‘छक्का पञ्जा २’ले सकायो ७० प्रतिशत छायांकन

दीपाश्री निरौलाद्वारा निर्देशित सिनेमा ‘छक्का पञ्जा २’ ले छायांकनको दुईवटा शेड्युल सकाएको छ । काठमाण्डौ र बनेपाको छायांकन सकाएसँगै सिनेमाको ७० प्रतिशत छायाकंन सकिएको जानकारी छ ।

हाल सिनेमाको छायाकंन पाल्पामा भईरहेको छ । पाल्पाका विभिन्न गाउँमा छायांकन गरेर ‘छक्का पञ्जा २’को टोली छायांकनको लागि पोखरा पुग्नेछ । पोखरामा छायांकन गरेसँगै सिनेमाको सम्पूर्ण छायांकन सकिने जानकारी हामीलाई प्राप्त भएको छ ।

स्वस्तीमाकी आमा बनिन् प्रियंका
सिनेमामा विभिन्न भूमिकामा देखा पर्ने प्रियंका कार्कीले ‘छक्का पञ्जा २’ मा आमाको भूमिका निर्वाह गर्दैछन् । त्यसो त प्रियंका सिनेमामा आमाको भूमिकामा देखिनु नौलो कुरा हैन । उनी यस अघि पनि केही सिनेमामा बालकलाकारहरुको आमा भएर अभिनय गरिसकेकी छिन् । तर ‘छक्का पञ्जा २’ मा उनी आफूभन्दा लगभग ८ वर्ष कान्छी अभिनेत्री स्वस्तीमा खड्काकी आमाको भूमिकामा देखा पर्दै छिन् ।

Untitled-4

‘छक्का पञ्जा’को अन्त्यमा प्रियंकाको शिवहरि पौड्यालसँग विवाह भएको थियो । सिक्वेलमा स्वस्तीमा शिवहरि र प्रियंकाकी छोरीको भूमिकामा हुनेछिन् ।

‘छक्का पञ्जा २’ मा दीपक राज गिरी, प्रियंका कार्की, वर्षा राउत, केदार घिमिरे, शिवहरी पौड्याल, स्वस्तीमा खड्का, जितु नेपाल लगायतको अभिनय रहनेछ ।

You might also like

Comments

Loading...