नेपाल आइडल प्रेमगीत २ मय, इन्दिरा र प्रतापदास मोटरसाइकलमा

अन्र्तराष्ट्रिय रियालिटी शोहरुमा सिनेमा तथा अन्य उत्पादन वा वस्तुको प्रचारप्रसार गर्नु सामान्य नै हो । तर नेपालको परिपे्रक्ष्यमा यो अभ्यास अलि भइसकेको छैन । विशेष गरी बलिउडकै कुरा गर्ने हो भने सिनेमाको प्रचार प्रसार गर्न टेलिभिजनको रियालिटि शो एउटा राम्रो माध्यम हुने गर्छ । तर नेपालमा यो व्यवसायिक रुपमा गर्ने अभ्यास अलि अलि मात्रै भएको छ । पछिल्लो समयमा नेपालका चर्चित रियालिटी शोहरु मध्येका एक नेपाल आइडलमा ‘प्रेमगीत २’ को आफ्नै शैलीमा प्रचार प्रसार गरिएको पाइएको छ । जुन आफैमा एउटा राम्रो काम पनि हो । आक्रमक रुपमा प्रचारप्रसारमा उत्रेको ‘प्रेमगीत २’ ले सकेसम्म दर्शकमाझ ‘प्रेमगीत २’को बारेमा धेरै जानकारी दिने उद्देश्य राखेको छ । यसैको कारण हुन सक्छ ‘प्रेमगीत २’ को प्रचारप्रसार नेपाल आइडलबाट पनि घुमाउरो शैलीमा भईरहेको छ ।

कारण नेपाल आइडलमा सहभागी भएका गायक प्रताप दास ‘प्रेमगीत २’ का मोटरसाइकलका गायक पनि हुन् । अझ रमाइलो कुरा के छ भने मोटरसाइकलमा संगै गाएका गायक गायिका दुवै नेपाल आइडलमा छन् त्यो पनि एउटा सहभागि अर्को निर्णायक कर्ता । यसलाई सुखद् संयोग मान्नुपर्छ । गायक प्रताप दासले गत साता प्रसारण भएको नेपाल आइडलमा ‘प्रेमगीत २’ को गीत मोटरसाइकलमा स्टेज मै गाए । जुन प्रचारको लागि राम्रो स्थान थियो भने गीतको प्रमोशनमा इन्दिरा जोशी पनि आफै जोशिएर स्टेजमा उत्रिन् ।

साउन १३ गते प्रदर्शन मीति तोकेको प्रेमगीत २ यति बेला देशका मुख्य सहरमा सांगीतिक कन्र्सट गर्दै हिडिरहेको बेला गायक प्रताप दास र गायिका इन्दिरा जोशी प्रचारप्रसारमा हिड्न पाएनन् । तर उनीहरुले नेपाल आइडलबाटै प्रेमगीत २ को प्रचार गर्न भ्याए । यस अघि पनि गायक प्रतापले प्रेमगीतको शीर्ष गीत म यस्तो गीत गाउछु जुन प्रेमगीत बनोस् गाएका थिए ।

यो एउटा प्रचारप्रसारको सिर्जनशिल तरिका पनि हो । जे होस् प्रतापले यतिबेला ‘प्रेमगीत २’ को रचनात्मक तरिकाले प्रचारप्रसार संगै नेपाल आइडलमा पनि सहभागिता जनाइरहेका छन् । जस्ले गर्दा निर्माता सन्तोष सेन पनि खुशी छन् उता नेपाल आइडलका निर्णायक र दर्शक पनि सन्तुष्ट छन् । फर्सिनेटवर्कको तर्फबाट प्रतापलाई अघिल्लो चरणको प्रतिस्पर्धाको लागि शुभकामना ।

You might also like

Comments

Loading...