जन्म दिनमा दिनेशको बृद्धबृद्धालाई हँसाउने प्रयास

हाँस्य कलाकार दिनेश काफ्ले असार २९ गते आफ्नो २५ औँ जन्मदिन मनाउँदैछन् । जन्मदिन दिन जन्मदिने आमा बुवासँग मनाउन नपाए पनि दिनेशले आमा बुवालाई खुशी बनाउने गरी एउटा कार्य गर्ने भएका छन् । उनले जन्मदिनको दिनमा पशुपतिको बृद्धाश्रममा भएका केही बृद्धबृद्धाहरुलाई खाद्यान्न बाँड्ने भएका छन् । अरुको अनुहारमा खुशी ल्याएर आफू खुशी हुने प्रयास दिनेश गर्दैछन् । जन्मदिनलाई विशेष बनाउन सुनिल लामाले सहयोग गरेको भन्दैै दिनेशले उनलाई धन्यवाद दिएका छन् ।
बिगत पाँच वर्ष यता कलाकारितामा सक्रिय दिनेश हाँस्यकलाकारका साथै गायक पनि हुन् । उनले टेलिसिरियल “तीतो सत्य”मा राजको साथीको भूमिकामा काम गरिसकेका छन् भने ठूलो पर्दामा सिनेमा “पिक्चर”मा उनको अभिनय छ जुन रिलिजको तयारीमा छ । यसका अलावा उनले सिरियल “झापु” निर्माण गरिसकेका छन् जुन केही समयमै टेलिकास्ट हुनेछ । टेलिभिजन भन्दा पनि स्टेजमा जमेका दिनेशले पछिल्लो समय नेपाली मोटु पत्लुको क्यारिकेचर गरेर दर्शक हँसाउदै आएका छन् ।

You might also like

Comments

Loading...