गोर्खाल्याण्डको माग गरिएको दमदार गीत सार्बजनिक

भारतको पश्चिम बंगालमा जारी गोर्खाल्याण्ड आन्दोलनको समर्थनमा तयार पारीएको नयाँ गीत सार्बजनिक भएको छ । सुरेश कुमारको स्वर शब्द र संगीत रहेको लिन्छौ लिन्छौ गोर्खाल्याण्ड लिन्छौ बोलको गीत फर सी नेटवर्क मार्फत सार्बजनिक गरिएको हो । गोर्खा जनमुक्ति मोर्चाको अगुवाईमा भारत दार्जिलिङमा अहिले आन्दोलन जारी छ ।
पश्चिम बंगालको पहाडी क्षेत्रका कक्षा १ देखि १० सम्मको पाठ्यक्रममा बंगाली भाषा अनिवार्य गर्ने पश्चिम बंगाल राज्य सरकारका शिक्षामन्त्री पार्थ चटर्जीको घोषणापछि दार्जिलिङ लगायत पहाडी क्षेत्र महिनायता अशान्त भएको हो ।

You might also like

Comments

Loading...