‘कुटुमा कुटु’ करोड नजिक

निर्देशक तथा अभिनेता निश्चल बस्नेतको मुख्य भूमिका रहेको सिनेमा ‘दुई रुपैयाँ’मा समावेश ‘कुटुमा कुटु’ बोलको गीतलाई युट्युबमा झण्डै करोड पटक हेरिएको छ । आशिफ शाह, निश्चल बस्नेत, स्वस्तीमा खड्का, बुद्धि तामाङ लगायतलाई फिचरिङ गरिएको यस भिडियोलाई यो सामाचार तयार पार्दासम्म ९२ लाख भन्दा धेरै पटक हेरिएको छ । एक महिना अगाडि रिलिज भएको यो गीतलाई यहि गतिले दर्शकले हेर्दै गए भने गीतले छोटो समयमा करोड पार गर्ने गीतको रकेर्ड राख्ने छ । यो गीतलाई संगीतकार तथा गायक राजन राज सिवाकोटीले सिर्जना गर्नुका साथै आवाज पनि दिएका छन् ।

त्यसो त नेपाली गीत संगीतको दुनियाँमा करोड पार गर्ने गीतहरु सिमित छन् । सिनेमामा समावेश गीतको कुरा गर्नु पर्दा यस अघि सिनेमा वडा नम्बर ६, छक्का पञ्जा, पर्व र लुट २ मा समावेश गीतले मात्रै करोड भन्दा धेरै पटक हेरिने गीतको रेकर्ड राखेका छन् । ‘वडा नम्बर ६’ मा समावेश गीत ‘सुर्के थैली खोई’ले त दुई करोड भन्दा माथिको दर्शक पाईसकेको छ ।

त्यस्तै ‘छक्का पञ्जा’मा समावेश ‘पूर्व पश्चिम रेल’ले पनि एक करोड भन्दा माथिको भ्युअर्स पाएको छ । यस गीतलाई एक करोड ६२ लाख भन्दा धेरै पटक हेरिएको छ । ‘लुट २’ मा समावेश ठमेल बजारलाई पनि दर्शकले यो समाचार पार्दासम्म एक करोड ८२ लाख भन्दा धेरै पटक हेरिएको छ । त्यस्तै निश्चल बस्नेतकै नाममा बनको सिनेमा ‘पर्व’को ‘काले दाई’लाई पनि एक करोड १३ लाख भन्दा धेरै पटक हेरिएको छ ।

You might also like

Comments

Loading...