| तस्वीर स्रोत : यहाँ छ |
Sunday, November 28, 2010
साइकलको ट्युबदेखि हिरोसिमासम्म..
Friday, November 12, 2010
अखिल सम्मेलनको चहलपहल
नेकमा एमालेको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को बीसौँ राष्ट्रिय सम्मेलन भर्खरै जनकपुरमा सम्पन्न भयो । एमालेका अध्यक्षनिकट मानिने तत्कालीन् अध्यक्ष रामकुमारी झाँक्रीको समर्थनमा निवर्तमान उपाध्यक्ष शोभियत ढकाल र नेता केपी ओलीको समर्थनमा निवर्तमान महासचिव माधव ढुङ्गेल अध्यक्षका प्रत्याशी थिए । काठमाण्डौ विश्वविद्यालयबाट प्रतिनिधि भएर जनकपुर पुग्दा देखिएको स्थितिलाई मोबाइलबाट कैद गरेको थिएँ ।
भित्तामा रङ्गाइएको बीसौँ राष्ट्रिय सम्मेलन ।![]()
खानाको लाइन ।
अध्यक्षका प्रत्याशी माधव ढुङ्गेललाई काँधमा बोकेर जुलुस लगाउँदै प्रतिनिधिहरू ।
कोषाध्यक्षका प्रत्याशी दीपक गौतमको जुलुस ।
केन्द्रीय सदस्यकालागि उम्मेद्वारी फर्म लिन लाइन लागेका प्रतिनिधिहरू । ठुला ठुला पदका प्रत्याशीले चैँ सुटुक्क उम्मेद्वारी फर्म लिइहाले ।
उम्मेद्वारहरूले प्रचारका लागि यस्ता पम्प्लेटहरू बनाएका थिए ।
सम्मेलनस्थल जनकपुर चुरोट कारखाना लिमिटेडको चौरमा उम्मेद्वारहरूको पर्चा पम्प्लेट छरपस्ट अवस्थामा । एउटा सामान्य फोटोकपि पसलेले पनि दिनको पचास हजार कमायो भनेर हल्ला गर्थे सम्मेलन अवधिभरि । साथै जनकपुरका प्रिन्टिङ् प्रेसहरू कुनैपनि फुर्सदमा थिएनन् ।
मतदानका लागि लामवद्ध प्रतिनिधिहरू । चौधवटा अञ्चलकमिटीको छुट्टाछुट्टै मतदान केन्द्र बनाइएको थियो ।
व्यापक कुटाकुट र हात हालाहाल भयो भन्ने समाचार मिडियामा आएपनि तेश्रो दिन १० मिनेट अलिकति स्थिति तनावग्रस्त भएको थियो । जुलुसमा कुद्दा एकजना प्रतिनिधिको लडेर खुट्टा भाँचिएको थियो तर कुटपिट र हात हालाहाल भएको थिएन ।
र अन्तिममा, बन्दसत्रमा म…………..
जनकपुरमा भोट गन्दा स्थिति तनावग्रस्त होला भन्ने डरले भोटको गणना काठमाण्डौमा ल्याएर गरिएको थियो । जसअनुसार अध्यक्ष पदमा माधव ढुङ्गेल विजयी हुनुभयो । ढुंगेलले नौ सय अन्ठाउन्न मत प्राप्त गर्नुभयो भने ढकालले नौ सय एघार मत प्राप्त गर्नुभयो। यसैगरी उपाध्यक्षहरुमा नवराज पौडेल, भीम राई, लक्ष्मण लम्साल, सुधीर शाह र नवीना लामा विजयी भएका छन्। महासचिवमा किशोर विक्रम मल्ल, सचिवहरुमा रचना खड्का बच्चन सिंह र सरोज यादव विजयी भएका छन्। कोषाध्यक्षमा दीपक गौतम विजयी भएका छन्।
Tuesday, November 09, 2010
एउटा अक्षम्य गल्ती
म गणतन्त्र बिरोधी होइन। मेरो यो लेख पढेर मलाई गण्तन्त्र बिरोधि भन्ने भान हुन सक्छ तर म गणतन्त्र विरोधी भने होइन। दोश्रो जनआन्दोलन पछी नेपालमा पुर्व राजा ज्ञानेन्द्रलाई पदच्युत गरी नेपालमा राष्ट्रपतिय शासनको सुरुवात गरियो र प्रधानमन्त्रीलाई कार्यअधिकार दिइयो। त्यसपछी नेपाल गणतान्त्रिक मुलुकको रुपमा स्थापित गरियो र अहिले आएर संघिय लोकतान्त्रिक गणतान्त्रिक मुलुक हुन पुगेको छ। नेपाललाई गणतान्त्रिक मुलुकको रुपमा घोषणा गर्ने क्रममा थुप्रै नाटक भए। उबेलामा नेपालका कतिपय ठाउँबाट राज भन्ने शब्द हटाइयो। अझ नेपालका पहिलेका राजाका सालीक तोडफोड गरियो। हामीले साना बेलामा पढ्दै आएका राष्ट्रपिता पृथ्वी नारायण शाहलाई पनि सामन्ती भनियो। उनी सामन्ती थिए, ठिकै हो तर के उनलाई राष्ट्रपिताको हैसियतबाट हटाएर पृथ्वी जयन्तीनै मनाउन नहुने अवस्था पार्न जरुरत थियो? के यो ठीक भयो त? के सोचले उनलाई यस्तो गरियो? पुर्व राजा विरेन्द्रको देहवसान हुँदा सिङगो नेपाल रोएको थियो? आखिर किन रोएको जब उसलाई नै लत्याउनु थियो भने ति झुठा आँसु बगाउन के जरुरत? कसैसँग यसको उत्तर छ? नेपालमा सबभन्दा ठुला सामन्ती राजा नै थिए। यो सही हो र ज्ञानेन्द्रलाई पदच्युत गरेको पनि सही थियो। तर पृथ्वी नारायण शाहलाई त्यसो गर्दा एकचोटी सोच्नुपर्ने जस्तो लाग्छ। त्योबेलाको अवस्था हेर्दा देशको एकीकरण गर्ने बाहेक कुनै पनि उपाय थिएन उनिसँग। मानिसले समय अनुसार चल्न सक्नुपर्छ। जुन बेला जस्तो व्यवहारको खाँचो पर्छ त्यस्तै गर्नु बुद्धिमानी हो। त्योबेला देशमा सामन्तिको खाँचो थियो, एकतन्त्रिय शासनको खाँचो थियो र यही अवस्थालाई चिनेर उनी बने पनि। यो उनको दुरदर्सिता थियो। तर उनलाई यसरी बेइज्जत गर्नु चाँही निको मान्दिन म।
जंग बहादुर राणाले कुटनितिक कौशलताले बाँके, बर्दिया, कैलाली र कंचनपुर फर्काए। उनी पनि निरन्कुश थिए, सामन्ती थिए तर उनले ति क्षेत्र फिर्ता ल्याउनु नराम्रो भन्न मिल्दैन। प्रिथ्वी नारायण शाहले त्यो बेला बाइसे र चौबिसे राज्यलाई एक नबनाएका भए अहिले हामी कसैको गुलामी गर्दै भाडा माझेर बस्नुपर्ने थियो। यथार्थ यही नै हो। देशको सार्वभौमसत्ता बचाइ हाम्रो स्वाभिमान जोगाउनेको आज यो गती? आखिर किन? उनले नगरेका भए के हुन्थ्यो? प्रश्न सोध्न मन लागेको छ गणतन्त्र स्थापित गर्नेसँग जो सत्तालोलुपता र अधिनायकवादको खाल ओढेर आफुलाई चोखो भन्दै हिँडिरहेका छन्। जसमा नैतीकता रत्तिभरपनी बाँकी छैन।
नेपालमा अब हिटलरजस्तै निरन्कुश शासकको जरुरत परेको छ। जनताले जहिले जनआन्दोलन गरे, फल्स्वरुप धोकानै पाइरहेका छन् चाहे त्यो ४६ सालको होस् या ६१ सालको। जहिले परिवर्तन चाहे, उन्नती चाहे, अवन्नतीनै पाए। जुन बेला देशमा संकट पर्छ, त्यतिखेर निरन्कुशताको जरुरत पर्छ। नत्र देश आन्तरिक द्वन्दमा फसेर तहसनहस हुन्छ या अरुको मातहतमा बस्नुपर्ने हुन्छ। अरुका राम्रा कामलाई सरहानिय गर्नुपर्छ र उनिहरुको इज्जत, आदर गर्नुपर्छ। यदी कसैले गर्दैन भने उसको पनि पालो आउँछ र उ पनि अवहेलनाको पात्र हुन्छ। ईतिहाँसले सबैलाई हेर्छ। जीवनमा राम्रो गरेर देखाउने अमर हुन्छ। भालुलाई पुराण सुनाए बरावर हुन्छ यस्ता कुरा। कुरो गरे कुरैको दु:ख! तर जे भएपनी एकचोटी सबैले सोच्न चाँही पर्लाजस्तो लाग्छ मलाई!!
- सुदीप बहादुर खड्का
