Sunday, December 12, 2010

गजल (प्रिय...)

तस्वीर स्रोत : यहाँ छ

सपनामा घरिघरि आईरन्छौ किन प्रिय
आधारातमा यति टाढा धाईरन्छौ किन प्रिय

आसैआसमा हिजो बितो,आज,भोलि त्यस्तै होला
झूटो आश्वासनको खेती लाइरन्छौ किन प्रिय

संसार सारा बिर्सिएरै हाम्रो घर बनाउँ भन्छु
वियोगको गीत  तिमी गाईरन्छौ किन प्रिय

विपनामै साथ हुँदै दु:ख सुख बाँड्ने मन छ
मलाई पन्छाउने बाटो पाईरन्छौ किन प्रिय


सपनामा घरिघरि आईरन्छौ किन प्रिय
आधारातमा यति टाढा धाईरन्छौ किन प्रिय




Post a Comment

1 Comments:

सूर्य/सिकारु said...

सुन्दर भावमा कोरीएको प्रेममय गजल राम्रो लाग्यो ।

Post a Comment

कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

 
Hast for Allaclick