नेपाली फुटबल सम्बन्धि सिनेमा बन्ने, अनमोल केसी नवयुगको भूमिकामा हुने

नायक तथा निर्माता भुवन केसीले फुटबल खेलाडी नवयुग श्रेष्ठको जीवनमा आधारित सिनेमा  निर्माण गर्ने भएका छन् ।  सिनेमामा अभिनेता अनमोल केसीले नव युग श्रेष्ठको भूमिका निर्वाह गर्ने बताईएको छ । अंग्रेजी अनलाईन गोल नेपालमा प्रकाशित खबरका अनुसार भुवनले एन्फामा गएर यो सिनेमा निर्माणको बारेमा छलफल गरिसकेका छन् । एन्फाका सिईओ ईन्द्रमान तुलाधरले पनि भुवनलाई फुटबल सम्बन्धि सिनेमामा बनाउन सहयोग गर्ने बताएका छन् ।

नव युगले गर्त वर्ष नेपालको लागि ट्रफी जित्न महत्वपूर्ण भूमिका खेलेका थिए । गत वर्ष भएको दक्षिण एशियाली खेलकुद (साग) प्रतियोगिता २०१६ मा नवयुगले नेपालको लागि गोल गरेका थिए ।

You might also like

Comments

Loading...