समाचार गलत बुझिदिँदा पूजालाई तनाव, शुष्मिताले सामाजिक सञ्जालमा पोखिन् आक्रोश

‘म यस्तो गीत गाउछु’की निर्माता एबं नायिका पूजा शर्मा यतिबेला आफनो सिनेमाको प्रचार प्रसारमा ब्यस्त छिन । असार ३० मा रिलिज हुने यस सिनेमाको प्रचार प्रसारका लागि बिभिन्न सञ्चार माध्यमले उनलाई खोज्नु र उनले पनि समय दिनु स्वभाविक हो । मिडियासँगको कुराकानीमा उनले सिनेमासँगै आफना केहि निजी बिचार राख्नु पनि अस्वभाविक हैन । अन्र्तवार्तामा उनले बोलेका कुराको टिका टिप्पणी हुनु पनि स्वभाविक हो । तर यतिबेला उनले दिएको एउटा अन्र्तवार्ताको बिषयलाई लिएर सिनेक्षेत्रका केहि ब्यक्ति सामाजिक संजालमा उनीमाथि खनिएका छन् । फर्सीनेटवर्कसँगको कुराकानीका क्रममा उनले अभिनेता भुवन केसी र अनमोल केसीलाई भाग्यले चलेका कलाकारको सूचिमा राख्नु उनको लागि अहिले तनावको विषय बनेको छ । उनको यो विचार पछि नायक भुवन केसीकी पूर्व पत्नि शुष्मिताले सामाजिक सञ्जालमार्फत पूजामाथि आक्रोश पोखेकी छिन् ।

Untitled
के भनेकी थिईन् पूजाले ?
फर्सी नेटवर्कले उनीहसँगको कुराकानीको क्रममा तपाईँको नजरमा नेपाली सिनेमा क्षेत्रमा भाग्यले चलेका तीन कलाकार को को हुन् ? भनेर प्रश्न गर्दा उनले जवाफमा पहिलो नाम लिईन् अनमोल केसीको । त्यस्तै उनले अभिनेता भूवन केसीलाई पनि यहि सूचिमा राखिन् । तर उनको मतलब भुवन बिना मेहनत र बिना काम भाग्यले मात्रै चलेका हुन् भन्ने भने थिएन ।
उनले भुवन केसी लामो समयसम्म सिनेमा क्षेत्रमा सक्रिय हुनु र चर्चा पाईरहनुलाई उनको भाग्य भनेकी हुन् । “उहाँको भाग्य नै बलियो हो । अहिलेसम्म सिनेमा क्षेत्रमा राज गरिरहनु भएको छ । दर्शकको माया पाईरहनु भएको छ”, पूजाले भनिन् ।

You might also like

Comments

Loading...