
Friday, January 22, 2010
केदारजी हरवखत टोलाईरहनु हुन्छ..

Tuesday, January 12, 2010
‘आल इज वेल’

Friday, January 08, 2010
अलविदा विष्णुलाल.....
कहिले कहिले त नाकवाट अक्सिजन पनि भित्र छिर्न नपाएर अलमलिदो हो है? आजकाल यस्तो लाग्छ साँझ परेपछि । पुसको जाडो अनि विध्दुत प्राधिकरणको उपहार - लोडसेडिङ....। अँध्यारै अँध्यारो जतैपनि । आँखाले देखेजति अंधकारै भएपनि वरू यो मन चैँ उज्यालै छ है भनेर चित्त बुझाउने ठाउँ सम्म छैन । भित्रै अँध्यारो वाहिरै अँध्यारो । Critical Thinking and Decision Making भन्ने विषय पोहोर साल पढिएको थियो क्याम्पसमा । त्यहाँ लेखिएको एउटा कुरो अझै पनि घरी घरी दिमागमा रूमल्लिरहन्छ । "लेख्नको लागि सोच्ने हैन...सोचेको कुरा लेख्ने हो " । अंग्रेजीमा लेखिएको यो भनाईको मुलभाव मात्र याद छ, ठ्याक्कै शव्द आएन । अनि नेपालीमा उल्था गरेर कनीकुथी लेख्न खोज्दा फेद न टुप्पाको भयो कुरो । म लेख्नुभन्दा अगाडि प्राय सोच्ने गर्छु; के म साँच्चै सोच्छु अनि सोचेको कुरा लेख्छु अथवा लेख्नैपर्छ भनेर जवरजस्ती सोच्नखोज्छु ? यो स्वयं आफैलाई थाहा नभएको तर नितान्त व्यक्तिगत कुरो परेछ !!! आज चैँ अस्तिदेखि सोचेकै कुरो लेख्दैछु है ।

देश अराजक भएको छ । दण्डहिनता व्याप्त छ । मनमानीको हैकम छ । जसले जे गरे नि हुँने । सडकवाटै गणराज्य घोषणा गर्न नि हुने , कोपनहेगनको किस्सा सेलाउन नपाउँदै, आफ्नै नाताका मान्छेलाई विना रोकटोक उच्चस्तरीय निरिक्षण समितिको सदस्य वनाएर अर्को चर्तिकाला देखाईदिन नि हुने...यस्तो नि हुने त्यस्तो नि हुने....यस्तै कुरा गर्ने हो भने त लामै सुची वन्ला भन्ने डर । जेहोस् राष्ट्र र जनतालाई जोताएर आफ्नै स्वार्थको वाली रोप्ने काम कसरी हुँदैछ यि जनप्रतिनिधिहरूवाट, सवैसामु उधाङ्ग छ । हामी राजनितिको अराजक र नाङ्गो नाच हेर्न विवश छौँ । विष्णुलालको आँशु मलाई बिझ्ला तपाईँलाई विझ्ला तर यिनलाई विझ्दैन ।
संविधानसभाको म्याद सकिने दिन झन् झन् नजिकिदै छ । समयमा संविधान जारी हुन नसके देशमा राजनीतिक गतिरोध आउने प्राय निस्चितै छ । हामी सोचेभन्दा धेरै ठुलो राजनीतिक संकटमा पर्नेर्छौँ । तर सरकार वनाउने र गिराउने झिँगे खेलवाट राजनिति माथि उठ्न सकेको छैन । मुल मुद्दाहरू ओझेलमा परेका छन् । आफ्नै पहिचान खोज्न हम्मे हम्मे परेको छ जनतालाई । वर्षौँदेखि हाडछाला जोतेको आफ्नै ठाउँमा आफैँ विरानो भईएको छ । देशै विरानो लाग्ने यो कस्तो परिवर्तन ल्यायौँ हामीले ? म सोच्ने गर्छु बेलावेला । के दलिय स्वार्थ नै सवैथोक हो ? म माओवादी समर्थक भन्दैमा उसले गरेका सवै कामको आँखा चिम्लेर समर्थन गर्नै पर्ने केही छ ? एमाले समर्थक भन्दैमा माधव नेपालले गरेका झिँगे निर्णय र नियुक्तिहरूमा ताली वजाएर खुसी हुनैपर्छ भन्ने केही छ ? अथवा कांग्रेस हुँ भनेर गिरिजा र उनकी छोरीको हरहालतमा जयजयकार गर्नुपर्ने केही छ ? म तपाईँ पाठकको जवाफको पर्खाईमा छु । आफ्नै विचार भन्ने हो भने त मलाई आफु कुनै दल विशेषको मान्छे हुँ भनेर भित्रैबाट भन्नै मन लाग्दैन । दलिय स्वार्थ भन्दा धेरै माथि के राष्ट्रिय स्वार्थ छैन र? अनि यो स्वार्थ पुर्तीका लागि कुनै दलविशेषकै हनुमान हुनैपर्छ भन्ने केहि छ ? आफ्नो पार्टीको सरकार आए जागिरमा नियुक्ति हुने, पधोन्नति हुने तर स्वतन्त्र विचार राख्ने र कुनै दल विशेषलाई समर्थन नगर्ने चाहिँ सधैँ जहाँको त्यहिँ । यै परिपाटीले गाँजेको छ राष्ट्रलाई । अनि हामी वाध्य छौँ आफुलाई कुनै फलानोको हनुमान वनाउन र आँखा चिम्लिएर ताली वजाउन । बिडम्वनाका साथ भन्नुपर्छ, म पनि बाध्य छु । म एमालेलाई समर्थन गरूँला तर साँच्चै गगन थापा मेरो क्षेत्रबाट उठेभने म कांग्रेसलाई भोट हाल्नेछु, भाषणमा ठुला ठुला कुरा गर्ने माओवादीले साँच्चै राष्ट्रलाई अग्रगामी दिशा दिन सके गोलाकार भित्रको हँसिया हतौडालाई भोट हाल्नेछु अथवा केहि मन नपरे त्यतिकै तटस्थ बस्नेछु । यो आत्म निर्णयको अधिकार कहिले व्यवहारका उतार्ने होला हामीले? कहिले दलिय स्वार्थसँग आफ्नो स्वार्थ पनि मिसाउने होला हामीले ? म त्यो दिनको व्यग्र प्रतिक्षामा छु ।
आज जुन राजनितिक अन्यौलको परिस्थितिमा हामी उभिएका छौँ त्यसले मुलुक र जनतालाई प्रतिगमनको बाटोतर्फ धकेल्ने सिवाय अरू केहि गर्न सक्दैन । हामी देशमा शान्ति, स्थायित्व, राजनितिक गतिरोधको अन्त्य र गणतन्त्रलाई पुर्ण संस्थागन गरिएको हेर्न चाहन्छौँ । ति सहिदका आँशुको मुल्यलाई सस्तो नठानौ । विष्णुलालहरू आफु घाईते बनेर सरकारले तला थपिदिने र मासिक १० हजार भत्ता दिने आस्वासनमा ६२-६३ को जनसागरमा मिसिएका थिएनन् । मिसिएका थिए त केवल एउटा सपना वुनेर.....नयाँ नेपालको सपना वुनेर । म लाचार छु । मात्र धम्की दिन सक्छु सहिदको आँशुले पिरोल्छ भनेर । तर सके त्यो आँशुले मलाई पिरोल्ला तर ति ६०१ का अगुवाहरूलाई पिरोल्दैन । अलविदा शहिद विष्णुलाललाई । म हिम्मत हार्दिन । तिमीले देखेको सपना हामीले देखेको सपना एकदिन अवस्य पुरा हुनेछ ।
