म गणतन्त्र बिरोधी होइन। मेरो यो लेख पढेर मलाई गण्तन्त्र बिरोधि भन्ने भान हुन सक्छ तर म गणतन्त्र विरोधी भने होइन। दोश्रो जनआन्दोलन पछी नेपालमा पुर्व राजा ज्ञानेन्द्रलाई पदच्युत गरी नेपालमा राष्ट्रपतिय शासनको सुरुवात गरियो र प्रधानमन्त्रीलाई कार्यअधिकार दिइयो। त्यसपछी नेपाल गणतान्त्रिक मुलुकको रुपमा स्थापित गरियो र अहिले आएर संघिय लोकतान्त्रिक गणतान्त्रिक मुलुक हुन पुगेको छ। नेपाललाई गणतान्त्रिक मुलुकको रुपमा घोषणा गर्ने क्रममा थुप्रै नाटक भए। उबेलामा नेपालका कतिपय ठाउँबाट राज भन्ने शब्द हटाइयो। अझ नेपालका पहिलेका राजाका सालीक तोडफोड गरियो। हामीले साना बेलामा पढ्दै आएका राष्ट्रपिता पृथ्वी नारायण शाहलाई पनि सामन्ती भनियो। उनी सामन्ती थिए, ठिकै हो तर के उनलाई राष्ट्रपिताको हैसियतबाट हटाएर पृथ्वी जयन्तीनै मनाउन नहुने अवस्था पार्न जरुरत थियो? के यो ठीक भयो त? के सोचले उनलाई यस्तो गरियो? पुर्व राजा विरेन्द्रको देहवसान हुँदा सिङगो नेपाल रोएको थियो? आखिर किन रोएको जब उसलाई नै लत्याउनु थियो भने ति झुठा आँसु बगाउन के जरुरत? कसैसँग यसको उत्तर छ? नेपालमा सबभन्दा ठुला सामन्ती राजा नै थिए। यो सही हो र ज्ञानेन्द्रलाई पदच्युत गरेको पनि सही थियो। तर पृथ्वी नारायण शाहलाई त्यसो गर्दा एकचोटी सोच्नुपर्ने जस्तो लाग्छ। त्योबेलाको अवस्था हेर्दा देशको एकीकरण गर्ने बाहेक कुनै पनि उपाय थिएन उनिसँग। मानिसले समय अनुसार चल्न सक्नुपर्छ। जुन बेला जस्तो व्यवहारको खाँचो पर्छ त्यस्तै गर्नु बुद्धिमानी हो। त्योबेला देशमा सामन्तिको खाँचो थियो, एकतन्त्रिय शासनको खाँचो थियो र यही अवस्थालाई चिनेर उनी बने पनि। यो उनको दुरदर्सिता थियो। तर उनलाई यसरी बेइज्जत गर्नु चाँही निको मान्दिन म।
जंग बहादुर राणाले कुटनितिक कौशलताले बाँके, बर्दिया, कैलाली र कंचनपुर फर्काए। उनी पनि निरन्कुश थिए, सामन्ती थिए तर उनले ति क्षेत्र फिर्ता ल्याउनु नराम्रो भन्न मिल्दैन। प्रिथ्वी नारायण शाहले त्यो बेला बाइसे र चौबिसे राज्यलाई एक नबनाएका भए अहिले हामी कसैको गुलामी गर्दै भाडा माझेर बस्नुपर्ने थियो। यथार्थ यही नै हो। देशको सार्वभौमसत्ता बचाइ हाम्रो स्वाभिमान जोगाउनेको आज यो गती? आखिर किन? उनले नगरेका भए के हुन्थ्यो? प्रश्न सोध्न मन लागेको छ गणतन्त्र स्थापित गर्नेसँग जो सत्तालोलुपता र अधिनायकवादको खाल ओढेर आफुलाई चोखो भन्दै हिँडिरहेका छन्। जसमा नैतीकता रत्तिभरपनी बाँकी छैन।
नेपालमा अब हिटलरजस्तै निरन्कुश शासकको जरुरत परेको छ। जनताले जहिले जनआन्दोलन गरे, फल्स्वरुप धोकानै पाइरहेका छन् चाहे त्यो ४६ सालको होस् या ६१ सालको। जहिले परिवर्तन चाहे, उन्नती चाहे, अवन्नतीनै पाए। जुन बेला देशमा संकट पर्छ, त्यतिखेर निरन्कुशताको जरुरत पर्छ। नत्र देश आन्तरिक द्वन्दमा फसेर तहसनहस हुन्छ या अरुको मातहतमा बस्नुपर्ने हुन्छ। अरुका राम्रा कामलाई सरहानिय गर्नुपर्छ र उनिहरुको इज्जत, आदर गर्नुपर्छ। यदी कसैले गर्दैन भने उसको पनि पालो आउँछ र उ पनि अवहेलनाको पात्र हुन्छ। ईतिहाँसले सबैलाई हेर्छ। जीवनमा राम्रो गरेर देखाउने अमर हुन्छ। भालुलाई पुराण सुनाए बरावर हुन्छ यस्ता कुरा। कुरो गरे कुरैको दु:ख! तर जे भएपनी एकचोटी सबैले सोच्न चाँही पर्लाजस्तो लाग्छ मलाई!!
- सुदीप बहादुर खड्का
Post a Comment

2 Comments:
khadka ji tapaile sahi kura garnu vayo tara ahilay yo kura kasle sunchha ra malai pani lagchhha hami nepali ko buddnai harai sakyo k garna hunchha k garna hunna vanera jandainau malai ta jagchha prithivi narayan shaha le pani galti nai garekai hun ki kina ki unle yakikeran nagreko vaya hami india wa chinako hunthiyu hola ahilayko nepali vannu vanda ta ahilay ko duniyama tahalka machauna lageko india wa china ho huda nai badi garba hunthiyo hola ne ki kaso ta
Bichar ta thik ho, prithivi naryan saha ko chia let's not say uhale yekikaran gareko rajya bistar garera yeuta thulo desh chai banako ho ra tyai bistar le garad ahiel samma haami NEPALI bahenra biswa ma chineka chau
yeah right now with out dictectorship desh chai bikash na hune bhai sakeko cha no one had onctrol over nothing :)
Post a Comment
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!