गायक सुरेन्द्र श्रेष्ठको एकल साँझ

चर्चित एंव लाकेप्रिय गायक तथा संगीतकार सुरेन्द्र श्रेष्ठ अब एकल साँझ मार्फत श्रोतामाझ प्रस्तुत हुने भएका छन् । असार २४ गते ठमेलको थर्ड आई थियटरमा आफ्ना तथा पुराना चर्चित गायकका गीतहरु श्रेष्ठले प्रस्तुत गर्ने छन् ।
दुई दशक भन्दा लामो समयदेखी संगीत क्षेत्रमा श्रेष्ठले तीन दर्जन भन्दा गीतहरु श्रोता माझ लिएर आएका छन् भने १५० भन्दा बढि गीतमा कर्णप्रिय संगीत भरिसकेका छन् । गायक तथा संगीतकार श्रेष्ठको यो पहिलो एकल साँझ हो । उनी गायक, गीतकार, संगीतकार तथा एरेन्जर पनि हुन ।

You might also like

Comments

Loading...