अस्ति कल्ले पो एकजनाले भन्दैथिए, विश्वको सबैभन्दा असुरक्षित ट्राफिक भा'को सहरमध्ये काठमाण्डौ पनि पर्छ अरे । दिनहुँका दुर्घटना, बाटैभरि खाल्डैखाल्डा, तीव्र गति, मादक पदार्थको सेवन, लेन अनुशासन नमानेरलगायत विभिन्न कारणले सधैँ नै दुर्घटना हुने गर्दछन् । चालक, प्रहरी, व्यस्था गर्ने विभाग र सर्वसाधारण सबैको समान् दोष छ यसमा । सबैको संयुक्त प्रयासबाट मात्रै काठमाण्डौको ट्राफिकलाई व्यवस्थित र मर्यादिन बनाउन सकिन्छ ।
अस्ति एकदिन बालकुमारीबाट चावहिल जाँदैथिएँ रिङ्गरोडै रिङ्गरोड । पिङ्गलास्थानबाट जाम रहेछ गौशालापट्टि । गाडिका बिचमा हुल्दै हुल्दै मोटरसाइकल अगाडि लाँदै थिएँ, अचानक मेरो अगाडि यस्तो भयो ।
गौशाला चोक पुग्नै लाग्दा जाम परेको बेलामा मेरो अगाडि स्कुटरमा रहेकी एक महिलाले बाटोको बिचैमा स्कुटर रोकेर केटाकेटी ओरालेर पसलतिर लागिन् । यी केटाकेटी जोखिममा पर्दैनन् त अब जाम खुल्ने बेलामा । भनेकै समयमा पसल पुगेर आइन्छ त ? के यसो गर्नु हुन्छ बाटोमा ? ट्राफिक दुर्घटना धेरै यस्ता लापरवाहिले हुने गरेका छन् । सधैँ निकायलाई दोष दिनुभन्दा आफूले पनि यस्ता काममा कमी ल्याइदिए ट्राफिक व्यवस्थापन सजिलो हुन्थ्यो कि काठमाण्डौमा ।
अनि यो दृश्य काठमाण्डौको कोटेश्वरमा देखिएको दृश्य हो । जापानी सहयोगद्वारा निर्मित ६ लेनको बाटोमा तीव्र गतिका कारण हुने दुर्घटना बारम्बार सुनिँदै आइन्छ । एक हजार वटा कुकुर र १६ जना मानिस यहि बाटोमा मरिसके अरे यति छोटो अवधिमै ।
कोटेश्वर मिनि बसपार्क भइसकेको छ अहिले विशेषगरि काभ्रे, सिन्धूपाल्चोक, दोलखा, रामेछाप, मन्थली, मेलम्ची जाने बाटोका लागि । बिहानै मानिसको ठूलै लर्को यसरी बाटोमा तामझामका साथ देखिन्छन् । तीव्र गतिमा गाडि गुड्नका लागि बनाइएको बाटोमा यसो गरेपछि हुँदैन त दुर्घटना ?
सम्बन्धित निकायलाई दोष दिइरहनुभन्दा सबैले आ-आफ्नो ठाउँबाटै पहल गर्ने कि ?? दुर्घटना घण्टी बजाउँदै त आउँदैन...यस्तै साना कमजोरीले होइनन् र ??



Prithvi Highway is categorized as one of the worlds most dangerous Roadway.
ReplyDeleteGet Free Premium Accounts, Softwares & Learn About Various Computer n' Internet Tips n' Tricks. Click here To View Beast's Blog
बिकास र प्रबिधी हाम्रा लागि "बाँदरको हातमा नरिवल" भो । नहुंदा भएन भनेर कराउछौँ भएकोलाई प्रयोग गर्न जान्दैनौँ । के भनौ र खै ........
ReplyDeleteReally..we really need to aware ourselves... :)
ReplyDeletei agree with prakash ..he is right ...
ReplyDeletekura ta thikai ho Prakas ji, maile ni tyo 6 lane bato ko video agi bahkar herya thia..
ReplyDelete