यस बर्षको राष्ट्रिय कविता महोत्सवमा खोटाङका चन्द्र रानाहँछा प्रथम

नेपाल प्रज्ञाप्रतिष्ठानले हरेक वर्ष आयोजना गर्दै आएको राष्ट्रिय कविता महोत्सवमा यस बर्ष खोटाङका कवि चन्द्र रानाहँछा प्रथम भएका छन् । आज सम्पन्न महोत्सवमा रानाहँछाको ’आँधीको यात्रा’ कविता प्रथम भएको हो । यसैगरी भोजपुरका कवि सुवास राई ’क्याप्टेन’को ’फरक’ शीर्षकको कविता दोस्रो भएको छ । । डा. मधुसूदन गिरी, डा. खुमनारायण पौडेल, वासुदेव अधिकारी, विधान आचार्य र उपेन्द्र सुब्बा निर्णयक रहेको समितिले दाङका कवि दीपेन्द्र उपाध्यायको ’लोकतन्त्र’, काभ्रेपलाञ्चोककी उर्मिला कोइरालाको ’उज्यालोको आत्मकथा’ र काठमाडौँकी कवि अमृता स्मृतिको ’फूलहरू जान्दैनन् युद्ध गर्न’ शीर्षकका कवितालाई तृतीय घोषीत गरेको छ । प्रथमले ३० हजार रूपैयाँ, द्वितीयले २५ हजार रुपैयाँ र तृतीयले जनही २० र २० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् ।
देश विदेशबाट प्रतियोगीका रूपमा प्राप्त कवितामध्ये पाँच कविता पुरस्कृत हुने प्रतिष्ठानको नियम छ । यस पटक २२९ कविता प्राप्त भएको प्रतिष्ठानले जनाएको छ ।

You might also like

Comments

Loading...