Tuesday, January 10, 2012

रङ

धमिलो रङले पोतेर
तिम्रो आकृति 
पहिलो पटक उतार्दैछु मनको क्यानभासमा
फिक्का मात्र यसकारण,
तिमी खुल्न चाहन्नौ संसारसित
केवल
तिम्रो ईच्छामा रङ पोख्दैछु म
उही चमक नभएको
गाडा नवस्ने रङ....
blurr painting

रङसँगको मेरो सामिप्यता
सायद,
हाम्रो संवन्ध जत्तिकै गहिरो हो
अथवा तिम्रो आँखाको भाव जत्तिकै गहिरो....
म चालै पाउँदिन
चित्रकारिता मेरो धर्म होईन,
तर 
यहि नित्य उठवासले 
तिम्रो आकृति माथि
पेण्टब्रस चलाउन जान्ने भएको छु म
भन,
कुन रङले सिंगारौ तिमीलाई आज ?
स्नेहको गुलावी रङले
कि सम्झनाको निलो रङले?

picture source: click on it.

3 Comments:

  1. heart touch ---
    great !
    keep it up ---

    ReplyDelete
  2. सुन्दर, भाबुक कबिता ! बडो रमाइलो !

    ReplyDelete

कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

 

About GufGaf

About Nepali literature,Idea on Politics,Views and Discussion,Nepalese students

Your GufGaf

Views and discussions is a great way to develop creative ideas. Your valuable article, thought and suggestion is waiting our doorway. Please do send it on prabesh@gufgaf.com, ashesh@gufgaf.com, saxam@gufgaf.com

☺गफगाफ Copyright © 2009 गफगाफ डट कम