दुई दिनमै उठ्यो ‘धनपति’को लगानी

दीपेन्द्र के खनालको निर्देशनमा बनेको सिनेमा ‘धनपति’ले दुई दिनमै करोड माथिको कारोबार गरेको छ । जानकारी अनुसार सिनेमाले सुरुवाती दुई दिनमा १ करोड २० लाख भन्दा माथिको ग्रश कलेक्शन गरेको हो ।
पहिलो दिन ५५ लाख भन्दा माथिको कारोबार गरेको सिनेमाले दोस्रो दिन शनिबार मात्रै ६५ लाख माथिको कारोबार गरेको छ । शनिबार अपरान्ह त क्यु एफ एक्सले केही शो हरुमा हाउसफूलको बोर्ड नै टाँसेको थियो ।
दुई दिनमै सिनेमाले लगानी उठाएको पनि बताईएको छ । सिनेमामा खगेन्द्र लामिछाने, सुरक्षा पन्त, हरिहर शर्मा, अशान्त शर्मा लगायतका कलाकारको मुख्य भूमिका छ ।

You might also like

Comments

Loading...