जन्मदिनमा टिफिन बक्स बाँड्दै कुन्जना भन्छिन्, म त विहे पछि फस्टाएकी हुँ

हाँस्यकलाकार कुञ्जना घिमिरे उर्फ सुन्तलीको आज जन्मदिन परेको छ । बिगत १४ वर्ष देखि कलाकारितामा सक्रिय कुन्जनाले रेडियो नाटक हुँदै सिरियलमा प्रवेश गरेकी हुन् । रेडियो नाटक, म्युजिक भिडियो र सिरियलमा काम गरेर सबैकी प्रिय बनेकी कुन्जना पछिल्लो समय सामाजिक सेवाका कारण झनै लोकप्रिय बनेकी छिन् ।

१४ वर्ष अघि रेडियो नाटकबाट कलाकारिता शुरु गरेकी उनले त्यसपछि एफएम रेडियोमै कार्यक्रम प्रस्तोताको रुपमा पनि काम गर्ने अवसर पाईन् । विभिन्न रेडियो नाटकमा काम गरेपछि उनले बाउन्न घुस्सा ५३ ठक्कर, माटोले माग्दैन आफैले दिनुपर्छ, समर्पण राष्ट्रका लागि, अपराधजस्ता सिरियल र केही म्युजिक भिडियोहरुमा काम गरिन् । त्यसपछि बल्ल उनले मेरी बास्सैमा सुन्तली बनेर खेल्ने सुवर्ण अवसर पाईन् । मेरी बास्सैमा सुन्तली बनेपछि उनलाई अन्य सिरियल र चरित्रको आवश्यकता परेन । उनको यहि चरित्रलाई नै दर्शकले मन पराए । सुन्तली र समाजसेवी कलाकारका रुपमा लोकप्रिय बनेकी कुजनासँग आज हामीले केही कुराकानी गर्ने अवसर पाएका छौँ ।

जन्मदिन विशेष योजना के छ ?
त्यस्तो विशेष त केही पनि छैन । तर कामको व्यस्तताले भेट्न नपाएका साथीहरुसँग केही समय बिताउने योजना बनाएका छौँ । यहि सोचले हामी काठमाण्डौ बाहिर बर्दिबास जान लागेका छौँ । अनि बर्दिबासमा हामीले निर्माण गरेको मुसहर बस्तीमा १ सय ५० जना जति बालबालिकाहरु छन् । उनीहरुलाई मैलै टिफिन बक्स वितरण गर्दैछु ।

कलाकारितामा १४ वर्ष बिताउँदाको कुनै पल छ, बिर्सनै नसक्ने ?
मेरो यो यात्रामा त्यस्ता नराम्रा र बिर्सनै नसक्ने पलहरु केहि पनि भएनन् । मैलै यस क्षेत्रमा हाँसिल गर्न चाहेको कुरा पाएँ । अmभै पनि सोचेको कुरा पाउँदै गएको छु । कुनै त्यस्तो सम्झन योग्य अनि बिर्सन नसक्ने भन्ने नै छैन ।

Suntali 2

एउटा कलाकार र कलाकार श्रीमतीमा के फरक पाउनु भयो ?
कलाकार मात्रै हुँदा पूर्ण रुपमा कलाकारितामा समय दिन पाईन्छ । तर श्रीमती भईसकेपछि भने घरपरिवारलाई पनि समय दिनु पर्छ । जिम्मेवारी थपिन्छ । घरव्यवहारसँगै कलाकारिता गर्नुपर्छ । विवाह पछि त झन् मलाई जीवन साथी नै यहि क्षेत्रको भएका कारण सहज भयो । उहाँले गर्दा मलाई हरेक निर्णहरु लिन सहज भयो । विहे पछि त झन् मेरो कलाकारिता राम्रो भयो । म विहेपछि फस्टाएकी हुँ ।

आमा भएपछि के परिवर्तन पाउनु भयो आफूमा ?
आमा भईसकेपछि अलि बढी ईमोशनल भईँदो रहेछ । हुन त कलाकारिता नै एउटा ईमोशनल पार्ट हो । त्यसमाथि पनि आमा भईसकेपछि त अझ बढी इमोशनल भईन्छ । सन्तानकै मायाले गर्दा घरको जिम्मेवारी अझ बढी बोध हुने गर्छ । आमा भईसकेपछि जसरी एउटा नारीलाई गर्वको महसुस हुन्छ मलाई पनि त्यस्तै भयो । हरेक ठाउँका कामहरु सकाएर घरमा गएर छोराछोरीहरुसँग खेल्न पाए हुन्थ्यो भन्ने खालको महसुस हुन्छ ।

पाँच अर्बको प्रोजेक्टको घोषणा गरिसक्नु भएको छ नमुना नेपाल बनाउने । त्यसलाई लिएर कस्तो कुराहरु खेलेका छन् तपाईँको मनमा ?
म त एकदमै उत्साहित छु । हामीले सक्छौँ नै भन्ने आँट बोकेर यो प्रोजेक्टको थालनी गरेका हौँ । हामीले धेरैको विश्वास जितिसकेका छौँ । सम्पूर्ण नेपालीको मन जितिसकेका छौँ र सरकारकाले पनि हामीलाई सहयोग गर्ने भएको छ । उसको पनि हामीप्रति झुकाव भईसकेको छ । किनकी हामीले काम नै सरकारलाई सघाउने, राष्ट्रको लागि फाईदा हुने गरिरहेका छौँ । यहि कारण सबैको साथ र सहयोग मिलिरहेको छ । कलाकारहरुले पनि सपोर्ट गरिरहनु भएको छ । सबैले हामीलाई कलाकारहरुको गर्वको विषय बनेका छौ भन्नुहुन्छ । मिडियाले पनि सहयोग गरिदिनु भएको छ । त्यसकारण हामी यस काममा एकदमै खुशी र उत्साहित छौँ ।

You might also like

Comments

Loading...