पशुपति प्रसादका खगेन्द्रले खोले एक कप कफिमा विवाह गर्नुको रहस्य

थिएटर हुँदै सिनेमामा आएका अभिनेता खगेन्द्र लामिछानेलाई सेलिब्रेटी भईकन पनि सेलिब्रेटी जीवन जिउन मन पर्दैन । उनी आफूलाई साधा जीवन जिउन मन पर्ने बताउँछन् । साधारण परिवारबाट आएकै कारण पनि उनी आफूलाई हाईफाई दिएर लक्जरी जीवन भन्दा साधारण मान्छे भएर धर्तिमा टेकेर जिउन मन लाग्ने बताउँछन् । उनले त जीवनको विशेष दिनलाई पनि सामान्य तरिकाले मनाए । त्यो हो उनको विवाह । प्रेमीका रोजीना सिटौलासँग केही वर्ष अघि उनले सामान्य तरिकाले मन्दिरमा विवाह गरे । विवाह पछि दुई जनाले कफि खाएर विवाहलाई स्पेशल बनाएको उनी बताउँछन् ।

तर एउटा कलाकार भईकन पनि तपाईँले विवाह सामान्य तरिकाले गर्नुको कारण के ? भन्ने हाम्रो प्रश्नमा उनले भने, ‘म सानै देखि जब बुझ्ने भएँ मलाई दाईजो प्रथा फिटिक्कै मन पर्दैनथ्यो । म यसको विरोधी थिएँ । यहि कारण मलाई सामान्य तरिकाले विवाह गर्न मन लाग्थ्यो । मलाई अरुले दिएको उपहार लिन एकदमै अप्ठ्यारो लाग्छ । हुन त मानिसहरुले सदभावले, राम्रो मनले नै दिन्छन् उपहार । तर मलाई भने त्यो उपहार लिन बडो अप्ठ्यारो लाग्छ । मैलै पैला–पैला पत्रिकाहरु पढ्थेँ । अनि त्यसमा दाईजोको कारण घटेका घटनाहरु देखेर साह्रै चित्त दुख्थ्यो । यहि कारण मैलै विवाहलाई सामान्य तरिकाले गर्ने सोच राखेर अघि बढेको थिएँ ।

मेरो मनमा के विचार पलाएको थियो भने, ‘कमसे कम म यो प्रथा रोक्न नसकुँला तर म चाहि यस्तो गर्दिन ।’ त्यस माथि मैलै जीवन साथी पनि त्यस्तै पाएँ । उहाँले पनि मलाई हरेक कुरामा साथ दिनु भयो । हामीले दुवैको सहमती पछि नै सामान्य तरिकाले विवाह गरेका हौँ । हाम्रो मात्रै हैन हाम्रो मन मिलिसकेपछि फेरि हामीले दुवै परिवारबाट पनि सहमती लियौँ । दुवै परिवारले सहमती दिईसकेपछि हाम्रो विवाह भयो । पहिले देखि नै म मा हामी दुई जना मात्रै गएर विवाह गर्ने चाहना थियो । त्यो कुरा पूरा पनि भयो ।’

Related image

यस कारण मन परिन् रोजीना
त्यस्तै कुराकानीका क्रममा खगेन्द्रले आफूलाई श्रीमती रोजीना सिटौलाका तीनवटा कुराले आकर्षित गरेको बताए । उनका अनुसार रोजीना अनुशासित, ईमान्दार र सहयोगी मनकी छिन् । उनले खगेन्द्रलाई हरेक दुःखमा साथ दिँदै आएकी छिन् । धेरैलाई उनीहरुको विवाह भएको केही वर्ष जस्तो लाग्छ । तर खगेन्द्र यो क्षेत्रमा संघर्ष गरिरहेको समयमा पनि रोजीना उनकै साथमा थिईन् ।

सिनेमासँगै जागिरमा व्यस्त रोजिना
रोजीना सिनेमा निर्माता हुन् । उनले टलकजंग भर्सेज टुल्के, पशुपति प्रसाद लगायतका सिनेमाहरुको निर्माता भएर काम गरेकी छिन् । त्यस्तै उनी जागिरे पनि हुन् । उनी मार्टिन चौतारी नामक संस्थामा त्यहाँको एडमिन फाईनान्स चिफ भएर काम गरिरहेकी छिन् ।

You might also like

Comments

Loading...