होमवर्कको बाहानामा केटाहरु घर आउँथे, एक चोटी पक्डिएको छु– “धनपति” नायिका सुरक्षा पन्त

नायिका सुरक्षा पन्त आलोक नेम्बाङ्गको सिनेमा “अझै पनि” बाट सिनेमा क्षेत्रमा आएकी हुन् । पेसाले सिभिल ईन्जिनियर सुरक्षा कला क्षेत्रमा पनि उत्तिकै सक्रिय छिन् । उनले काम गरेको सिनेमामा “धनपती” असारको २३ गते रिलिज हुदैँछ । धनपतिको प्रोमोशनको क्रममा फर्सीनेटवर्क आएकी सुरक्षाले हामी सँग आफू किशोरावस्था हुँदाका कुरा सेयर गरेकी छिन्–

10998005_10205484237881155_2591019777808533979_nपरिवार भनेको सुख दुख साट्ने थलो
म जन्मेको बुटवल सुख्खानगरमा हो । हाम्रो पुर्ख्योली घर भने बाग्लुङ्ग हो । पछि ममी बुबा बुटबल झर्नु भएकोले बाल्यकाल मैले उता नै बिताएँ । मेरो परिवारमा बुबा, उहाँको दुई श्रीमती र हामी चार जना दिदी बहिनी र सानो भाई छौ । परिवार भनेको सुख दुख साट्ने थलो हो जस्तो मलाई लाग्छ । परिवारमा सबै सँग मेरो सम्बन्ध राम्रो छ । परिवारमा सबै सँगै भएपछि उतार चढाव त भई नै हाल्छ । अरुको हेरिकन मेरो परिवारमा माहोल राम्रो थियो किनकी हामीलाई दुई जना आमाले हुर्काउनु भएको हो । यो कुरामा हामी आफूलाई निकै धनी मान्छौ । बाबा सँग भने त्यति घुलमिल हुने मौका मिलेन किनभने सानो छदाँ नै बाबा जापान जानु भयो । आठ नौ वर्ष उता बसेर आउँदा सम्म हामी हुर्किसकेका थियौ । बुबा सँग भन्दा आमाहरु सँग निकै नजिक छौं । उहाँहरु सँग साथीको जस्तो सम्बन्ध छ । झन् हामी दिदी बहिनी सँगै भयौं भने हामीलाई अरु कोहि साथी नै चाहिदैन ।

12733403_10207659876630764_6235755760213199157_nपढाईमा अब्बल
परिवारमा सबै जना पढाई केन्द्रित थियौं । समाजमा डाक्टर र ईन्जिनियरलाई उच्च रुपको पेशाका रुपमा लिएको छ । त्यही पेसामा आबध भएकाहरु सँग परिवारको धेरै सङ्गत भयो । त्यसैले पनि पढ्नुपर्छ । राम्रो गर्नुपर्छ भन्ने हुन्थ्यो । यहि कारण पढाई राम्रो थियो । स्कुलमा प्रथम हुन्थें । विद्यालयबाट कहिल्यै भागिन । कहिले काही भने अल्छी लागेर यो कक्षा नभईदिओस जस्तो भने हुन्थ्यो । साथीहरु सबै मिलेर आज टिचरलाई नपढाँउन भनौ भन्ने खाल्को वातावरण भने हुन्थ्यो । कलेजमा आउँदा सम्मको स्टोरी भने बेग्लै छ । काठमाडौ बाहिरका विद्यालयमा भने पढाईमा एकदमै केन्द्रित हुन्छ । यता भने विद्यालयहरुमा अतिरिक्त क्रियाकलाप सङ्लग्न गराउनुहुन्छ । त्यो उमेर नयाँ कुराहरुको बारेमा हामीलाई थाहा भईरहेको हुन्छ । कक्षा–८ पछि धेरैको जिवनमा पढाई, शारीरिक र मानसिक विकासको परिवर्तन आउने गर्छ । यो सबै कुरालाई हामीले व्यवस्थापन गरेर लानुपर्न हुन्छ ।

15965384_10210575979331509_2064333725937344414_nमन पराउने मान्छेले कार्ड पठाउँथे
म सानोबाट केटाहरु सँग घुलमिल हुन्थे । केटीहरु सँग मिल्न र बसेर कुरा गर्न कहिल्यै सकिन । मलाई दौडिनु र उफ्रिनुपर्ने त्यही भएर प्राय जस्तो सङ्गत केटाहरु सगै हुन्थ्यो (हासोँ)। त्यो बेलामा मोबाईलको जमाना थिएन । मोबाईल भएपनि ठूला बडा सँग मात्र हुने । केटाहरुले भने घरको ल्यान्ड लाईनमा होमवर्कको बाहानामा फोन गरेर ममीलाई सुरक्षालाई दिनु भन्थे । त्यसो हुँदा ममी बुबाले हेर्ने दृष्टिकोण नै अर्को हुन्थ्यो । त्यो बाहेक होमवर्कको, टिउसनमा के पढायो रे आज जस्तो बाहाना पारेर केटाहरु घर सम्म कापी लिन आउँथे । त्यस्तो समस्यामा कति पर्थेँ । त्योबेला धेरैले मन पराएको मान्छे कार्ड र गिफ्टहरु पठाउँथे (लामो हासोँ)। त्यो चिज बुबा ममीले कसरी लिनुभयो मलाई थाहा छैन । उहाँहरुले सायद बुझ्नुहुन्थ्यो होला । उहाँहरुले मलाई एक दुई चोटी पक्डिनुभएको पनि छ । एउटा केटालाई त यसरी घर सम्म नआउँ तिमी भनेर थर्काईदिनु भएको पनि छ । गाली खान्छु भन्ने डर लागेको थियो । तर, सबै कुरा सम्हालियो । यो सबै सम्झिेर मलाई अनौठो लाग्छ । त्यो समय आफूमा आईरहेको परिवर्तन देखेर अनौठो लाग्थ्यो । यस्तो परिवर्तन म मा मात्र आएको हो की अरुमा आउँछ भन्ने छुटाउन गाह्रो हुन्थ्यो । त्यो समयमा एक्लो महसुस गरिन्थ्यो । अहिले आएर भने त्यो सबै कुरा शारीरिक र मानसिक परिवर्तनको कारणले आएको हो भन्ने थाहा हुन्छ । त्यी परिर्वतनहरु सामान्य हुन् । त्यो बेला लिएको निर्णय चाहि अहिले आएर मुर्खाई गरेको जस्तो लाग्छ । हो, म सानोमा यस्तो थिएँ है छ्या जस्तो लाग्छ (लामो हाँसो) । त्यो बेला धेरै कुरामा यतिकै डर लागेर मन आतिने गथ्र्यो । म सँग के भईरहेको छ– म को सँग भन्ने जस्तो लाग्थ्यो । आफ्नो भावना कसलाई व्यक्त गरौं जस्तो लाग्थ्यो । सामान्य मात्र हैन माया प्रेमको कुरा पनि कसलाई भनौ जस्तो लाग्थ्यो । आफूलाई पनि राम्रो लागेको हुन्थ्यो त्यो कुरा तर के गर्न त । यता हेरौ आमा बुबा हुनुहन्छ, अर्का तिर माया गर्ने मान्छे छ मैले भन्ने कि नभन्ने भन्ने खाल्को दुबिदा आईपर्थ्यो ।

16299128_10210755632702731_5434129256689808772_nकिशोर-किशोरीलाई सल्लाह
जिवनमा आएको समस्या सँग आफै जुझ्नुपर्छ । त्यो समस्याको समाधान आफैंले गर्नुपर्छ । जिवनमा आउने परिवर्तनलाई तिम्रो निर्णयले धेरै महत्व दिन्छ । त्यसैले अनुभव भएका सँग सल्लाह लिन निकै जरुरी छ । त्यो समयमा सबै भन्दा नजिक भनेको हाम्रो दाजु भाई वा दिदी बहिनी नै हो । हामीलाई लागेको कुरा हामी उहाँहरु सँग भन्न सक्छौ । उहाँहरुले पनि जिवनमा यी सबै कुराहरु सिकेर अघि बढेको हो । उहाँहरुले हाम्रो कतिपय कुराहरु गोप्य पनि राखिदिनुहुन्छ । कसैको अगाडी गएर भनिदिनुहुन्न भन्ने अत्म विश्वास पनि हुन्छ । यदि हाम्रो दाजु भाई वा दिदी बहिनी कोही हुनुहुन्छ भने उहाँहरु सँग राम्रो सम्बन्ध राख्न निकै जरुरी छ । हामीले धेरै समय उहाँसगै बिताउछौं । त्यसैले यदि सम्बन्ध राम्रो भयो भने हाम्रो लागि फलदायी हुन्छ । त्यो बाहेक साथी भाईहरु त हामी सँग जहिल्यै हुन्छन् । हरेक ठाँउमा आमा बुबालाई साथी बनाउनुपर्छ भन्ने कुरा सत्य हो । यो कुरा हामीलाई किशोरावस्थामा भने कहिल्यै महसुस गर्दैनौं । यदि आफू सँग भएको कुराहरु आमा बुबा सँग बताउन मन छ भने कहिल्यै नडराउनुस् । शुरुमा तपाईको कुरा सुन्ने बितिक्कै उहाँहरुले तत्काल जवाफ फरकाउनु होला तर त्यो कुरा नकारात्मक कहिल्यै हुँदैन । तपाईले विश्वास गर्ने भनेको आमा बुबा दाजु भाई दिदी बहिनीलाई नै हो । परिवारलाई नै हो ।

You might also like

Comments

Loading...