Wednesday, May 25, 2011

वसन्तपुर….

ठूलो तर सानो ठाउँ काठमाण्डौ । ठूलो यसअर्थमा कि यसको क्षेत्रफल अलि ठूलै छ, चार कुना छोइहिँड्न अलि समय लाग्छ । सानो यसमानेमा कि यसो जाउँ न त भनेर जाने ठाउँ नै औँलामा गन्न पुग्छन् । हामी बटुलिएर प्राय: गइरहने ठाउँ चैँ वसन्तपुर । पहिलाको राजदरबार र अहिलेको पर्यटकसँग मागेर खाने भाँडो अनि दोश्रो दर्जाका नेताले आमसभा गर्ने ठाउँ बनेको छ वसन्तपुर ।

Photo0136

यसो टहलिँदै जाँदा मान्छेको बगालमा हराइन्छ कहिलेकाहिँ वसन्तपुरमा । कोहि संरक्षण क्षेत्रभित्र सवारीसाधन छिराउन सकस गर्दै भेटिन्छन्, कसैलाई मस्ती अँगालोमा बेरिएर बस्न नि पुगेको छ, चिया र बदाममा रमाउँदै भेटिन्छन् धेरै मानिसहरू । शान्ति, संविधानका र सामाजिक विषयवस्तुलाई आधार बनाएर केहि प्रदर्शनीहरू पनि बेलाबेला हेर्न पाइरईन्छ । यस्तै एउटा प्रदर्शनीको अवलोकन गर्यौँ ।

Photo0137

यसका प्रस्तोताका अनुसार यो आधुनिक युगको मान्छे हो जो प्रविधि र सामाजिक सञ्जालले बनेको छ ।

 

Photo0139

यस प्रदर्शनीका प्रस्तोताका अनुसार आधुनिक युगका मान्छेहरूको केन्द्रीकरण हुने ठाउँ अहिले शौचालय मात्रै बनेको छ । बाँकि सबै कुरामा मानिसहरूमा तीव्र ध्रुवीकरण आइसकेको छ ।

 

अब वेरोजगार जिन्दगी । के गर्ने त समय काट्ने भन्दा यसो चियासिया खा’र बसौँ भन्ने कुरा भयो । पछाडिपट्टि सानो गल्लीमा मिठो चिया पाइने ठाउँमा दिदी चिया पकाउँदै रै’छिन् ।

 

Photo0087

“तीन कप !”

Photo0079

चिया खाँदै गर्दा अगाडिको मन्दिर हेरेको त मन्दिरको अवस्था विजोग रै’छ !! मन्दिर कहाँसम्म र घर कहाँसम्म भनेर ठम्याउनै गाह्रो भयो एकछिन ।

 

Photo0078

विश्वकै सम्पदा सुचीमा परेको वसन्तपुर दरवार स्क्वायरमा रहेको मन्दिरको अवस्था यस्तो रै’छ । मन्दिर र घर छुट्याउन गाह्रो त छँदैछ, विभिन्न तुल टाँगेर यसलाई कुरूप बनाइएको रहेछ ।

 

वसन्तपुर डुल्दै गर्दा धेरै माया लाग्छ यसको । यो यस्तो नहुनुपर्ने हो । अस्ति भारत भ्रमणमा जाँदापनि सानो सानो कुराहरूलाई कस्तो मजाले जोगाएर अनि व्यवस्थापन समिति बनाएर सबै कुराहरूको उचित संरक्षण गरेको पाइयो । हाम्रो देशको भने विश्व सम्पदा सुचीमा रहेको वसन्तपुरलाई कहिले सफा, स्वच्छ पार्ने हो खै !!!

4 Comments:

  1. वसन्तपुर को कुरा गरि के साध्य छ र !

    तर प्रदर्शनी चैँ रमाइलो रै'छ !

    ReplyDelete
  2. आधुनिक प्रविधिको भन्दै बुख्याचा जस्तो मान्छेको प्रदर्शनी गर्ने चाहि को रैछ नि ? कि त्यो बुढी औलामा औठी लाएर चियाको गिलास समाउने भाइ हो? तर फोटो सबै राम्रा छन ।

    ReplyDelete
  3. मेरो पनि प्राय: जाने गरेको ठाउँ नभए पनि बेला मौकामा 'पुग्ने गरेको' ठाउँ चाहिँ पक्कै हो वसन्तपुर । धेरै-पटक हिँडेपनि यो पोस्ट र पोस्टका फोटोले नदेखेका र याद नगरिएका धेरै कुराहरूमा ध्यान खिच्यो ।

    त्यो मन्दिरलाई च्याप्ने घर देखेर भने दिक्दार लाग्यो :(

    ReplyDelete
  4. Bashanta pur one of the busy n dating place of nepal....

    ReplyDelete

कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

 

About GufGaf

About Nepali literature,Idea on Politics,Views and Discussion,Nepalese students

Your GufGaf

Views and discussions is a great way to develop creative ideas. Your valuable article, thought and suggestion is waiting our doorway. Please do send it on prabesh@gufgaf.com, ashesh@gufgaf.com, saxam@gufgaf.com

☺गफगाफ Copyright © 2009 गफगाफ डट कम