गायक जितेन्द्रको ‘प्रेमकला’ आउदै

अमेरिकामा रहेका नव गायक जितेन्द्र गिरीले एकल स्वरमा नयाँ गीति संग्रह प्रेमकला लिएर आउँदैछन् ।
जुलाइको अन्तिम साता रिलिजको तयारी गरेको एल्वममा ८ वटा गीत समाबेश गरिने जितेन्द्रले बताएका छन । एल्वममा राजनराज शिवाकोटी, शिखर सन्तोष, आनन्द राई, दिपक दशनामी र गीरीकै संगीत रहने छ । त्यसैगरी आनन्द अधिकारी, दुर्गा रिमाल शिवाकोटी, दशनामी र गिरीका शब्द रहने छन् ।

गायक गिरी अमेरिकामा सम्पन्न बर्षा बेष्ट पर्फमर २०१६ का टप ४ टाइटल बिजेता पनि हुन् । गिरीले गाएको लोकराज अधिकारीको शब्द र अर्जुन पोख्रेलको संगीत रहेको बुझया हो त ठिट्टा हो बोलको गीत दर्शक श्रोता माझ चर्चित छ ।

You might also like

Comments

Loading...