निशा र शरदको विवाह असार १८ मा

अभिनेत्री निशा अधिकारी एकताका क्रिकेटर शरद भेष्वाकरसँगको प्रेमका कारण खुबै चर्चामा आईन् । तर केही समय पछि उनीहरुको ब्रेकअप भएका खबरहरु प्रकाशित भए ।

निशा र शरद भने न त यस बारेमा बोले न त मिडियाको सामु सँगै आए । यसरी उनीहरु एकअर्कासँग सार्वजनिक नहुनुले सबैलाई उनीहरु साँच्चिनै एकअर्काबाट अलग भएको भान भयो ।

तर सार्वजनिक रुपमा एकअर्कासँग नदेखिएपनि निशा र शरदको माया भने झन् बढी झांगिँदै गएको थियो । बरु उनीहरुले त सबैलाई सरप्राईज दिने सोच बनाएका रहेछन् । यसैको परिणाम हो उनीहरुको विवाह । निशा र शरदले असार १८ गते विवाह गर्ने भएका छन् ।

पारिवारिक माहोलमा भव्य समारोहसहित हुने उनीहरुको विवाहको कार्ड छाप्ने कार्य पनि सम्पन्न भएको जनाईएको छ ।

You might also like

Comments

Loading...