अस्तिको दिन साँझ खाना खान तल राजन दाइकोमा ग’को त सानो भाइ त धमाधम किताबका पछाडिको स्टीकर उक्काउँदै रै’छ । के गर्दैछ यो भनेर हेरेको त यस्तो पो देखियो ।
के कोट्याउँदै र’छ त भनेर यसो हेरेको त तलपट्टि एउटा स्टीकर टाँसेको रै’छ अनि त्यहि धमाधम उक्काउँदै र’छ । उक्काइसकेपछि त यो फोटोको तल हेर्नुहोस् त मुल्य लेखेको ठाउँमा । पुरानो मुल्य १६० लाई चैँ अर्को स्टीकरले छोपेछन् (छोपेको उक्काइसकेपछिको फोटो हो यो) र छेऊमा १८५ को नयाँ स्टीकर टाँसेर स्कुलमा किताब किन्दा १८५ ठटाएछन् ।
पत्रिकामा त स्टीकर टाँसेको किताब नकिन्नु, बेच्नेलाई कारवाहि हुन्छ भन्दै थिए भन्न त तर खुलेआम रूपमा यसो गर्दा पनि खोइ कसैको नजर पुगेनछ ।
बनेपास्थित नाइटिङ्गेल बोर्डिङ् स्कुलबाट यो पुस्तक विद्यार्थीलाई बिक्री गरिएको हो । अब कारवाहि गर्ने कसले ??
मास्टरै यस्ता भएपछि……………ठग गुरूहरू !!

धेरै नाफा कमाउने सजिलो तरिका। किताब छापे पछि यसको मुल्य बढेको पनि हुन सक्छ भन्ने पनि तर्क गर्न सकिन्छ। यसमा मास्टरलाई भन्दा पनि स्कुल प्रसासनलाई दोस दिन ठिक होला भन्ने हामलाई लाई रा छ।
ReplyDeleteमास्टरै यस्ता भएपछि……………ठग गुरूहरू !!
ReplyDeleteत्यै त ठग गुरुहरु ! यै पारा हो भने कुनै दिन मास्टरले नि झापड भेट्न बेर लाउदैन ;)
ReplyDelete