Friday, August 27, 2010

सडकजाम एण्ड माई फिलिङ्स.....

‘देशै जाम भै’रा बेला सडक जाम भो भनेर धेरै पीर गर्नु हुँदैन । आजकाल देश बिग्रियो, महङ्गी बढ्यो , दण्डहिनता हाबी भो अनि सडक जाम भो भनेर पीर गर्ने र तर्क दिने सवैजना ‘बुझक्कड भई टोपलेका’ ठहर्छन् । आफै पनि आफुलाई यस्तो भनिएको रूचाईदैन । अरूलाई भन्न चैँ धेरै मज्जा आउँछ । तर यो वानी राम्रो होईन । सवैले सवैलाई आदर र सम्मान गर्न सिक्नु पर्छ । मान्छे भएर जन्मेपछि.................’.यस्तो भाषण दिन मलाई रमाईलो लाग्दैन । आशा छ अरूलाई पनि सुन्न मन लाग्दैन होला । त्यै भएर बरू एउटा कथा भन्छु । एउटा ट्रयाजिक लभ स्टोरी सडक जामको.....ठ्याम्मै मलाई नै परेको ।

शिर्षक: सडकजाम एण्ड माई फिलिङ्स
विधा: सम्झना विर्सना
लेखक: अशेष पौडेल

अस्ति एकदिन भोलिपल्टका पत्र पत्रिकामा खवरै छापिने गरि बानेश्वर-कोटश्वर-बालकुमारी एरियामा सडक जाम भयो । म खवर पढ्ने भाग्यमानि मात्रै रहिन । अघिल्लो दिन बबरमहलबाट बालकुमारी पुग्न अढाई घण्टा टेम्पोमा एल.पी ग्यास सुँगेरै सवार हुने निम्सरो प्राणी बन्ने पनि सौभाग्य पाएँ । ‘हुन त आफु अलि अल्छी भएर पनि हो । हिडे देखि १ घण्टामा पुगिने बाटोमा जाम भएको थाहा पाएपछि लुरूक्क ओर्लेर जुत्ता फड्काउदै बाटो नलागेर......।‘ बाहिर मुसलधारे पानी नपर्देको भए यसै भन्न नि सुहाउथ्यो । तर परिहाल्यो...मैले केहि गर्न सकिन । त्यसै त्यसै वाक्क लागिरहेको थियो । यो अस्तव्यस्त चाल देखेर रीस नउठेको नि हैन । तर कोसँग रिसाउने भनेर मनमनै हाँस उठ्यो । रिसाएको वेला मनमनै हाँस उठ्यो भने अनुहार कस्तो देखिन्छ थाहा छैन । मसँग ऐना पनि थिएन ।

घस्रिदै घस्रिदै बानेश्वर पुगेपछि एउटा सानो समुह चढ्यो टेम्पोमा, ४ जना कलिला महिला सम्मिलित । चारै जना भर्खर १८-१९ वर्षका जस्ता देखिन्थे । त्यसमध्ये एउटी लामो कपाल गरेकि थिईन् मेरो छेवैमा वस्ने । म सवैभन्दा छेउमा वसेको थिएँ । वाहिर जाम अनि दर्के झरी.....उनको कपाल अलिअलि भिजेको थियो । वेला वेला मेरो घाँटीसम्म आईपुग्थ्यो । म सिरिङ्ग हुन्थेँ चिसोले । “हामी त हाँस्दा हाँस्दा है..”......यहाँबाट समुहको गफ सुरू भयो । अगाडिको कुरो मैले सुन्न पाईन । “अनि तैँले आन्टीलाई के भनेर ढाँटिस् त”?मसँगै वसेकी केटीले अर्कापट्टी वसेकि तिर हेरेर सोधिन् । कलेजको रिपोर्ट वनाउनु छ , आज वैंकतिर गएर डाटा कलेक्ट गर्नु पर्छ भनेर आएँ नि । मलाई त डर लागेर........त्यसमाथि आजै हुनुपर्ने यो जाम पनि । पक्कै शङ्का गर्छन् घरमा वुझिस्? ह्या छोड्दे । खाली डराएर मात्र के गर्नु । काम सकेर फर्कदा जाममा पर्यो भन्ने नि । जाम भकै हो क्यार । यस्तै ताल हो भने पछि लभ परेर डेटिङ जानु पर्यो भने नि के भन्छेस् होला तैँले...हरे शिव!! कि मम्मीलाई पनि डेटिङ जान्छु है भनेर हिँड्छेस् ??हि हि हि हि......चारै जना मज्जाले हाँसे । बाँकि अपरिचित ९ जना मुर्ति भएर बसेका थिए जसमा म पनि सम्मिलित थिएँ । चिने जानेको भए म पनि सँगसँगै हाँस्थेँ होला । मान्छे नचिनेपछि हाँसोपनि उठ्दैन ।

जामले अनि पानीले आ-आफ्नो धर्म छोड्न मानेका थिएनन् । वाहिर चियाएको भर्खर तिनकुने वाग्मतीको पुलमा पुगिएछ । अध्यारो हुन थालिसकेको थियो । मसँगै बसेकी लामो कपाल भएकी केटी बोल्न छोडेकै थिईनन् । विस्तारै मैले थाहा पाउँदै गएँ उनीसँग एउटा अनौठो खुवी रहेछ । मुखै बन्द गर्न नसक्ने खूवी!!! मलाई वाक्क लाग्न थालिसकेको थियो । भोक र थकानले त्यसै जीउ लखतरान भएको बेला तातो न छारोको कुरा सुन्न पाउँदा मज्जाले रिस उठ्दो रैछ । मनमनै मुरमुरिए पनि किम-कर्तव्यविमुड थिएँ । उनका कुरा सुन्न वाध्य थिएँ चाहे नि नचाहे नि । त्यो तेरो पर्पल कलरको स्कर्ट चैँ दाम्मी छ के....वल्ल वल्ल एटिन हन्ड्रेडमा दियो है । आखिर वार्गेनिङ गरेको कल्ले? भो भो फुर्ति नलगा । हामी सवैले नि भनेको हो । कत्ति न उसैलाई हेरेर सित्तैमा दिए जस्तो । ओई यो त रिसाई छे कि क्या हो ? कुना तिर वसेकि वोलिन् । छ्या..... यतिजावो कुरामा नि के रिसाकी त । छैन हौ....के रिसाउनु र । यसले के गर्दी रैछे भनेर यसो पोज देको पो । विचरीको अनुहार हेर न । रातो पिरो भईसक्यो । नकराओ तिमीहरू....... हा हा हा हा........फेरि चारै जना मज्जाले हाँसे । वाँकि ९ जना अगि जस्तै मुर्ति भएर बसिरहे ।

तिमेर्लाई थाहा छ म क्या लक्की के अस्ती । मामुसँग सिटी सेन्टमा सपिङ गा....हामीलाई त दुईवटा विग सिनेमाको टिकेट फ्रिमा दि’राके त्यो पसले दाईले । मामु र मैले मस्त मुभी हेरेर आको नि । कसरी टिकट पाएको भन्ने अर्कै कथा रहेछ । त्यो चैँ मैले सुनिन । वाहिरको दर्कै झरीमा एउटी नाङ्लो पसल गर्ने महिला निथ्रुक्क भिजेर कामिरहेकी थिईन् । म तिनैलाई हेरिरहन पुगेछू एकछिन । त्यसपछि फेरि त्यहि गफ.....आवुई नत्र भने यतिवेलासम्म कुनचैँले टिपेर टाप दिसक्थ्यो होला धन्न पछि सम्झेछु ओ गड...... मेरो त सातोपुत्लै उड्यो नि एकछिन । थरर्र कामेको त्यहीँको पसलेले पनि देख्यो । त्यतिवेला त के मतलव पछि त क्या लाज भैरा के । ट्वान्टी फाईभ थाउजेन्डको ग्याजेट हराउँदा मेरो के हालत हुन्थ्यो होला । आई कान्ट ईभन ईमाजिन....माई गड.....। फिल्म सित्तैमा हेर्ने हुँदा यस्तो हालत भयो । हराकै भए नि किन चिन्ता मान्छेस् । पर कुनामा वसेकी अर्कीको पनि वोली फुट्यो । तँ यति धेरै वोल्छेस् पसले नि वाक्क भएर वरू यसलाई झेल्नुभन्दा अर्को सित्तैमा दिएर पठाईदिन्छु भनिहाल्ला नि हैन? त्यै त वोलेरै मिल्ने भए त म तलाईँ एउटा व्वाईप्रेण्ड नै मिलाईदिसक्थेँ । सोच त वाह वाह वाह.......हा हा हा हा..........हरे फेरि पनि चारै जना हाँसे । म भने खुईया गर्दै चुपचाप वसिनैरहेको थिएँ । बाहिर पुरै अन्धकारै भै’सक्यो । विस्तारै उनको कुरो अलि अलि गर्दै रमाईलो लाग्न थालिसकेको थियो मलाई । आss जसरी भए नि बाटै कटाउनु न हो । उनी बोल्न छाडेकी थिईनन्........।

हो नि त । एकदुई दिन पो टोलरेट गर्न सकिन्छ । एभ्रिडे द सेम थिङ । जहाँ भेटेनि त्यै कुरा सोधेको छ,सोधेको छ । कस्सेर झाप्पु लाउन नपुगेको त्यसलाई । हाउ क्यान हि ईमाजिन ड्याट आई लभ हिम्? आई जष्ट कान्ट अन्डस्ट्याण्ड... कोही केटै नदेख्या जस्तो मैले । अस्ती एकदिन त राती ११ वजे फोन गरिरा भन्या । त्यो नि कुनचैँ नचिनेको ल्यान्ड लाईनवाट । म त दाईले यु.एस वाट होला भनेर उठाको त्यही पो रै’छ फेरि । मज्जाले झपार्देको थिएँ त्यसपछि कल गरेको छैन भेट नि भा छैन । कस्तो कस्तो मान्छे हुन्छन् यो संसारमा भगवान्!! एकदिन के वोल्देको थेँ कहाँसम्म सोच्न भ्याको त । दिज व्वाईज आर क्रेजी.....
लौ बल्ल कोटेश्वर आईपुग्यो । ल म झरेँ है । आफ्नो त घर आईहाल्यो । गफ हान्दा हान्दा टाईम गको नि थाहै पो भएनछ । ल बाई । मेरो भाडा नि तिमर्ले नै तिरिद्यौ है । मसँग चेन्ज छैन । ल ल जा । एउटी टेम्पोबाट ओर्लिईन् । सातदोबाटोतिर टेम्पो मोडिएपछि अरू दुईवटी पनि सँगै ओर्लिए । समुहका मध्ये अव मेरो छेवैमा वस्ने एकजना मात्रै रहिन् । बाटो अझै पनि ठप्पै थियो । घडि हेरेको साढे सात बजीसकेछ । पानी पर्न रोकिए पनि बाटो पुरै हिलाम्य थियो । उनी अव पुरै चुप थिईन् । गफ गर्ने कोही पनि थिएनन् । घर कतिबेला पुगिएला भन्ने त्रास वल्ल पलाउन थालेछ क्यार मनमा । मैले अनुहार हेरेरै पत्ता लगाई हालेँ ।

साँच्चै तपाईँ त कति धेरै बोल्नुहुँदो रै’छ है ? प्वाक्क सोधी हालेछु । उनी फिस्स हाँसिन् मात्र । केहि बोलिनन् । मैले धेरै सुन्दर देखेँ यतिवेला उनलाई । सायद नवोल्दा नै राम्री.... अघि भन्दा पनि धेरै राम्री !! अनि तपाईँ कहाँ झर्ने नि? एकछिनपछि अकास्मात वोली फुट्यो उनको । म बालकुमारीमा ओर्लन्छु..झर्न चाहिँ उही तपाईँले ठेल्नु भयो भने मात्र......। दुवैजना हाँस्यौँ । चिनजान भएपछि मात्र हाँसो उठ्नेरैछ......कस्तो अचम्म!!! यस्तै यस्तै कुरा हुँदैथ्यो । आफ्नो मनले के के के के सोच्न थालिसकेछ, ड्राईभरले ‘वालकुमारी झरौँ है’ भन्दा झल्यास्स भएँ । यो जाम अलि लामै भै’देको भए नि त हुन्थ्यो । मन नलागी नलागी म टेम्पोबाट ओर्ले ।‘जान्छु है’ सम्म चैँ भन्न भ्याँए तर त्यसपछि उनले के भनिन् सम्झना भएन । ओर्लेर सरासर बाटो लागेँ । उता ग्वार्को सम्मै ठप्प थियो सडक । गाडीको लाईन परैसम्म देख्न सकिन्थ्यो । उनी टेम्पोमै थिईन् । कहाँ पुग्नुपर्ने, कतिबेला पुगिन्, कसरी पुगिन् मैले थाहा पाउने कुरो भएन, सोध्न नि सकिन । घर पुग्दा त मुसुमुसु हाँसिरहेको रहेछु । ‘सन्तान थरिथरिका’ भन्ने उखान याद आयो मनमा । खुसी हुन मान्छेलाई केहि नचाहिने रै’छ । एउटी नचिनेकी केटीले अर्कैसँग गरेको गफ सुनेर म किन खुसी भएँ थाहा छैन । अर्थ न वर्थ । हैन पछि मसँग गरेको गफले पो खुसी भा’को हुँ कि ? यो कुरामा अझ बढी खोज र अनुशन्धानको खाँचो छ । खै के खै के भन्नुजस्तो.....हुनत सोची ल्याउँदा दु:खी हुन नि मान्छेलाई केही कारण चाहिदैन । विना कारण त्यसै-त्यसै पनि झोक्राएर बसिन्छ कहिलेकाहिँ । किनभने यो मान्छेको मन हो । अनि त्यसपछि आजसम्म कहिल्यै भेट भएको छैन हाम्रो ।

कथा यत्ति हो । अनि यौटा कुरा चैँ भन्नै मन लाग्यो लाष्टाँ । नेपालमा सडक जाम हुन नदिन ट्राफिक व्यवस्थापनलाई अझ सुध्रिढ वनाउँदै लानु एकदमै जरूरी छ । नत्र भने जो कसैको पनि मेरो जस्तै ‘स्याड लभ स्टोरी’ वन्ने सम्भावना एकदमै उच्च छ ।



Post a Comment

15 Comments:

Dhruba Panthi said...

म बालकुमारीमा ओर्लन्छु..झर्न चाहिँ उही तपाईँले ठेल्नु भयो भने मात्र......।

गज्जबको सम्झना बिर्सना! मलाई त डाहा पो लाग्यो त, त्यो यात्रा अनि अशेषजीको कथा पस्कने शैली दुवैप्रति :)

RRijal said...

हा हा हा .. गजब रमाईलो लाग्यो । त्यो हाँसो को चाहिँ खोजीनिती गर्नुस है !

मेचीनगर अनलाइन said...

राम्रो अनुभूति संगाल्नु भएछ जाम र झरीले गर्दा ....तर त्यो खोजको गुह्य कुरा चै अनुसन्धान पछि अवस्य ल्याउनुनै हुने छ भन्ने आश पो लागेको छ त .....................

मिशुला said...

यस्तो लभ त कति कति जनाको हुन्छ नि त्यै त हो हामि केटि मनको कुरा सुरुमै भन्न नस्कने, केटाले सुरु गरिदिय जस्तो हुन्छ बस स्टप आउछ । अनि मन मा ऊहि कुरो रिपिट हुन्छ : sad love story

HARI said...

Love story is nice and another thing is very nice that you got the opportunity to listen the girls chit chat infront of you ,by the way you forget your tiredness and hunger and the traffic jam due to the girls .Any way you don't fall in love and you reach home by laughing your face ,that mean people forget their everything when they fall in love HAHAAHHAHHHHHHHHHHHHH

Dilip Acharya said...

'सत्य कथा' हो कि 'सत्य घटनामा आधारित' हो तर जे भए पनि रमाइलो रहेछ। पढ्दै जाँदा बने जाम अलि बेर बढी भा'भे हुने रहेछ जस्तो लाग्यो :)

sandesh said...

sathi Ashesh..malai ta tarif garnako lagi nai sabdako abhav bhayo...yo katha lai lambauna milacha bhane, sathi dilip le bhane jastai, aajai padhna maja aautheo.

Ekendra said...

This is too much with our country. Daily the same thing, ... the more we talk the more frustration it generates

वेदनाथ पुलामी (उमेश ) said...

लौ म पनि पो पढी सके पछी ...हासी'रा रहेछु !
"म बालकुमारीमा ओर्लन्छु..झर्न चाहिँ उही तपाईँले ठेल्नु भयो भने मात्र......।" (यसो सोचेको त ...यो लाइन सम्झेर पो रहेछु !)

यो खालको स्याड लभ स्टोरी ... त कति कति ! मिसुला जी ले भन्नु भए जस्तै !
लेखाइ दामी लाग्यो अशेस जी !

Aakar said...

तपाई को र मेरो फिलिङ सेम नै रहेछ !!! :D

Paresh said...

ओहो, एउटा जामले लेखकलाई गज्जबको कथा लेख्न प्रेरित गरेछ । अर्काे जामले पनि यस्तै कथा लेख्न थिम प्रदान गरेको छ कि विचार गर्नुस् है अशेषजी ।

badri said...

lekh yekdamai raamro laagyo...

Chaitanya said...

लौ है अशेषजी, बिघ्नै हुन लागेको रहेछ | भगवानले जाम छोट्याईदिएछन कसो | नत्र यहाँले ब्लगमा लेख्नलाई समय कहाँ उब्रंथ्यो होला ! बडो रमाइलो घटनाबर्णन !

Jotare Dhaiba said...

Very interesting Ashesh Jee.

baramrita said...

Haina kasari aaucha yesto idea haru vanya!lekh nikei ramro lagyo sabai vanda malai manis ko jeevan ko sanatina pato haru lai sametdei desh ko gamvir issue uthaune sailee le pravav paryo

Post a Comment

कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

 
Hast for Allaclick