क्रिकेट ब्याटमा लेखियो निशा र शरदको नाम

बिगत ४ वर्ष यता एकअर्काको प्रेममा रहेका अभिनेत्री निशा अधिकारी र क्रिकेटर शरद भेष्वाकरको विवाहको कार्ड पनि सार्वजनिक भएको छ । यी दुईको विवाहको कार्ड अलि फरक ढंगले डिजाईन गरिएको छ । सम्भवत शरद क्रिकेटर भएकै कारण कार्डमा क्रिकेटको ब्याट डिजाईन गरेर त्यहि ब्याटमा निशा र शरदको नाम लेखिएको छ । त्यस्तै क्रिकेट ब्याटसँगै क्रिकेट बल र क्रिकेट मैदान पनि यसमा समावेश गरिएको छ ।

19437393_10155529095344571_3972394153691813905_n

यति मात्रै हैन यो कार्डले अर्को विशेषता पनि बोकेको छ । सगरमाथा आरोहण गर्ने पहिलो अभिनेत्रीको रेकर्र्ड राखेकी निशाको विवाहको कार्डमा सगरमाथाको चित्र पनि कोरिएको छ । निशा र शरदले यहि असार १६ गते  लगनगाँठो कस्दै छिन् ।

nisha
ब्रेकअप भयो भनिएको जोडी
बिगत केही समय यता ब्रेकअपको हल्ला चलेपछि उनीहरु सार्वजनिक कार्यक्रम र सार्वजनिक ठाउँमा एकसाथ देखिन छाडेका थिए । सबैलाई उनीहरु एकअर्काबाट अलग भईसके भन्ने भान भएकै समयमा सबैलाई सरप्राईज दिँदै अचानक उनीहरुको विवाहको खबर सार्वजनिक भएको थियो ।
यी दुईको विवाहमा दुवै परिवारका सदस्यसँगै केही निकट कलाकार र आफन्तलाई निम्ता दिईएको जानकारी छ । यतिबेला निशा आफ्नै निर्माणमा सिनेम झ्यानाकुटीको निर्माण कार्य सम्पन्न गरेर बसेकी छिन् ।

You might also like

Comments

Loading...