझेको रहेछ । एकदिन कुरै कुरामा वहांले “त्यो त सधै उसको उमेर ढाटछ उसको कुरा पत्यायो भने उसले एक क्लास त आमाको पेटभित्रै पढेको हुनुपर्छँ” भनेर भन्नुभयो स्वादले । हा……हा…॥ कति हास्नु पेटका आन्द्रा पनि बटारिएलान जस्तो भयो वहांको भन्ने सैली घत लागेर । त्यसपछि त जहिले पनि वहांलाइ भेटने वित्तिकै हासं उठन थाल्यो मलाइ साह्रै धित मर्ने गरी साथीको उमेरको बारेमा भनेकाले ।

धेरै वर्षपछिको अन्तरालमा मेरी एउटी एकदमै मिल्ने साथीसंग भेट भयो । उमेरका उकाली चढन थालेका हामी दुबै फोनमा कुरा गर्दा एकपटक चाहि हाम्रो दिनदिनै फुलेको शरीरको बारेमा कुरा गथ्र्यौ सधैजसो । म मोटाएकी छु तर तलाइ भेटन आउंदा दुब्लाएर आउछु बुझिस भन्थ्यौ हामी एक अर्कालाइ । हामी एक अर्कालाइ भेटन मन लागेको पनि धेरै नै भैसकेको थियो । कहिले के नमिल्ने कहिले के । उसकै समय मिल्यो आउनलाइ । केटी त आइ साउ ब्याज सबै लिएर । कति राम्रा नानीहरु आहा… देख्ने वित्तिकै बोक्न मन लाग्यो । आमाचाहिले हाम्रो बारेमा भनेपनि छोराछोरीले हामीलाइ देखेका थिएनन् । अलि हिचिकिचाए शुरुमा तर एकछिनमै घुलमिल भए हामीसंग । उनिहरुलाइ मेरा नानीहरुसंग चिनजान गराएर खेल्न पठा288176-woman-in-mirrorएपछि मात्र बल्ल आमा आमाको कुरा गर्ने पालो आयो । एकछिन हामी एक अर्कासंग हार्दिकता साटासाट गर्न ब्यस्त भयौं धेरै समयपछि भेटेकाले । फेरी हाम्रो छुचो मुख किन त्यसै बस्न मान्थ्यो र । के हो नानी दुइ चार धार्नी जीउ हालीछौ त भनेको मैले रिसले आंखा तर्दै खाउलाझैं गरेर हेरी मलाइ । उ पनि के कम र मेरो बोली भुइमा खस्न नपाइ मलाइ पनि भुतुक्कै पारी के हो दशैलाइ पालेको खसीजस्तै सपि्रएकी छस नी भनेर । मैले पनि त्यसलाइ खाउलाजस्तै गरें । उ गललल हांसी म भने तलाइ पख्न म ठीक पार्छु भन्दै भान्सातिर पसें । धेरै पछि भेट भएका हामी दुबै एकैछिनमा मिल्यौ । फेरी कुरा भने त्यही ऐना नहेर्ने्र कुराकै थियो । उसले भन्दै गइ मैले ऐना हेर्न छोडेको धेरै भैसकेको थियो । एकदिन पसल जांदा एलिभेटरमा चढेको त त्यहा त चारैतिर ऐना रहेछ । हे फसाद कहां आइपुगेछु नी भन्दै हातले मुख छोपेर भागे म त बरु थकाइ लागेपनि सिढिनै चडछु भनेर भनी । मैले फेरी उसलाइ सहानुभती दिनु त कता हो कत झन नुनचुक लाएं थुक्क लाटी ऐनाले त तं जस्ती छस त्यस्तै देखायो नि किन त्यसलाइ गाली गर्छेस भनेर । मलाइ फेरी झम्टी केटीले धन्न कपालमा चाहि हात पुरयाइन ।

यो उमेरको ब्याख्या पनि मान्छेहरुले आफु उमेरको कुन समुहमा परेको छ त्यही अनुसार ब्याख्या गर्ने होला सायद । मेरा छोराछोरीलाइ तिमीहरु सानै छौ नी भन्यो भने मलाइ कुटन आउछन् के अरे भन्दै । उनिहरुलाइ कहिले ठुलो हुनु भएको छ । आफ भने अब सानु हुन पाएपनि हुन्थ्यो जस्तो लाग्छ । यो मान्छेको जात चाहि संतुस्टी मान्ने जात होइन कि जस्तो लाग्छ बेला बेला । ठुलालाइ सानु हुनु परेको छ र छंदा छंदा को आफनो उमेर घटाएर । अनि सानु काम गर्ने बेलामा मात्र सानु छु भन्छ अरु बेला कहा सानु छु भन्छ र ।

अंग्रेजी साहित्यकार सिल्भिया प्लयाथको ऐना भन्ने कविता केही समय अगाडी पढेकी थिएं मैले । उनले त्यहां ऐनाले जे देख्छ त्यही देखाइदिन्छ इमान्दारितापुर्वक तर हामीले त्यो सत्यलाइ आत्मसत गर्न सक्दैनौ भनेकी छन । त्यो कवितामा उनले यो पनि भनेकी छन कि हिजोसम्म ऐनामा मेरो हिजो देख्दा मलाइ आनन्द लागेर आउथ्यो आज त्यही ऐनामा मेरो आज देख्दा ममा चिन्ता बढेको भान हुन्छ । मैले पनि उनको कविताको बारेमा लेख्नु पर्ने भएकोले सायद हामी सत्यदेखि डराएर हो की वा ऐनामा देखिएको रुपले हामीलाइ हाम्रा स्वर्णीम दिनहरुको अन्त्य भएर हामी अर्कै उमेरका उकालामा खुइ काढदैे हामीले हाम्रो जिन्दगीको गाडीलाइ घिसार्नु पर्ने संकेत दिएर होला अथबा अशुरक्षीत र एक्लो महसुस हुने कल्पना गरेर पनि होला हामी ऐनाको दर्शन गर्न हिचकिचाउछौ । बास्तबमा ऐनासंग एउटा तस्बीरलाइ अर्को देखाउने क्षमता नै कहा हुन्छ र उ त जस्तो देख्छ त्यस्तै देखाउछ । सायद उमेरका रेखाहरु ऐनामा देखिन थालेपछि मान्छेले ऐना हेर्न विस्तारै कम गर्छ होला ।

संसारमा सत्य कुरा देखिने ठाउ भनेको एक मात्र होला “ऐना” तर एउटा उमेरले अर्का उमेरको यात्रामा निक्लदा त्यो किन हामीलाइ सधै बिझाउछ ? आफनो रुप हेर्न मन नलागेर हो त ?

magical-weave-mirror

तस्वीरहरू ईन्टरनेटमा सर्च गरेर राखिएका हुन् ।




Post a Comment

8 Comments:

Bimal Gautam said...

ओहो कस्तो अनौठो संयोग , आज सदाभन्दा ढिलो उठे सधैं बाथरूम नगएर बेद्रूम को एइना हेर्न पुगेछु कन्सिरी तातेर आयो फुलेको जुगा देखेर खौरेर फाल्न ब्लेड समाए ( छिमेको भाउजु ले दाइ लाइ भनेको सम्झे) ओठ माथि जुगा भएका मर्द हौ बाधा अघि .मर्द ले कहाँ जुगा फाल्ने ब्लेड फाले झस्स सम्झे देक त् कला जुगा द र पो मर्द मेरो सेतो जुगा नामर्द खौरिने निर्णय गरे . तुक को फुलेको कपाल हस्यो मलाइ के गर्छस भन्दै साला तलाई पनि सफाचट पर्छु मात्र के भनेको छाती को रौ खित्का छाडेर हास्यो मलाइ बिउ पल्छ्स भनेर भाउन्न छुटेर आयो खुट्टा सम्म का रौ को कुरा सुन्न सकिन ऐना बाट फर्किएर फेसबुक मा बसे बहिनि नम्रता को पिक्चर मा आखा पुगेछा सायद नया पिक्चर होला ब्ब्च प्रतिक्रिया लेखे "दिन ढलेछ" भनेर किनकि ब्ब्च देखे, दाई मेरो लेख हेर्नुस है नम्रता को भनाइ त्यहिँ बेला . हेरे ओहो बुढो हुन नमान्ने मेरो मन लाई ओखती धन्यवाद नम्रता ! क्या राहत दियौ सुडानी सरनार्थी लाई अमेरिका ले बाडेको पाउरोटी भन्दा मिठो धेरै दिन मुख मिथ्यौदै बाट मा हिड्ने सोडसी हेर्ने भए तथास्तु

Bimal Gautam said...

ओहो कस्तो अनौठो संयोग , आज सदाभन्दा ढिलो उठे सधैं बाथरूम नगएर बेद्रूम को एइना हेर्न पुगेछु कन्सिरी तातेर आयो फुलेको जुगा देखेर खौरेर फाल्न ब्लेड समाए ( छिमेको भाउजु ले दाइ लाइ भनेको सम्झे) ओठ माथि जुगा भएका मर्द हौ बढ अघि .मर्द ले कहाँ जुगा फाल्ने ब्लेड फाले झस्स सम्झे त्यति बेला दाइ का कला जुगा थिए हिजो आज त्यहिँ भाउजु हुतिहारा नामर्द भन्छिन साइक जुगा , कपाल फुलेकाछ्न मेरो सेतो जुगा नामर्द ??? खौरिने निर्णय गरे . टाउकाको फुलेको कपाल हास्यो मलाइ के गर्छस भन्दै साला तलाई पनि सफाचट पार्छु मात्र के भनेको छाती को रौ खित्का छाडेर हास्यो मलाइ बिउ पाल्छ्स भनेर???? भाउन्न छुटेर आयो अब यो भन्दा तल.... खुट्टा सम्म का रौ को कुरा सुन्न सकिन ऐना बाट फर्किएर फेसबुक मा बसे बहिनि नम्रता को पिक्चर मा आखा पुगेछ सायद नया पिक्चर होला ब्ब्च प्रतिक्रिया लेखे "दिन ढलेछ" भनेर किनकि ब्ब्च देखे, दाई मेरो लेख हेर्नुस है नम्रता को भनाइ त्यहिँ बेला . हेरे ओहो बुढो हुन नमान्ने मेरो मन लाई ओखती धन्यवाद नम्रता ! क्या राहत दियौ सुडानी सरनार्थी लाई अमेरिका ले बाडेको पाउरोटी भन्दा मिठो धेरै दिन मुख मिठ्याउदै बाट मा हिड्ने सोडसी हेर्ने भए तथास्तु

बेदनाथ पुलामी ( उमेश ) said...

नम्रता जी ... प्रसंगहरु साह्रै मिलाएर लेख्नु भएको रहेछ ...एउटा स्टाटस मात्र के पाउनु भएको थियो ... कुरा सबै फुरुरु फुरे ...है !

कहिले सन्तुष्ट हुन् नजान्ने मान्छे न हो , सानो हुदा ठुलो हुन् मन लाग्ने , उमेर गएर पाको हुदा सानो हुन् मन लाग्ने , कसै गर्दा नी नहुने , त्यस्तै हो !
अनि एना ले त जस्तो छ उस्तै मात्र त देखाउने हो नी , तर त्यो सत्य मा विश्वास गर्न नै सक्दैनौ हामि !
अनि तपाइँ ले भन्नु भए जस्तै एनामा कहाँ एउटा तस्बीरलाइ अर्को देखाउने क्षमता हुन्छ र ?

चूडामणि/मणि said...

अहिलेसम्म ऐना ठिकै लागेको छ | समयसंगै मिलाएर हेरुंला भन्ने छ | हेरु ऐनाका साइड इफेक्टहरू कस्ता हुँदारहेछन ?

Namrata said...

Thank you very much for reading me dear all. Hope, we won't be sad very much thinking about our upcoming age because age is the chain of the life which is universal and comes without knowing. And hope, we will be think good and do good, we have beautiful world around us.

नेपाल said...

तपाइको कथा पड्दा रमाइलो लाग्यो। पर्सतुति राम्रो छ।

गरिमा said...

ramailo sanga lekhnu hudo rahechha..kathakar jasto...
study garda samma bore lagene..tyesko matlab..lekh ramro chha..rochak chha..
Dhanyabad, tapai lai...
Namrata ji.

Anonymous said...

Namrataji!
Very well written!! Loved it.

Denver,CO

Post a Comment

कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

 
Hast for Allaclick