आलोचकले दिक्क बनाएपछि दीपकले लिए यस्तो निर्णय

निर्माता तथा कलाकार दीपक राज गिरीले अबका दिनमा सिनेमा सम्बन्धि हुने कुनैपनि अवार्ड कार्यक्रममा सहभागिता नजनाउने निर्णय गरेका छन् । पछिल्लो समय आफू अवार्ड कार्यक्रममा जानु र कार्यक्रमलाई बीचमै छाड्नुलाई धेरैले अवार्डको लोभि भएको र आफूले नै अवार्ड पाउनु पर्ने मान्यता भएको व्यक्तिको रुपमा व्याख्या गरेको भन्दै उनले यस्तो निर्णय लिएको उल्लेख गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा एक स्ट्याटस लेख्दै दीपकले यसको आधिकारिक जानकारी दिएका हुन् । उनले जो नेता, अभिनेता जनताको सल्लाह मान्दैन त्यसको बिदाई चाँडै हुने भन्दै आफूलाई फेसबुकमा धेरैले यस्ता अवार्ड कार्यक्रमहरुमा नजान सुझाव दिएको र आफूले त्यहि सुझाव सल्लाहलाई अनुसरण गर्दै यो निर्णय लिएको खुलाएका छन् । आगामी दिनमा अवार्डको कुरै नगरी राम्रो सिनेमा निर्माणमा मात्रै आफ्नो ध्यान जाने पनि दीपकको भनाई छ ।

dipak

केही समय अघि सम्पन्न एनएफडिसी अवार्ड कार्यक्रममा दीपक राज गिरी र दीपाश्री निरौला ताली मात्र बजाउन आएको हैन भन्दै अवार्डको बीचमै उठेर हिँडेको खबर विभिन्न मिडियाले प्रकाशित गरेका थिए । यस्तै खबर र यस सम्बन्धि भएका टिका टिप्पणीले आजित भएपछि दीपकले यस्तो निर्णय लिएको बुझिएको छ । दीपकले अवार्ड कार्यक्रममा भाग नलिएपछि दीपाश्रीको सहभागिता पनि असम्भव छ ।

You might also like

Comments

Loading...