‘प्रेमगीत–२’ क्लाईम्याक्सकै सिन बाहिरिँदा निर्मातालाई तनाब

आगामी सिनेमा ‘प्रेम गीत–२’ को क्लाईम्याक्सका केही तस्बिरहरु लिक भएका छन् । क्लाईम्याक्सकै सिनहरु लिक भएपछि निर्माता,निर्देशक र सिनेमाका कलाकारलाई तनाव भएको छ । आगामी सोमबार ट्रेलर रिलिज गर्ने तयारीमा रहेको ‘प्रेम गीत २’ युनिटलाई क्लाईम्याक्समा सिनहरु यसरी लिक हुँदा सिनेमाको व्यापारमै केही असर पर्ने हो की ! भन्ने चिन्ता परेको बुझिन्छ । यी सिनहरु यूनिट कै एक व्यक्तिले लिक गरिदिएको जानकारी छ ।

19059316_135399980369452_8388082522720056487_n

यस सिनेमामा समावेश तीनवटा गीतहरु रिलिज भएका छन् । रिलिज भएका तीनवटै गीतलाई दर्शकको साथ र सपोर्ट मिलेको छ । रामशरण पाठकको निर्देशनमा बनेको यो सिनेमामा प्रदिप खड्का, अश्लेषा ठकुरी, कैलाश कटुवाल, कविता रेग्मी, शिशिर भण्डारी लगायतका कलाकारको अभिनय छ । साउन १३ लाई रिलिज मिती तोकेको यो सिनेमालाई सन्तोष सेनले निर्माण गरेका हुन् ।

19059893_135400140369436_4342691039435672638_n

You might also like

Comments

Loading...