चलचित्र पत्रकार शाक्यको पशुपति आर्यघाटमा अन्त्येष्टि (भिडियो)

शुक्रबार बेलुकी आफ्नै निवासमा आत्महत्या गरेका चलचित्र पत्रकार तथा चलचित्र लेखक सविन शाक्यको शनिबार पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ ।

उनका २४ बर्षका छोराले उनको पार्थिव शरीरमा दागवत्ती दिएका थिए । सविनका १ छोरा, २ छोरी र श्रीमति छन् ।
चलचित्र पत्रकार संघ, नेपालका पूर्वउपाध्यक्ष समेत रहेका सविनलाई अन्तिम श्रद्धाञ्जली दिन कलाकारहरु नायक भुवन केसी , दिपाश्री निरौला, मोहन निरौला चलचित्र पत्रकार संघका अध्यक्ष सन्दिप सापकोटा, पूर्ब अध्यक्ष बिदुर गिरी गीतकार संघका अध्यक्ष चुडामणी देवकोटा लगायत सिनेक्षेत्रका कलाकार पत्रकार गीतकारहरु आर्यघाट पुगेका थिए ।

झण्डै दुई दशकदेखि फिल्म पत्रकारितमा संलग्न सविन शाक्यले आत्महत्या गर्नु अगाडि लामो सुसाइड नोट लेखेका थिए । पत्रमा उनले परिवारको इच्छा पूरा गर्न नसकेको र आफूले जिन्दगीसँग हारेको कुरा अभिव्यक्त गरेको प्रहरीको प्रारम्भिक भनाइ छ । उनले लेखेको चलचित्र ‘ब्ल्याक डायरी’ वैशाख १५ गतेबाट रिलिज भएको थियो।

You might also like

Comments

Loading...