“खाना खायौ ?”
“खाएँ !”
“के के खायौ ?”
“अँ……भात, अनि तरकारी, अचार, अलिकति घ्यु पनि”
“ओहो !! घ्यु पनि खा’को आज ?”
“खाइदेको नि !! मोट्टाउनु परो नि अलिअलि !”
“के को तरकारी खायौँ ?”
“काउली अनि साग !”
“मलाई त काउली कस्तो मिठो लाग्छ । साग चैँ रायोको मात्रै मनपर्छ । अरू चैँ खासै मनपर्दैन ।”
“तोरीको साग पनि मनपर्दैन ?”
“ठिकै लाग्छ !”
“मलाई त एकदमै मिठो लाग्छ ।”
“त्यसोभए आजदेखि मलाई पनि मिठो लाग्न थालो तोरीको साग ।”
(मायाले भरिएकोजस्तो हाँसौ दुईतिरैबाट ;कति छिटो इच्छा फेर्छ मायाले ।
“अनि सुन न । त्यो ****ले त मलाई अस्ति कस्तो जिस्कायो नि बाटोमा ।”
“अब गयो त्यो । ** ! मेरी बुढि जिस्काउने ?”
“भईहालो नि त । छोड्देऊ । कहिलेकाहिँ त्यस्तै भईहाल्छ नि । झगडा चैँ नगर है प्लीज !”
'” ल ल । एकपटक चैँ सम्झाईहेर्छु नि त ।”
“पर्दैन भन्छु झन् । अबदेखि कहिल्यै भन्दिनँ त्यसोभए यस्तो कुरा !”
“लु त लु केहि भन्दिनँ । अब खुसी ?”
“अँ………….”
(कति छिट्टै आवेशमा ल्याइदिन्छ, कति छिट्टै शान्ति पनि पारिदिन्छ मायाले )
“मैले आज कुस्तो खालको ईयर रिङ् लगाको थिएँ भन त ।”
“अँ………………खैरो..झुम्कावाला ।”
“जे पायो त्यहि । मेरो केहि कुरा विचार गर्दैनौ तिमी त !”
“त्यसो होइन, हिजोको कि आजको हो झुक्किएछु नि त । के लाकि थियौ भन्देऊ न त ।”
“त्यो कालो टप होइन ?”
“ए….हो त !! कस्तो बिर्सेको मैले ।”
“देखेऊ !! म भन्छु नि तिमी मेरो केहि कुराको विचार गर्दैनौ भनेर ।”
“सरी नि त…भईहालो नि !!! अबदेखि सबै कुरा विचार गर्छु नि…हस् ?”
“हस्…...म मख्ख परेँ ।”
(कति छिटो झगडा र कति छिटो मिलान पारिदिन्छ मायाले )
“तिमीले मलाई बिर्सिन्छौ होला तर पछि….”
“त्यस्तो गर्छु होलाजस्तो लाग्छ ?”
“त्यो त लाग्दैन…त्यहि पनि नि **को जात् !”
“अझै पनि शंका गर्छौ मलाई ?”
“अलिअलि लागेर पो सोधेको त !”
“अबदेखि पुरै हटाइदेऊ न त….म सधैँ हुन्छु नि तिम्रो लागि । हस् ?”
“हस् ! …..” (मिठ्ठो हाँसोको साथ )
(कति छिट्टै शंका अनि कति छिट्टै निवारण पनि खोजिदिन्छ मायाले )
टिँट् टिँट् गर्न थालो मोबाइल फोन ! अघि भर्खर हालेको सय रूपैयाँ सकिन लागेछ ।
साँच्चै यो माया भन्ने चिजै यस्तै हो….
बिहे गरेपछि माया भन्ने चिज कस्तो हुन्छ होला ?? मलाई त यस्तै नै हुन्छ होलाजस्तो लाग्छ । आफूले नगरेको भएर पो हो कि !!!
तस्वीर स्रोत : यहाँ छ
Post a Comment

9 Comments:
यस्तै नै हुन्छ .. हेहे :D
ख ब्या अरेसी के हुन्छ नथा'छ :D
हा हा हा .. शुरुशुरुमा त यस्तै नै हो .. तर अलि पछि माथिको काल्पनिक संवादमा केही हेरफेर गर्नु पर्ने हुन् सक्छ । फोनको बिलका बिषयमा चाहि तलमाथि हुदैन क्या रे ।
hahaha...nikai nai ramailo sambad...
ha ha ha...nikai ramailo lagyo yo padhera......author jhi le afnai experience lekhnu bhaye jasto lagyo malai ta...ki kaso????
"बिहे गरेपछि माया भन्ने चिज कस्तो हुन्छ होला ??"
प्रवेश जी अहिले देखि नै यति धेरै नसोचौ कि ? के हो निकै कुति कुती लागे जस्तो छ नि, क्या हो ?
कृष्ण जी लाइ थाहा रहेजस्तो छ ! म पनि सहमत भए है !
अनि अर्को रिचार्ज कार्ड चैँ कै'ले हाल्ने ?? पुरै कुरै पढ्न पाइएन !!! :)
यो माया भन्ने चिजै यस्तै हो , बाँकि हुरा कृष्णपक्ष जि संग सहमत,
लौ, यो माया भन्ने चिजको जय होस्!!
Post a Comment
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!