अनलाईनहरुले जे पायो त्यहि लेख्दिन्छन् की भन्ने डर लाग्छ– पल शाह

अभिनेता पल शाहको मुख्य भूमिका रहेको सिनेमा ‘म यस्तो गीत गाउँछु’ असार ३० गते रिलिज हुँदैछ । यतिबेला पल यहि सिनेमाको प्रचार प्रसारमा खटिएका छन् । रिलिजको हिसाबले उनको यो दोस्रो सिनेमा हो तर कामको हिराबले भने तेस्रो । उनले यस अघि नै सिनेमा ‘नाई नभन्नु ल–४’ र ‘जोनी जेन्टलम्यान’मा काम गरेका छन् । जसमा ‘नाई नभन्नु–४’ रिलिज भईसकेको छ भने ‘जोनी जेन्टलम्यान’ रिलिज हुन बाँकी नै छ ।

डेब्यु सिनेमा ‘नाई नभन्नु ल–४’ बाट दर्शकको साथ र माया पाएका अभिनेता पललाई दर्शकहरुको मायामा कमी हुन्छ की भन्ने डर लाग्छ । हालै हामीसँग कुराकानी गर्दै उनले, अहिले अनलाईन मिडियाहरुले बनाउने गरेका गसिप र गलत समाचारहरुको प्रभावले फ्यानहरुको मायामा कमी आउने पो होकी ! भन्ने डर लाग्ने बताए । समाचार बिकाउनको लागि गलत खबरहरु, गसिपहरु बनाएर जे पायो त्यहि शीर्षक अर्थात नकारात्मक भाव बोकेका शीषर्कहरु राख्दिँदा दर्शकहरुले आफूलाई हेर्ने दृष्टिकोण बदलिने होकी भन्ने डर पललाई छ । हामीसँगको भिडियो कुराकानीमा उनले अन्य केही कुराहरु पनि सेयर गरेका छन् ।

You might also like

Comments

Loading...