एक महिने ईन्टर्नशीप सकाएर काठमाण्डौ आउने क्रममा हवाइजहाजबाट आउने संयोग मिल्यो । संयोग पनि कस्तो, अरूले टिकट काटेर क्यान्सिल गरेको टिकट पाइयो चौध सयमा । चौबीस सय पर्ने टिकट चौधैमा मिलेपछि के गाडि चढिर’नु त ! फेरि वर्खाको बेला, एक ठाउँमा फ्यास्स पहिरो गइदियो भने ‘काँचो चामल पनि प्याक छ’ भनिदिन्छन् नजिकका होटलमा र एक गेडो पनि खान पाइँदैन । चाउचाउ पचास रूपैयाँ प्याकेट पुग्छ, अनि दस रूपैयाँको बिस्कुट चालिस । यस्तै सोचेर आउने भइयो प्लेनमै ।
साथी अमोलको पुराना फोटो फ्रेमहरू ल्याउनु रै’छ । उसको झोलामा राख्ने ठाउँ पुगेन र मेरो ल्यापटप राखेको ब्यागमा राखिदिएँ मैले । बोर्डिङ् पास पाएर प्लेन कुर्न भित्रपट्टि छिर्ने ठाउँमा हुने चेकिङ्मा बसेको पुलिसले छामछामछुमछुम पारेर झोला खोल्न भन्यो । खोलिदिएँ ।![]()
“झोलामा त सिसा रै’छ भाइ । लान पाइँदैन त हौ सिसा त !” पुलिसले भन्यो ।
“घरबाट ल्याउनु भनिहाले, यसो मिलाइदिनु न, विद्यार्थी मान्छे परियो ।“ भनेँ मैले ।
“मिलाउनु भन्नुहुन्छ, लान पाइँदैन ।“ फेरि भन्यो ।
“मिलाइदिनुन ।“ फेरि विन्ति गरेँ मैले ।
“अब भाइ मिलाउनु भन्नुहुन्छ, यसो भित्र क्यान्टिनमा गएर दाजुभाइ चिसौ खाऊँ न त ।“ यत्रोबेर पाइँदैन भनेको त यति भन्न नसकेर पो रै’छ ।
“ए......भईहाल्छ नि दाइ, बाहिर साथीहरू छन् बोलाउँ न त, अनि सँगै जाम्ला ।“ छिटो काम गर्ने विचार गरेँ मैले ।
उसले बाहिर भा’का मेरो दुईजना साथीलाई बोलायो र चिसो खाने हतारले उनीहरूको झोला पनि नहेरि ढ्याक्क छाप लाइदियो । भित्र क्यान्टिनमा लगेर एउटा पेप्सी किनिदिएँ अनि लौ त भाइ लागेँ भनेर हिँड्यो ।
हुन त हामीले गलत प्रयोजनको लागि बोकेको थिएन, र थाहा पनि थिएन प्लेनबाट सिसा लान पाइँदैन भनेर । यदि गलत नियतले त्यो बोकेको भए शायद त्यहि सिसाले हानेर अथवा हान्ने धम्की दिएर प्लेन हाईज्याक पनि गर्न सकिन्थ्यो । एउटा चिसोको लोभले साँच्चै ठूलो दुर्घटना निम्तिन सक्थ्यो गलत मान्छे परेको भए । अनि मेरो साथीको झोला त उसले छुँदै छोएन चिसो खानको हतारले, त्यसमा त जे हालेको भएपनि सरक्कै आइपुग्थ्यो भनेकै ठाउँमा ।
अनि प्लेनमा चढेपछि मैले सोचेँ, एकपटक चार्ल्स शोभराजले नेपालको एयरपोर्ट र भन्सारबाट हात्ती छिराइदिन्छु भन्थ्यो रे !! असम्भव होइन रहेछ । चिसोमा बिक्नेले अलि ठूलै प्रलोभन देखाए कसो माल पास नगराइदेलान !!
Post a Comment

11 Comments:
चिसोमा बिक्नेले अलि ठूलै प्रलोभन देखाए कसो माल पास नगराइदेलान
Really True
नेपाल हो सर यो येहा बरिस्ट भनिने नेतादेखि साना साना दर्जामा काम गर्ने सबै सरकारि नोकरको येस्तै छ हाल। जे गरेनि हुन्छ नेपालमा । यिनि हरुलाइ देषको भन्दा आफ्नो एक्छिन् को स्वार्थ को चिन्ता हुन्छ।
बिग्रेकै यहि भएर छ अशेष जी हाम्रो देश ! नेतालाई गाली गर्नु कति २ करोड ठिक भए २ हजार ठिक हुन कर लाग्दैन र ?
राम्रो प्रस्तुति !
यस्तै भन्सुन र एउटा पेप्सी मा बिक्ने कर्मचारीले गर्दा हाम्रो देश र समाज कहीले नी सप्रिन नसकेको।
Our culture....haha
:)
वास्तविकता यस्तै छ। एउटा चिसोमा बिक्ने प्रहरीका बारेमा थप के नै भन्न सकिन्छ र! हाम्रो 'सिस्टम' को हविगत दर्शाउन यस्तै सानातिना उदाहरण काफी छन्।
सायद सरकारि कर्मचारिलाई येसरि पेप्सि खान दियेर हामिले पो गल्ति गरेका छौ कि ?? नेपालि भयेर सोच्न जरुरि छ।
एउटा पेप्सीको क्यानमा विक्ने पनि सुरक्षा जाच बुझमा बसेको छ , त्यस्ता ले कुनै दिन कुनै दुर्घटना ननिम्त्याउलान भन्न सकिन्न !
पेप्सी एकान पेप्सी !
पेप्सी दुना दुइटा पेप्सी !
...............
...............
पेप्सी ....एक क्रेट पेप्सी !
अलि ठूलो- ठूलो सामान पास गर्नु पर्यो भने कति खर्च लाग्दो रहेछ भनेर हिसाब गरेको नि !:)
त्यसमा मिलेन भने
वियर एकान वियर !
वियर दुनी दुईटा वियर !
..... .... ....
गरे त जे पनि पास हुन्छ होला है !
गतिलो झापड हान्नुभो प्रवेश दाईले । पढ्न मज्जा लाग्यो ।
chiso ta ali badi paisako yeha ko polish haru chiya maa ni bik6n pabesh babu..........j hos padna majja lagyo
Post a Comment
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!