कृष्णको ‘मुटुको ढुकढुकी’मा पुष्पल र आशिष्माको रोमान्स

सिनेमा ‘छक्का पञ्जा’मा समावेश ‘देखन चम्पा’ले चम्किएका, ‘किस्मत -२’ मा समावेश ‘तिम्रो पिक्चर हिट’ बाट हिट भएका, सिनेमा ‘रुद्र’को ‘तिमीमा हराए तिमिमा’ लगायतका गीतमा आवाज दिएर सबैको प्रिय बनेका गायक कृष्ण काफ्लेले नयाँ गीत सार्वजनिक गरेका छन् । ‘यो मुटुको’ बोलको गीतलाई कृष्णले आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरेका छन् । लेखु सहयात्रीका शब्दमा गायक कृष्ण काफ्ले स्वयमले संगीत भरेका छन् ।

यो गीतमा गायनतर्फ कृष्णलाई गायिका मोलिशा आले मगरले साथ दिएकी छिन् । विधान कार्कीको निर्देशन रहेको यस गीतको भिडियोमा नायक पुष्पल खड्का र नायिका आशिष्मा नकर्मीलाई फिचर गरिएको छ । गीतको भिडियोलाई निशा घिमिरेले सम्पादन गरेका हुन् भने हरि हुमागाईँले खिचेका हुन् ।

नवलपरासी वर्दघाटकामा जन्मिएका काफ्लेले विगत १० बर्षदेखि संगीतकै क्षेत्रमा आफूलाई समर्पित गरेका छन । आधुनिक,पप, गजल, लोकपप, फिल्मी तथा देशभक्ति गीतहरु गरी सय भन्दा बढी गीतहरुमा आफ्नो स्वर दिईसकेका काफ्ले संगीतज्ञ चण्डिप्रसाद काफ्लेका चेला हुन् ।

You might also like

Comments

Loading...