स्वस्तीमाको जन्मदिनमा केक हानाहान (भिडियोसहित)

 अभिनेत्री स्वस्तीमा खड्का असार २० गतेदेखि २२ वर्षमा प्रवेश गरेकी छिन् । स्वस्तीमाको २२ औँ जन्मदिनमा रेडियो अडियो र फर्सीनेटवर्कले सयुंक्त रुपमा जन्मदिन विशेष कार्यक्रमको आयोजना गरेको थियो । उनको जन्मदिन विशेष कार्यक्रममा निर्देशक दीपा श्री निरौला, कलाकार दीपक राज गिरी, केदार घिमिरे, सीता घिमिरे, जितु नेपाल, अभिनेत्री वर्षा राउत, अभिनेता संजोग कोईराला, डिजाईनर रोजिना श्रेष्ठ, लगायतको उपस्थिति थियो । त्यस्तै स्वस्तीमाका श्रीमान तथा निर्देशक निश्चल बस्नेतको उपस्थिति भने अलि ढिला भएको थियो । काम विशेषले गर्दा उनी स्वस्तीमाको जन्मदिनको केक काटिसकेपटि आईपुगेका थिए ।

रमाईलो कुरा उपस्थित कलाकारले केक काट्ने समयमा निकै रमाईलो गरे । अभिनेत्री वर्षा राउतले त स्वस्तीमासँग केक हानाहाना गर्न गर्न पनि भ्याईन् जुन दृश्य निकै रमाईलो थियो । त्यस्तै कलाकार कलाकार बीच एकअर्काको पोल खोल्ने कार्यपनि जन्मिदन विशेष कार्यक्रममा सकेसम्म सबैले गरे । विशेष गरी स्वस्तीमाको बानीको बारेमा धेरैले रमाईला कुराहरु सेयर गरेका छन् । कस्तो रह्यो त स्वस्तीमाको जन्मदिन विशेष कार्यक्रम ? हेर्नुहोस् भिडियोमा ।

You might also like

Comments

Loading...